समाज

    Showing ७१-८० of १०,९८२ items.
  • नेपाली भाषी गोर्खा चेलीमाथि दुर्व्यवहारको आरोप, डाक्टरले मागे माफी

    इटहरी स् पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवतीमाथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा भेला भएका गोर्खा समुदायका प्रतिनिधिसमक्ष आरोपित डाक्टरले हात जोडेर माफी मागेको बताइएको छ।घटनापछि आक्रोशित गोर्खा समुदायका मानिसहरू अस्पताल परिसरमा भेला भएर विरोध जनाएका थिए। उनीहरूले अस्पतालमा कार्यरत सम्बन्धित डाक्टरसँग घटनाबारे स्पष्टीकरण माग्दै भविष्यमा यस्तो व्यवहार नदोहोर्‍याउन चेतावनी दिएका थिए। विरोधका क्रममा डाक्टर मजुमदारले गोर्खा समुदायसमक्ष माफी माग्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको बता

    • प्रकाशित मितिः असोज १८, २०८३
    • २६ पटक पढिएको
  • ३० वर्षीय मोजाहिद हकले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।विराटनगर–१७ निवासी हकले ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्। कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्ये प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। करिब डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका छन्। पार्टीक

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ९७ पटक पढिएको
  • रोजगार मेलामा युवाको आकर्षण

    इटहरी। कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटेलको प्राङ्गणमा सञ्चालन हुँदै आएको मेलामा रोजगारी खोज्ने युवा, विद्यार्थी वैदेशिक रोजगारीबाट फर्किएका युवा र विभिन्न क्षेत्रका रोजगारदाताको सहभागिता रहेको छ । मेलामा सूचना प्रविधि, हस्तकला, होटेल तथा पर्यटन, प्राविधिक सिप, घरेलु व्यवसाय, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा रोजगारी तथा सिपका अवसरबारे जानकारी दिने व्यवस्था गरिएको छ । सिप विकासका लागि विभिन्न तालिमका लागि आवेदन दिन सकिने व्यवस्था प

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ४६ पटक पढिएको
  • सीपसँगै एआई सिक्न विज्ञको सुझाव

    इटहरी। रोजगारीका लागि आवश्यक सीपसँगै कृत्रिम बौद्धिकता ९एआई० को ज्ञान लिनुपर्ने आईटी विज्ञले बताउनुभएको छ ।प्रविधिको विकाससँगै काम गर्ने शैली र रोजगारीको प्रकृति परिवर्तन भइरहेकाले सीपसँगै एआईको प्रयोग पनि सिक्नु पर्ने आईटी विज्ञ दिपेन्द्र चापागाईंले बताउनु भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा आइटी विज्ञ चापागाईंले सो कुरा बताउनुभएको हो ।  नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटलको प्राङ्गणमा सञ्चालित ‘सीप तथा रोजगार मेला–२०८३ अन्तर्गत नेपालको श्रम बजार प्रवद्र्धनका लागि सीपयुक्त जनशक्तिको निर्माण र दीर्घकालीन उपयोग विषयमा आयोज

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १२५ पटक पढिएको
  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    इटहरी। याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठुलो क्षति भएको थियो । यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठुलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए । उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । स्

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ३१ पटक पढिएको
  • ‘सिजन’ मै घट्यो अलैँचीको भाउ

    इटहरी। अलैँचीको मुख्य सिजनमै मूल्य घटेपछि धनकुटाका किसान चिन्तित बनेका छन् । भदौको पहिलो साता ९८ हजार रुपियाँ प्रतिमनमा कारोबार सुरु भएको यो सिजनको अलैँची पछिल्लो समय ८५ हजार रुपियाँ प्रतिमनमा कारोबार भइरहेको छ । एक महिनाको अन्तरालमा अलैँचीमा प्रतिमन १३ हजार रुपियाँले कमी आएको हो । मूल्य निरन्तर ओरालो लागेपछि समस्या परेको धनकुटाको पाख्रीबास नगरपालिका–१, सान्नेका कृषक निर्मल स्याङ्देन बताउनुहुन्छ । दसैँअघिको यो समय अलैँचीको मुख्य सिजन मानिन्छ । किसानले यतिबेला नै अलैँची बजारमा ल्याउने गर्छन् । बजारमा आउनासाथ मूल्य घटेको र व्यापारीले पनि ‘स्टक’ बढेको बढान थालेको अर्का किसान लाखमान घिसिङले ब

