विराटनगर / विराटनगर– ११ स्थित श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन भएका छन् ।विद्यालयमा आज सम्पन्न बैठकले अध्यक्षमा कोइरालालई चयन गरेको हो । योसंगै कोइराला दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् । यसअघि उनी २०७६ फागुन १० गते पहिलो कार्यकालको अध्यक्ष बनेका थिए।पहिलो तीन वर्षीय कार्यकालमा विद्यालय भवनको जिर्णोद्वार, रङरोगन, विद्यालय भवन निर्माण, विद्यालय मैदान पुर्ने र ब्लक बिछ्याउने, बास्केटबल, ब्याडमिन्टन कोर्ट निर्माण गर्नेदेखि खेलकुदका विभिन्न सामाग्रीहरुको बन्दोबस्त मिलाउन सक्षम भएका कोइरालाले शैक्षिक गुणस्तर कायम गर्न निरन्तर शिक्षक शिक
इटहरी / इटहरी रहेको विगत २० वर्ष देखि सञ्चालन हुदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको छ ।शुक्रबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले शैक्षिक परामर्श तथा ‘एजुकेशन फेयर’ को आयोजना गरी अष्ट्रेलिया , क्यानडा , युके , युएएस न्युजिल्यान्ड कलेजका मुख्य प्रतिनिधि सहभागी भएर विद्यार्थीहरूलाई भिसाको नीति, पोलिसी, कलेज , तथा युनिभर्सिटी, आइएलटिएस र पिटिइका कक्षा सम्बन्धि विषयमा प्रत्यक्ष प्रतिनिधिमार्फत विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।एक्सपर्टले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक
इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको एस आई युकेले विद्यार्थीहरूलाई शैक्षिक परामर्श कार्यक्रम सञ्चालनमा ल्याएको छ । आज इटहरी स्थित सेल्टर पाल्जामा रहेको सो संस्थाले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई एक दिने शैक्षिक परामर्श गरेको थियोे । सो कार्यक्रममा विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा जानकारी गराइएको थियोे । उच्च शिक्षाको लागि युके , क्यानडा , अष्ट्रेलिया , आयरल्यान्ड , युसए जस्ता देशका बारेमा सम्पुर्ण जानकारी तथा परामर्श बाट विद्यार्थीहरु लाभा
सुनसरी / संस्कार, संस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरूलाई त्यसतर्फ उत्प्रेरित गर्ने लक्ष्यका साथ धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कूलमा श्रीकृष्ण जन्माष्टमी मनाईएको छ ।धनकुटा नगरपालिका वडा नं ५ बालमन्दिरमा अवस्थित यस विद्यालयमा वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलवार एक कार्यक्रमको आयोजना गरि श्रीकृष्ण जन्माष्टमी मनाइएको विद्यालयले जनाएको छ ।कार्यक्रममा विद्यालयका संस्थापक, प्रिन्सिपल राजन पौडेलले शुभकामना सन्देश दिदै सस्कार, संस्कृतिको जगेर्ना र संरक्षण गर्नु सबैको साझा कर्तव्य भएको भन्दै यो विद्यालय त्यस तर्फ सधैं लागि परेको बताए ।कार्यक्रमकै अवरसमा विद्यार्थीहरुले समाजमा विद्यमान विभ
सुनसरी / इटहरीमा रहेको सञ्चालन हुदै आएको सीबी कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम गरेको छ ।सीबी कलेजले मंगलबार इटहरीको दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी विभिन्न संकायमा भर्ना भएका कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई विदाई गरेको हो ।स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि आएका दुई सय विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का एक सय जना विद्यार्थीलाई विदाई गरिएको कलेजका प्राचार्य खेमराज बास्तोलाले बताए ।कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहान
महोत्तरी / वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न ४ वटा परियोजनाहरुको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णको अध्यक्षतामा आज भाद्र १९ गते सम्पन्न भएको छ । उक्त अवसरमा बोल्नु हुँदै प्रमुख कर्णले समुदायको विकास र सशक्तिकरणका लागि परियोजनाका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । “वल्र्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुले लक्षित वर्ग र समुदायमा प्रत्यक्ष लाभ भएको देखिएको छ ।” प्रमुख कर्णले भन्नुभयो “सरोकारवालासँगको समन्वयलाई अझ बढाई छुटेका विपन्न वर्गलाई पहिचान गरी कार्यक्रम
इटहरी / इटहरी नमुना कलेजको समाजकार्य विभागका वद्यार्थी र पूर्वाञ्चल क्षेत्रीय सशस्त्र प्रहरी मुख्यालयबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा सशक्तिकरण समूहको समन्वय र सहकार्यमा विद्यार्थी र शसस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया विशेष गरी शसस्त्र प्रहरीले के कस्ता कार्य गर्छन् । चुनौतीहरु कस्ता आउँछन् , चुनौतीको सामना कसरी गरिन्छ लगायत हालको समयमा भएका अनैतिक क्रियाकलाप बारे रहेको थियो। शसस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले विद्यार्थीका जिज्ञासालाई प्रष्ट परेका थिए। पोखरेलले सिमित श्रोत साधनका बावजुत विभिन
महोत्तरी / वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाहरुको जिल्ला स्तरीय सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महराको नेतृत्वमा आज भाद्र १८ गते सम्पन्न गरिएको छ । स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरी, समाज विकास केन्द्र महोत्तरी र दलित समाज उत्थान समिति नेपालद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, जीविकोपार्जनका लागि पशुपालन परियोजना, प्रारम्भिक बाल शिक्षा परियोजना र बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्
सुन्दरहरैंचा / बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाका बिद्यार्थीहरु “आफ्नो खर्च आफैँ जुटाउँन थालेका छन् ।“हामी आफ्नो खर्च आफैँ जुटाउँछौ‘‘‘, परिश्रम गरौँ आत्मनिर्भर बनौँ” भन्ने उद्धेश्यका साथ सोमबार उनीहरुले २ दिने उद्यमशीलता परियोजना कार्य सञ्चालन गरेका छन् । यो परियोजना कार्य रसोमबार र मंगलबार सम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले बेलबारीका मालपोत लार्यन,पुर्व बस स्टेण्ड,पश्चिम बस स्टेण्ड,सिनेमा हल लाईन सहित ४ ठाँउमा चिया, कफी, स्टेशनरी सामाग्री, चिसो पेय पदार्थ, सलाद, चटपटे,पानीपुरी लगायतका खानेकुराहरुको बिक्री गरेका छन् ।गुरुकुल पाठशालाले सैद्धान्तिक ज
सुनसरी / तेह्रथुमको आठराई गाउँपालिकाले रातो बंगला स्कुलसँग शैक्षिक गुणस्तरका लागि साझेदारी गरेको छ । गाउँपालिका अध्यक्ष दिल कुमार पाहिम र रातो बंगला स्कुलका डाइरेक्टर शान्ता दीक्षितले साझेदारीका लागि हस्ताक्षर गरेका हुन् । रातो बंगला स्कुल पाटन ढोका ललितपुरमा एक कार्यक्रमका बिच साझेदारीका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो। शिक्षा विकाश समितिले जेष्ठ महिनामै कार्यक्रम पालिकालाई हस्तान्तरण गरे पछि १६ वटा नि मा वि थप गर्दै गाउँपालिकाले रातो बंगला साझेदारी कार्यक्रमसंग सम्झौता गरेको हो। आठराई गाउँपालिकाको ३० प्रतिशत र रातो बंगलाको ७० प्रतिशत खर्च हुने गरि साझेदारी गरिएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.