इटहरी / दर्पण क्लब इटहरीले बृहत रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ । इटहरी १७ बालग्राममा भएको कार्यक्रम रूपेश भट्टराईको अध्यक्षता तथा समाजसेवी राजकुमार गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा को सहकार्य तथा जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक रूपेश भट्टराईले बताए ।इटहरी क्षेत्रमा सामाजिक कार्यहरूमा सकृय संस्थाको रुपमा रहेको दर्पण क्लब इटहरीले उदाहरणीय कार्यहरुमा लागेको र यस्तै सामाजिक कार्यमा लागिरहनु पर्ने प्रमुख अतिथि गिरीले बताए ।
सामाजिक सन्जालमा सकृय इटहरी रकर्स र जनता बहुमुखी क्याम्पस इटहरीका युवा बिध्यार्थी को सहकार्यबाट निश्चला विष्ट बचाउ अभियान चलाएको छ ।ब्लड क्यान्सरले पीडित निश्चला बिष्टको उपचारमा सहयोग पुर्याउने ऊध्देस्यले जनता बहुमुखी क्याम्पस इटहरीबाट रु. २२,६६५ र इटहरी रकर्स नामक चर्चित फेसबुक ग्रुपबाट संकलन गरेको रु.३८,००० गरेर एकमुष्ट रु.६०,६६५ (साठ्ठी हजार छ सय पैसठ्ठी) रुपैयाँ निश्चला विष्टको परिवारलाई हस्तान्तरण गरेका बिध्यार्थी उज्ववल सिग्देलले बताए ।
इटहरी । प्रहरी प्रदेश अस्पतालको उद्घाटन तथा सञ्चालनको वातावरण बनाइदिन भन्दै सुनसरीका काँग्रेस नेताहरू काठमाडौँ प्रधानमन्त्री देखी पार्टीका शीर्ष नेताहरूको ढोका ढोका धाइरहेका छन् । प्रहरी अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरूको लाखौँ रकम खर्च भइसकेको अवस्थामा पुनः अस्पताल अन्यत्र सार्ने प्रयास भएको भन्दै काँग्रेस नेताहरूले प्रधानमन्त्री सम्मलाई भेटेर अस्पतालको स्थायित्वको माग गरेका हुन । लामो समयको प्रयास पछि प्राप्त भएको अस्पताल गुम्न नदिन र अन्यत्र सार्न नदिन तथा इनरुवामा नै स्थापित गरिदिन भन्दै प्रधानमन्त्री, मन्त्री देखी पार्टीका शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराइरहेका छन्
सुनसरी / बराहक्षेत्र नगरपालिका, चक्रघट्टीमा रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले आज बराहक्षेत्र-८ स्थित श्री जनक मा.वि., सालवनीको बिशेष (सुस्त श्रवण) कक्षामा अध्ययन गर्ने २० जना बहिरा विद्यार्थीहरूलाई न्यानो कपडा (ट्राक सुट) वितरण गरेको छ ।क्लबका अध्यक्ष दुर्गानन्द दास (बिक्रम) को शुभ जन्मोत्सवको अवसर पारेर क्लबले उक्त कार्यक्रम सम्पन्न गरेको हो । "जन्मोत्सवमा भेटघाट र साथीभाइ संगको रमाइलोमा हुने खर्चबाट कटौती गरि अति आवश्यक परेका र आश्रितहरूलाई केही सहयोग गरौँ भन्ने भावबाट क्लबका सदस्यहरूले स्थापना कालदेखि नै समुदाय केन्द्रीकृत कार्यक्रमहरू गर्दै आइरहेका छौँ । यो त्यसैको निरन्तरता हो
सुनसरी / आठराई गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित जेष्ठ नागरिक दिर्घ राेगी तथा अपाङ्गहरुलाई मासिक घरदैलो स्वास्थ्य परीक्षण तथा नि :शुल्क औषधि उपचार कार्यक्रमको मङ्सिर महिनामा १६९१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।आठराईका सबै वडाहरुमा एकै साथ् मङ्सिर २४ गते देखि ३० गते सम्म घरदैलो कार्यक्रम संचालन भएको थियो । स्वास्थ्य परिक्षण सेवाका लागि सबै वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु टोल टोल तथा घर घरमा गएर स्वास्थ्य परिक्षण गरिएको आठराई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शत्रुधन शाहले बताउनु भयो।जेष्ठ नागरिक,अपाङ्ग तथा दिर्घ रोगीहरुलाई सहजै स्वास्थ
भोजपुर / भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ ।भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो । घरदैलोमा स्थानीय सरकार भन्ने मान्यतालाई आत्मसात गर्दै पाँच वटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।गाउँपालिकाले वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रवाह गरेको हो । वडाबाट गाउँपालिकाको सबै से
इटहरी । शुभलाभ बचत तथा रिण सहकारिसंस्थाले आफ्नो १६ औं स्थापना दिवस विशेषको अवसरमा रक्तदान, सुगर प्रेसर चेकजाच र दन्त परिक्षण कार्यक्रम गरेको छ । इटहरीमा भएको रक्तदान कार्यक्रम मा ४३ पिन्ट रगत संकलन भएको थियो ।पछिल्लो समय आम जनसमुदायमा रगतको अभाव रहेको र रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको सहकारीले जनाएको छ । स्थापना दिवसकै अवसरमा सुगर प्रेसर चेकजाच र दन्त परिक्षण साथै इटहरी १ मुसहर बस्तिमा न्यानो कपडा बितरण समेत गरेको छ ।उक्त रक्तदान कार्यक्रमको अध्यक्षता शुभलाभ बचत तथा रिण सहकारिसंस्थाका अध्यक्ष दिपक पोखरेलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा नेपाल रेड
मोरङ / मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा स्वास्थ , शिक्षा , सडक , खानेपानी , पशु , कृषि, आर्थिक लगाएतको विषयमा स्थानीयले प्रश्न उठाएका थिए । गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियोे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जवाफ गाउँपालिकाका उपाध्यक्ष गुणा बत्ति देवि थारू र विषयगत शाखाका प
इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पस परिसरमा म्रंगलबार र बुधबार सरसफारई गरिएको छ । क्याम्पस प्रशासन सँग सहकार्य गरि स्नातक तह मानविकी संकाय प्रथम वर्षका विधार्थीहरुले सरसफाइ गरेका हुन् । त्यस क्रममा क्याम्पस परिसर भित्रका पलाष्टिक संगै अन्य फोहोरलाई व्यवस्थापन गरिएको मानवीकिका विधार्थीले वताए ।क्याम्पस परिसर भित्र धेरै फोहोर देखेपछि मनले नमानेर, सरसफाई गरिएको समेत विधार्थीले वताए । विद्यार्थी द्वारा गरिएको सरसफाइ कार्य प्रती क्याम्पस प्रशासनले प्रसंसा गरेको छ । अब तत्काल फोहोर व्यवस्थापनका लागि ४ वटा डस्विन राखिने सहायक क्याम्पस प्रमुख डा.टोलनाथ काफ्लेले बताउनुभयो । सबैले
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पूर्वविद्यार्थी समाजले (रक्तदान जीवनदान) भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६९ पिण्ट रगत सङ्कलन भएको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए । कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेका थिए । समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.