    • प्रकाशित मितिः असोज १८, २०८३
    • २८ पटक पढिएको
  • पिनाकल फिटनेसमा ५० प्रतिशतसम्म विशेष छुट अफर

    इटहरी । इटहरी–६, संगीत चोकस्थित पिनाकल फिटनेसले स्वास्थ्य तथा फिटनेसप्रति रुचि राख्नेहरूलाई लक्षित गर्दै विशेष छुट अफर सार्वजनिक गरेको छ। पिनाकल फिटनेसले यही असोज २० गतेदेखि २७ गतेसम्म सीमित अवधिका लागि सदस्यता तथा फिटनेस सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ।दैनिक व्यस्त जीवनशैलीका कारण आफ्नो स्वास्थ्य र शारीरिक तन्दुरुस्तीमा पर्याप्त ध्यान दिन नसकिरहेका तथा नयाँ फिटनेस यात्रा सुरु गर्न चाहनेहरूका लागि यो अफर उपयोगी हुने विश्वास गरिएको छ। नियमित व्यायाममार्फत शरीरलाई स्वस्थ, तन्दुरुस्त र सक्रिय राख्न चाहनेहरूले यस विशेष अफरको अवसर लिन सक्नेछन्।सीमित अवधिका लागि मात्र लागू हुने भएका

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १५७ पटक पढिएको
  • केराबारीमा खोरेतविरुद्ध निःशुल्क खोप अभियान सुरु

    मोरङ । मोरङको केराबारी गाउँपालिकामा पशुचौपायामा लाग्ने खोरेत रोग नियन्त्रण तथा रोकथामका लागि निःशुल्क खोप अभियान सुरु भएको छ।केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनकुमारी मगरको उपस्थितिमा खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको हो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पशु प्राविधिक तथा पशुपालक कृषकहरूको सहभागिता रहेको थियो।पशुधनमा खोरेत रोगको संक्रमण न्यूनीकरण गर्दै कृषकका पशुचौपायाको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा पशुचौपायालाई समयमै खोप लगाउन तथा रोगबाट बच्न आवश्यक सावधानी अपनाउन कृषकला

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १२९ पटक पढिएको
  • युएन–नवोदय कलेजमा स्वागत तथा सम्मान कार्यक्रम

    इटहरी । धरान–१५ स्थित युएन–नवोदय कलेजको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो। कक्षा–१२ का विज्ञानतर्फ प्रशन्न श्रेष्ठ, कम्प्युटर साइन्सतर्फ रेसिका शर्मा, होटल म्यानेजमेन्टतर्फ सलिना राई र म्यानेजमेन्टतर्फ देवीका राईलाई सम्मान गरिएको थियो। यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि सम्मान गरियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएममा उत्कृष्ट हुने सन्ध्या थेगिम, अलिश राई र मनोज राईलाई सम

    • प्रकाशित मितिः असोज १७, २०८३
    • ५८ पटक पढिएको
  • इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता २०८३’ आयोजना हुँदै

    इटहरी । इटहरी आदर्श जायन्ट्सको आयोजनामा ’कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ। प्रतियोगिताको औपचारिक घोषणा तथा विस्तृत जानकारी गराउने उद्देश्यले ‘रमाडा बाई विन्डम इटहरी’मा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा सङ्घ–संस्थामा कार्यरत कर्मचारीहरूलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, नेटवर्किङ विस्तार, टोली भावनाको विकास र स्वस्थ प्रतिस्पर्धात्मक खेलकुद संस्कृति प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले राखेको छ। सुनसरी जिल्ल

    • प्रकाशित मितिः असोज १७, २०८३
    • १५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]