इटहरी  । शुभलाभ बचत तथा रिण सहकारिसंस्थाले आफ्नो १६ औं स्थापना दिवस विशेषको अवसरमा रक्तदान, सुगर प्रेसर चेकजाच र दन्त परिक्षण कार्यक्रम गरेको छ ।  इटहरीमा भएको रक्तदान कार्यक्रम मा ४३ पिन्ट रगत संकलन भएको थियो ।

पछिल्लो समय आम जनसमुदायमा रगतको अभाव रहेको र रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको सहकारीले जनाएको छ । स्थापना दिवसकै अवसरमा सुगर प्रेसर चेकजाच र दन्त परिक्षण साथै इटहरी १ मुसहर बस्तिमा न्यानो कपडा बितरण समेत गरेको छ ।

WhatsApp Image 2023-12-15 at 12.38.13_a5f79ff6

उक्त रक्तदान  कार्यक्रमको अध्यक्षता शुभलाभ बचत तथा रिण सहकारिसंस्थाका  अध्यक्ष दिपक पोखरेलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा नेपाल रेडक्रस सोसाइटी इटहरी उपसाखा अध्यक्ष दिनेश भट्टराइले गरेका थिए ।  त्यस्तै इटहरी १ मुसहर बस्तिमा भएकाे न्यानो कपडा बितरण कार्यक्रमको अध्यक्षता शुभलाभ बचत तथा रिण सहकारिसंस्थाका  अध्यक्ष दिपक पोखरेलले गरेका थिए भने प्रमुख अतिथीको रुपमा इटहरी उपमहानगरपालिका वडा न १ अध्यक्ष रतन कार्कि ले गरेका थिए । 

WhatsApp Image 2023-12-15 at 12.38.08_90ad8e07

संस्थाले गरेको रक्तदानले अभाव पूर्तिको लागि पनि सहयोग पुग्ने नेपाल रेडक्रस सोसाइटी इटहरी उपसाखा अध्यक्ष दिनेश भट्टराइलेले विश्वास व्यक्त गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरी रक्तसञ्चार सेवा केन्द्र धरानको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, शेयर सदस्य लगायत शुभचिन्तकहरुले रक्तदान गरेका थिए। बिभिन्न संघसंंस्थाका प्रतिनिधीहरुले असल बचतको असल कामको प्रसंशा समेत गरेका थिए । 

WhatsApp Image 2023-12-15 at 12.38.11_5ed81d9e