इटहरी । भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका पीडितहरूको पुनस्र्थापना तथा राहतका लागि इटहरी उपमहानगरपालिका वडा नं. २० मा ७ लाख ४८ हजार ९ सय ५१ संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी उपमहानगरपालिका वडा नं. २० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, जातीय संस्था, टोल विकास संस्था, क्लब तथा सामाजिक व्यक्तित्वहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो। शुक्रबार आयोजित धन्यवाद तथा पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिनुभएको थियो। संकलित र
इटहरी । बराहक्षेत्र नगरपालिका–१०, गडेरिटोलस्थित राम नक्षदीपाल आधारभूत विद्यालयमा वक्तृत्वकला, सांस्कृतिक तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनमाया कट्वालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणी खनाल तथा महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रमुख विक्रम भट्टराईको विशेष उपस्थिति रहेको थियो। सपना पालले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता र विभिन्न सां
इटहरी। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० को वडा कार्यालयबाट ७ लाख ४८ हजार ९ सय ५१ रुपियाँ संकलन गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको संयोजन तथा इटहरी–२० को आयोजनामा विभिन्न राजनीतिक दल, सामाजिक तथा जातीय संस्था, टोल विकास संस्था, क्लब र सामाजिक व्यक्तित्वको सहयोगमा उक्त रकम संकलन गरिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी रेडक्रस हाँसपोसा उपशाखाका सभापति उमेश राईले संकलित रकमबारे जानकारी दिनुभयो । आफूहरूले व्यक्ति तथा संस्थाबाट प्राप्त गरेको सहयोग रकम स्पष्ट रूपमा राखिएको उहाँले जानकारी दिनुभयो ।&
इटहरी । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटामा सहयोग संकलन धमाधम भइरहेको छ । धनकुटामा हाल सम्म स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निर्माण व्यवसायी, विद्यालय तथा स्थानीयवासीबाट १ करोड १६ लाख ४८ हजार ६ सय २७ रुपैयाँ संकलन भएको छ । धनकुटाका ७ स्थानीय तहमध्ये हालसम्म पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका र साँगुरीगढी गाउँपालिकाले कार्यपालिका बैठक मार्फत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन् । अन्य ४ वटा स्थानीय तहले पनि चाँडै बैठक बसेर सहयोग गर्ने जनाएका छन् ।महालक्ष्मी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना
इटहरी। पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिका लागि आधार तथा कोसेढुङ्गा सावित भएको छ ।यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण गर्नमा समेत ठूलो सहयोग पुगेका छ । उदयपुरको ८ पालिका मध्ये ६ वटा पालिकाको सडक यातायातको मुख्य मार्गका रुपमा रहेको मदन भण्डारी लोकमार्गका विभिन्न स्थान अहिले व्यवसायिक तथा व्यापारिक केन्द्रका रुपमा विकसित हुँदै गएको छ । चौदण्डीग
इटहरी। सडक छेउछाउमा रहेका खाली जग्गाको सदुपयोग गर्न धनकुटा नगरपालिकाले बेसार खेती विस्तार सुरु गरेको छ ।स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाका सडक छेउमा खाली रहेका जग्गमा बेसार खेती विस्तार गरेको हो । बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन नमुनाका रूपमाबेसार खेती सुरु थालिएको छ । कोशी राजमार्गअन्तर्गत धनकुटा नगरमा पर्ने सरस्वती चोक–सल्लेरी खण्डको किनारामा बेसार खेती गरिएको छ । धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालका अनुसार नगरभित्रका विभिन्न भित्री सडक किनारमा रहेका खाली ठाउँमासमेत बेसार रोपिएको छ । उहाँका
इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एक वर्षको अवधिमा करिव आठ किलोमिटर सडकमा सोलिङ निर्माण गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले पालिका क्षेत्रका सडकहरू सोलिङ गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एक वर्षमा आठ किलोमिटर बढी सडकमा सोलिङ अर्थात स्तरोन्नतिको कार्य गरिएको हो । पालिकाका छ वटै वडाका मुख्य सडकहरू सोलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । हिउँद र बर्खा दुवै मौसममा यातायात सञ्चालन हुनेगरी सडकमा सोलिङ गरिएको उहाँले बताउनुभयो । प्रत्येक वडामा पालिका कार्यालय आउजाउ गर्ने मुख्य सडकहरू स्तरोन्नति अर्थात सलिङ गरिएको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ ।
इटहरी। झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत प्रवाह भई मृत्यु भएको हो । बारा करैयामाई गाउँपालिका(८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् । करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
इटहरी। एक समय घरका भान्सामा पाक्ने स्थानीय उत्पादन पछिल्लो समय हराउँदै गएपछि धनकुटाका रोशन राईले कोदो, फापर र स्थानीय उत्पादनका दाल–गेडागुडीलाई ब्राण्डिङ गरी बजारीकरण गर्न सुरु गर्नु भएको छ । धनकुटाको अमलेटारस्थित औद्योगिक ग्राममा सञ्चालित आनीको खाद्य उद्योगबाट कोदो, फापर, मकै, स्थानीय दाल–गेडागुडी लगायत परम्परागत खाद्यान्न प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्न सुरु गर्नु भएको हो । विदेशी तथा प्रशोधित खाद्यवस्तुको बढ्दो प्रयोगकाबिच स्थानीय रैथाने अन्नलाई पुनः उपभोक्ताको भान्सासम्म पु¥याउन यो अभियान सुरु गरीएको राई बताउनुहुन्छ । अहिले धनकुटासहित कोशी प्रदेशका विभिन्न बजारमा ‘चासुम’ ब्रान्डका
इटहरी स् बुद्धशान्तीमा विद्युत्को माग बढ्दै गए पनि आपूर्ति संरचना भने पुरानै छ। घरायसीसँगै व्यापार, कृषि र उद्योगमा विद्युत् खपत बढेपछि सामान्य प्राविधिक समस्यामा समेत ठूलो क्षेत्र प्रभावित हुने गरेको छ।बुधबारे वितरण उपकेन्द्रअन्तर्गत बुद्धशान्तीका सबै वडा तथा मेचीनगर र अर्जुनधाराका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। तर उपकेन्द्रमा मेचीनगरको धाइजन सबस्टेसनबाट करिब १५ किलोमिटर लामो ११ केभी लाइनमार्फत विद्युत् आउने गरेको छ। लामो दूरीको एउटै लाइनमा निर्भर हुँदा समस्या आउनासाथ ठूलो क्षेत्रको विद्युत् आपूर्ति प्रभावित हुन्छ। कम भोल्टेज, पटक–पटक लाइन जाने र लामो समय विद्युत् अवरुद्ध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.