रामधुनी : रामधुनी नगरपालिकाले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको अमेरिकन मोडर्ना खोप लगाउँदै छ ।
आज देखि माघ १८ गते सम्म पहिलो दिन ८ बटा, दोस्रो दिन ७ बटा र अन्तिम दिन ६ वटा रामधुनीक नगर भित्रका विद्यालयलाई खोप केन्द्र तोकी खोप लगाइएकको रामधुनी नगर स्बास्थ साखाले जानकारी दिएको छ ।
कोरोना विरुद्धको मोर्डना खोप पहिलो डोज रामधुनीमा ६ देखी ७ हजार बालबालिकालाई लगाइने लक्ष लिइएको बताइएको छ ।
खोप केन्द्र विद्यालय तोकिए पनि आफूलाई पायक पर्ने विद्यालय तथा खोप केन्द्रहरूमा जन्म दर्ता देखाइ विद्यालय पढ्ने नपढ्ने सबै बालबालिकाले खोप लगाउन पाउने बताइएको छ ।
खोप बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म तोकिएको खोप केन्द्रहरूबाट लगाउन सकिनेछ ।





