सुनसरीको इनरुवा नगरपालिकाले भोलि (शुक्रबार)देखि आउँदो २० गतेसम्मलाई कार्यालयको सेवा स्थगित गरेको छ ।
कर्मचारीभित्रै कोरोना सङ्क्रमण फैलिएपछि कार्यालयको आन्तरिक काम र अत्यावश्यक सेवाबाहेक अरू काम नहुने नगरले जनाएको छ ।
आज (बिहीबार) सूचना जारी गरी नगरपालिकाले कर्मचारीहरू कोरोना सङ्क्रमित भइ कार्यालय आएर नियमित काम गर्न नसकेकाले सेवा स्थगित गर्नुपरेको जनाएको छ ।


