इटहरी / धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोभिड अस्पताल धरानमा उपचारको क्रममा धरान–१४ का २९ वर्षीय पुरुषको निधन भएको हाे । उपचारका क्रममा मंगलबार साँझ ८:५५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जानकारी दिएकाे छ । लिभरसम्बन्धी समस्या भएका उनमा माघ ३ गते कोरोना पुष्टि भएको थियो ।


