परिर्बतन सुरु गर्नका लागी सबै भन्दा पहिला आफु अनी आफ्नो परिबार समाज परिर्बतन भए आफै राष्ट्र परिर्बतन हुन्छ भन्ने गरिन्छ । यसैलाइ आधार मानी सुनसरीको गडी गाउपालीका परिर्बतनका लागी युबाहरुले डिजिटल आर्दश गढी निर्माण अभियान सुरु गरेका छन् । मानिश शिक्षीत भए मात्र समाज तथा देश परिर्बतन हुर्ने भन्दै गाउपालिकाका सबै स्थानमा नि शुल्क पढनपाढन सुरु गर्न थालिएको छ । गरिब तथा बिपन्न भएकै कारण शिक्षा बाट केही पनी बन्चीत नहुन भन्ने उदेश्यले सुरु गरेको छ । नेपालको शैक्षिक लगानीको इतिहास हेर्दा राष्ट्रिय बजेटको १३% देखि १९% सम्म खर्च छुट्याउँदै आएको छ । तर पनि यसले शिक्षाको गुणस्तर, उत्पादकत्
उदयपुर । आजबाट त्रियुगा नगरपालिकाका सवै विद्यालयहरु खुल्ने भएको छ । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले सोमबार बाट सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ ।कोभिड–१९को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गर्ने निर्णय भएकोमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गईरहेको परिस्थिति रहेकोले विद्यालयहरु संचालन गर्न निर्णय गरेको त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले जानकारी दिए । विद्य
इटहरी : सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न सक्ने सीप प्रदान गर्ने उद्धेश्यले इटहरीमा एकदिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरूलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।प्रशिक्षण कार्यक्रमपछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सुवेदीले कार्यक्रमले आफूलाई फोटोग्राफीमा आफ्नो अवस्था कस्तो रहेछ भन्ने थाहा दिएको बताए । उनले भने, अहिलेसम्म
काठमाडौं, सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्रक रायमाझीले भने– ‘काठमाडौंस
विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्नेमा माग राखेका छन् । मितिनी नेपालले विराटनगरमा आइतबार सरोकारवालहरुसँग आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग राखेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक सुमन तामाङ्गले राज्यले यौनिक तथा अल्पसंख्यकहरुलाई बैवाहिक मान्यता नदिदा हजारौ यौनिक अल्पसंख्यकहरु समस्यामा परेको बताए । ‘बैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि बिवाह गरेर बस्न पाएको छैनन,’ उनले भने, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पुर्व
एलर्जी एक शारीरिक अवस्था हो। यस अवस्थामा मानिसको प्रतिरक्षा प्रणाली कुनै बाहिरी तत्वको लागि बढी संवेदनशील हुन्छ। संसारका १० देखि ३० प्रतिशत मानिसहरुमा एलर्जीको समस्या रहेको पाइन्छ। वर्तमान विश्वमा नसर्ने रोगहरु मध्ये मुटुरोग, क्यान्सर र मधुमेह पछि एलर्जी चौथो सबैभन्दा बढी देखिने रोग हो । हाम्रो वातावरण तथा रहनसहनको कारणले यो अवस्था अझ बढ्दो क्रममा छ तसर्थ एलर्जी एक विश्वव्यापी महामारीको रूपमा देखिंदै छ । प्राय युरोप तथा उत्तर अमेरिकाका धनी राष्ट्रहरुमा व्याप्त यो समस्या केहि दशक यता एसियाका विकासशील देशहरुमा पनि गुणात्मक रुपमा बढ्दै गइरहेको छ। फलतः नेपालमा पनि एलर्जी ठुलो जनस्वास्थ्य समस
बैतडी । बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, डिलाशैनी गाउँपालिका–२, मेलौली नगरपालिका–२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिव रहेका छन् ।राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भए पनि बैत
रामधुनी : रामधुनी नगरपालिकाले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको अमेरिकन मोडर्ना खोप लगाउँदै छ ।आज देखि माघ १८ गते सम्म पहिलो दिन ८ बटा, दोस्रो दिन ७ बटा र अन्तिम दिन ६ वटा रामधुनीक नगर भित्रका विद्यालयलाई खोप केन्द्र तोकी खोप लगाइएकको रामधुनी नगर स्बास्थ साखाले जानकारी दिएको छ । कोरोना विरुद्धको मोर्डना खोप पहिलो डोज रामधुनीमा ६ देखी ७ हजार बालबालिकालाई लगाइने लक्ष लिइएको बताइएको छ ।खोप केन्द्र विद्यालय तोकिए पनि आफूलाई पायक पर्ने विद्यालय तथा खोप केन्द्रहरूमा जन्म दर्ता देखाइ विद्यालय पढ्ने नपढ्ने सबै बालबालिकाले खोप लगाउन पाउने बताइएक
नेपाल विद्यार्थी सङ्घले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा तालाबन्दी गरेको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरे पछि बाध्य भएर तालाबन्दी गरेको ने.वि.सङ्घ नेता दीपक ओझाले बताएका छन् ।आर्थिक अभावका कारण विद्यार्थीहरूमा गरिएको विभेद अन्त्य गर्न र महँगो कोर्स पढ्न नसक्ने विद्यार्थीहरूको लागि प्रत्यक्ष लाभान्वित गर्न सम्पूर्ण विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न ने.वि.सङ्घ र त्रिवि बिच भएको सहमति कार्यान्वयन नभएको आरोप ने.वि.सङ्घ ले लगाएको छ ।नेविसंघ र त्रिविबिच २०७६ साल साउन २४ गते
पथरी । मोरङको पथरीशनिश्चरे-२ शान्तिचौकमा रहेको रेडस्टार माविले पथरीमै पहिलो पटक अन्तराष्ट्रि स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ ।ब्रिटिश काउन्सिलले शिक्षा जीवन उपभयोगी, विश्वव्यापीकरण हुनुपर्ने र कितावबाट मात्र नभएर परियोजना मूलक सिकाइ हुनुपर्ने मान्यता राखेर बार्षिक रुपमा विश्वको बिभिन्न विद्यालयहरुलाई ‘इन्टरनेशनल स्कुल अवार्ड’ प्रदान गर्दछ ।काउन्सिलले नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षा विभाग समेतको सहभागिता अवार्ड प्रदान गर्दछ । यो वर्ष मोरङको पथरीशनिश्चरेको रेडस्टार बोर्डिङ स्कुलले आईएसए (इन्टरनेशनल स्कुल अवार्ड) प्राप्त गरेको हो ।सन् २०२१ को अवार्ड काउन्सिलले मंगलबार (पुस १
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.