इटहरी। कुनै समय मानिसको धेरै चहलपहल हुने धनकुटाका मुगा गाउँ अहिले सुनसान छ । घर छन्, इतिहास छ, सम्भावना छ । तर गाउँमा मानिसहरू भने कम छन् ।पूर्व प्रधानमन्त्री स्व। सूर्यबहादुर थापाको गाउँ मुगा पछिल्लो अढाई दशक यता गुमनामझैँ छ । यो गाउँ तब सुनसान बन्न थाल्यो जब थापाहरू सँगै स्थानीय बसाइँ सर्न थाले । द्वन्द्वले थप विथोलिएको मुगा अहिलेसम्म सुनसान छ । स्थानीय विदुर थापाका अनुसार त्यो बेला मुगाको रौनक नै बेग्लै हुन्थ्यो । मुगाका थापा देशको प्रधानमन्त्री देखि अन्य उच्च ओहोदामा हुनुहुन्थ्यो । थापा बाहेक घिमिरेहरू, राई आदिको पनि बाहुल्यता थियो । अर्का स्थानीय थामबहादुर राईका अनुसार मुगाले त
इटहरी। सप्तकोशी नदीको जलसतह मंगलबार बिहान ११स्१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ।कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११स्१५ बजे सप्तकोशीमा १ लाख ६६ हजार २६५ क्युसेक पानीको बहाव मापन गरिएको छ। यो परिमाण गएरातिको तुलनामा कम हो।हाल सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानीको बहाव सहज बनाउन २० वटा ढोका खुला राखिएको छ। यसअघि ब्यारेजका २६ वटासम्म ढोका खोलिएको थियो।जलसतह खतराको बिन्दुमा रहेकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
इटहरी स् म्याद गुज्रिएको पशु दाना बिक्री गर्ने र बजार मूल्यभन्दा दोब्बर बढीमा काँडेतार बिक्री गर्ने झापाका दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ।कारबाहीमा पर्नेमा मेचीनगर–९ स्थित दास किराना पसल र बुद्धशान्ति–३, बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्स रहेका छन्। भदौ २२ गते उपभोक्ता जागरण अभियान नेपालमार्फत दास किराना पसलमा म्याद गुज्रिएको गाईभैंसीको दाना बिक्री भइरहेको गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमन टोलीमा खाद्य प्रविधि कार्यालय, इलाका प्रहरी कार्यालय र सम्बन्धित वडा कार्यालयका प्रतिनिधि
इटहरी स् जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली एक वर्षपछि झ्यासघारीमा बेवारिसे अवस्थामा फेला परेको छ । लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती गोली फेला पारेको हो ।इलाका प्रहरी कार्यालय दमकबाट लागूऔषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेसन टोलीले लागूऔषध सेवनकर्ताहरू बस्ने गोप्य अखडाको खोजी गर्ने क्रममा दमक नगरपालिका–५ स्थित खरखरे खोलानजिक पैनीको डिलमा रहेको झ्यासघारीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ‘ओएफबी १३ ९५।५६० एमएम’ लेखिएका इन्सास राइफलमा प्रयोग हुने ३१ राउ
इटहरी स् झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेको ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा क्षेत्रबाट मंगलबार दिउँसो २ः३० बजे स्पोर्ट सुज, कुर्ता र जामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय काँकडभिट्टाबाट सशस्त्र प्रहरी नायब निरीक्षक महेन्द्र गुरुङको नेतृत्वमा खटिएको चार सदस्यीय बीआईटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राईसहितको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।बरामद सामानमा ६ लाख २० हजार रुपैयाँ बर
इटहरी स् नेपाल शैक्षिक परामर्श संघ इक्यानले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाको नेतृत्व क्षमता, संस्थागत सुदृढीकरण र राष्ट्रिय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३।०’ आयोजना गर्ने भएको छ।इक्यान झापा शाखाको आतिथ्यमा असोज २ देखि ४ गतेसम्म बिर्तामोडमा कार्यक्रम आयोजना हुने इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए। इक्यानको देशव्यापी नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो। यसअघि पहिलो संस्करण इक्यान चितवन शाखाको आतिथ्यमा र दोस्रो संस्करण इक्यान मकवानप
इटहरी। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।परम्परागत अन्नबालीबाट सीमित आम्दानी हुने भएपछि कृषकले सुन्तलाखेतीलाई वैकल्पिक तथा दिगो आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन् । केही वर्षअघिसम्म सामान्य घरायसी प्रयोजनका लागि मात्रै सीमित रहेको सुन्तलाखेती अहिले व्यावसायिक रूपमा विस्तार हुँदै गएको छ । गाउँका धेरै किसानले आफ्नो खाली तथा कम उपयोगमा आएका जमिनलाई व्यवस्थित रूपमा उपयोग गर्दै सुन्तला बगैँचा विस्तार गरेका छन् । स्थानीय किसान सुन्तला खेतीप्रति उत्साहित देखिएका छन् । कृषक चण्डालकुमार राईले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दा अन्
इटहरी। इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो ।किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण थालिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । त्यहाँ निर्माणाधीन फाल्गुनन्दको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ । माङसेबुङ
इटहरी स् नेपाली कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला सुनसरीमा २५ वर्षीय युवा नेता सुमन रेग्मीले आफूलाई पुस्तान्तरणको अभियानसँग जोड्दै सक्रिय राजनीतिक यात्रा अघि बढाएका छन्।युवा पुस्ताको आवाज पार्टीको निर्णय प्रक्रियामा स्थापित हुनुपर्ने धारणा राख्दै रेग्मीले सुनसरी क्षेत्र नं। २ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। सानै उमेरमा पार्टी संगठन र लोकतान्त्रिक गतिविधिमा सक्रिय हुँदै आएका रेग्मी पछिल्लो समय सुनसरी कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधिका रूपमा चर्चामा छन्। उनी डेमोक्रेटिक जेन्जी सुनसरी क्षेत्र नं। २९क० का संयोजकसमेत हुन्। जेन्जी प
इटहरी । पूर्वी नेपालमा जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो दुई दशकमा ९७ जनाको मृत्यु भएका छन् । यही अवधिमा विभिन्न कारणले ४५ वटा जङ्गली हात्तीसमेत मरेको तथ्याङ्कले देखाएको छ । यसले मानव बस्ती विस्तारसँगै हात्तीको परम्परागत आवागमन क्षेत्र खुम्चिँदै जाँदा दुवैतर्फ जोखिम बढेको बताइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आर्थिक वर्ष २०६२र६३ देखि हालसम्म कोशी प्रदेशमा ४५ वटा जङ्गली हात्ती मरेका छन् । तीमध्ये सबैभन्दा धेरै २५ वटा हात्ती झापामा मरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष तथा आसपासको क्षेत्रमा छ वटा हात्तीको मृत्यु भएका छन् । तीमध्ये च
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.