मोरङ / मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

गाउँपालिकाको सार्वजनिक सुनुवाईमा स्वास्थ , शिक्षा , सडक , खानेपानी , पशु , कृषि, आर्थिक लगाएतको विषयमा स्थानीयले प्रश्न उठाएका थिए । गाउँपालिकाले प्रवाह गरेको सेवा, सेवा प्रवाहका क्रममा भएका समस्या र समाधानका विषयमा कार्यक्रम गरिएको थियोे । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीहरूले उठाएका सवालको जवाफ गाउँपालिकाका उपाध्यक्ष गुणा बत्ति देवि थारू र  विषयगत शाखाका प्रमुखहरूले जवाफ दिएका थिए । उहाँहरूले यी विषयका प्रश्नको समाधान गर्ने जिकिर गर्नु भयो । 

कार्यक्रमको सभाअध्यक्ष ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार रहनु भएको थियोे । प्रमुख अतिथि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका पुर्व मन्त्री अमन लाल मोदी रहेका थिए । IMG_20231215_131146

सार्वजनिक सुनुवाईमा सार्वजनिक चासोका विषयमा जिम्मेवार पदाधिकारी तथा सेवाग्राही बीच प्रश्नोत्तर साथै सेवाग्राहीले सार्वजानीका विषयमा सेवा सुविधा प्रवाहमा आगामी दिनमा अपेक्षा गरेका सुधारहरु समेत प्रष्फुटित हुने र बस्तु, सेवाधिकारीहरुबाट उक्त सुधारहरु हासिल गर्ने संभावनाहरुको बारेमा जानकारी प्रदान गर्ने प्रकृयाबाट सुधारका प्रतिवद्धता रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद भट्टराईले बताउनुभयो ।

सेवाग्राही  र सेवाप्रदायक विचमा काम गर्न सहयोग मिल्ने,विगत बगतमा भएका क्रियाकलापचाट पाठ सिकी आगामी दिनमा हुने क्रियाकलाप तथा योजना यंक्रममा कमी कमजोरी अत्यन्त न्यून हुने , अन्तर्गक्रया एवं सुनुवाईबाट एक आपसको वैमनस्य एवं शंका उपशंकाको घेरा तोड्ने र पुन:सुमुधुर मैत्री पूर्वक कार्य गर्न सकिने  रहेको गाउँपालिका जनाएको छ ।

ग्रामथान गाँउ पालिकाका वडा नं. १ का अध्यक्ष सुरेश कुमार माझी , ग्रामथान गाउँपालिकाका वडा नं. २ का अध्यक्ष यादव खतिवडा ,  नेकपा एमालेका स्थानिय दल प्रमुख एवं प्रतिनिधि सत्य नारायण माझि ,गाउँपालिकाका कर्मचारी , विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय लगाएतको सहभागीता रहेको थियोे ।IMG_20231215_132904