समाज

    Showing ३९१-४०० of १०,९९२ items.
  • मोरङमा भारतबाट चोरबाटो हुँदै ल्याइँदै गरेको ७ हजार ब्रोइलर चल्ला बरामद

    इटहरी । भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ ।सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्ला रहेको सशस्त्र

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १३२ पटक पढिएको
  • ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

    इटहरी। मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही स्थानका २० वर्षीय रबिन पुलामी मगर रहनुभएको छ । बुधबार बिहान करिब १० बजेतिर राघापुरबाट अक्करे भिर नजिक ढुङ्गा लिन जाने क्रममा ना १ लु ४ त १६७२ नम्बरको ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । ट्याक्टरमा पाँच जना सवार हुनहुन्थ्यो । मानेभञ्ज्याङ ट्राफिक पोस्टका ट्राफिक प्रहरी जवान सीबी चाम्लिङका अनुसार दुर्घटनामा परी तिमल्सिना र पुलामी मगरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ८४ पटक पढिएको
  • एबी ग्रुप अफ इन्डस्ट्रिजद्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग

    इटहरी । एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित व्यक्तिहरूको सहयोगका लागि ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।उक्त रकम मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषको बैंक खातामा जम्मा गरिएको हो। एबी ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक भीम घिमिरे र उनको परिवारका तर्फबाट उक्त सहयोग प्रदान गरिएको हो। घिमिरे परिवारले रकम सानो भए पनि बाढीबाट प्रभावित पीडितलाई केही सहयोग पुग्ने र उनीहरूलाई राहत तथा सहयोगका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ।‘यो हाम्रो सानो प्रयास हो, तर हामी विश्वास गर

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ९२ पटक पढिएको
  • मोरङको हर्चनगढी पुलबाट मोटरसाइकल खस्यो, भारतीय नागरिकको मृत्यु

    इटहरी स्  मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३८ एल ७९२० नम्बरको भारतीय मोटरसाइकल मंगलबार राति करिब ९ः२० बजेतिर हर्चनगढी पुलबाट करिब ८ मिटर तल खसेको थियो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।दुर्घटनामा भारतको अररिया थाना पलासी गोठगाउँका अन्दाजी ४० वर्षीय मुना मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा राति १०ः०५ बजेतिर चिकित्सकले मृत घो

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ५४ पटक पढिएको
  • झापाको बिर्तामोडमा एक सातामै तीन ठाउँमा चोरी, सतर्कता अपनाउन आग्रह

    इटहरी स्  चाडपर्व नजिकिएसँगै झापाको बिर्तामोड क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन्। पछिल्लो एक सातामा बिर्तामोडका तीन ठाउँमा चोरी भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड–२ स्थित सांगवेद संस्कृत माध्यमिक विद्यालयसहित दुईवटा निजी घरमा चोरी भएको छ। विशेषगरी घरमा कोही नभएको मौका छोपी नगद तथा गरगहना चोरी भएको पाइएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले चाडपर्वको समयमा घरधनी बाहिर जाने क्रम बढ्ने भएकाले चोरीलगायत आपराधिक गतिविधि हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार विजयादशमी, दीपावली र छठ पर्व नजिकिँदै गर्द

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ५१ पटक पढिएको
  • मोरङको केराबारीमा खेल्दै गर्दा पानीको भाँडोमा डुबिन् अढाई वर्षीया बालिका

    इटहरी स्  मोरङको केराबारीमा पानी भरिएको भाँडोमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ।केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँकी दियाना मगरको मंगलबार मृत्यु भएको हो। प्रहरीका अनुसार उनी फडीन्द्र मगरकी छोरी हुन्। दिउँसो करिब २ः३० बजे घरमा खेल्ने क्रममा जाँड पकाउन प्रयोग हुने फोसीमा भरिएको चिसो पानीमा बालिका डुबेकी थिइन्। आमा यमुना मगरले बालिकालाई भाँडोमा डुबेको अवस्थामा फेला पारेकी थिइन्।त्यसपछि तत्काल धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। तर, स्वास्थ्य केन्द्रका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए। घटनाबारे डाँडाबजार प्रहरी चौकीले मंगलबार साँझ करिब ६ः१०

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ८५ पटक पढिएको
  • सुनसरीको दुहबीमा दुई मोटरसाइकल ठोक्किँदा दुई प्रहरीसहित पाँच घाइते

    इटहरी स्  सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन्।दुहबी नगरपालिका–२ स्थित भित्री सडकखण्डमा मंगलबार राति करिब ९ः३० बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गणतर्फ प्रवेश गर्दै गरेको प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २७ प ९६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार धीरज चौधरी र पछाडि सवार प्रहरी जवान बाबुराम बुढाथोकी घाइते भएका छन्। चौधरीको बायाँ खुट्टा र टाउकोमा तथा बुढाथोकीको टाउको र देब्रे खुट्टामा चोट ल

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ६३ पटक पढिएको
  • झापाको कन्काईमा घरबाटै लागूऔषधको कारोबार, मोमिन पक्राउ

    इटहरी स्  झापाको कन्काईमा घरबाटै लागूऔषधको कारोबार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कन्काई नगरपालिका–३ सुरुङ्गाका ३५ वर्षीय फियाज मोमिन रहेका छन्। ‘बादशाह’ नामले चिनिने मोमिनलाई सोमबार राति करिब १० बजे आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले मोमिनको घरमा खोजतलास गरेको थियो। त्यसक्रममा प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद ब्राउन सुगर १३९ वटा पोकामा राखिएको अवस्थामा थियो। लागूऔषधस

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ६७ पटक पढिएको
  • साँढेमाथि तातो पानी खन्याएर क्रूर व्यवहार

    इटहरी। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१०, जल्पापुरमा अज्ञात व्यक्तिले साँढे ९गोरु०माथि तातो पानी खन्याउँदा गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ ।घटनाको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि इनरुवा नगरपालिकाको पशु स्वास्थ्य शाखाले चासो देखाएको छ । सामाजिक सञ्जालमा साँढेमाथि गरिएको क्रूरतापूर्वक कार्यको दृश्य सार्वजनिक भएलगत्तै इनरुवा नगरपालिकाका पशु शाखा प्रमुख डा।राजकुमार यादवको नेतृत्वमा गएको विशेषज्ञ चिकित्सकको टोलीले घटनास्थल जल्पापुर पुगेर घाइते साँढेको उपचार सुरु गर्नुभएको छ । केही दिनअघि अज्ञात व्यक्तिले क्रूरतापूर्वक साँढेको शरीरमा अत्यधिक तातो पानी खन्याएका थिए । यसबाट साँढेको

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ५२ पटक पढिएको
  • बस्तीमा बिजुली, घरमा अँध्यारो स् कुपीको भरमा पाख्रीबासका दुई परिवार

    इटहरी। कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला धनकुटाका गाउँमा स्थानीयबासी अझै पनि विद्युतको पहुँचभन्दा बाहिर रहेका छन् । जिल्लाका सहर तथा गाउँमा सडक पहुँचसम्म विद्युत विस्तार भएपनि केही ठाउँका स्थानीयबासी भने अझै पनि विद्युतको पहुँचभन्दा बाहिर रहेका हुन् ।धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगास्थित थाक्लेकी ६० वर्षीय तारा तामाङको घरमा अझै पनि विद्युत पुगेको छैन । गाउँमा सबैको घरमा साँझ परेपछि उज्यालो बत्ती बल्छ । तर उहाँको घरमा भने साँझ परेपछि कुपी बल्छ । गाउँको बस्तीभन्दा उहाँको घर केही टाढा रहेको छ । करिब दुई दशक अगाडि गाउँमा विद्युतको विस्तार भएपनि तामाङ कुपीको भरमा बस्दै आउनुभएको छ । उहाँको परिवा

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]