समाज

    Showing ३११-३२० of १०,९९२ items.
  • रसुवाको बाढीमा बेपत्ता जुम्लाको पातारासीका -५ माथिल्लो लोर्पाका १० जनाको कुशको शव बनाएर अन्त्येष्टि

    इटहरी , रसुवाको बाढीमा परी बेपत्ता भएको तीन साता बित्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका १० परिवारले शनिबार सामूहिक अन्त्येष्टि गरेका छन्।बेपत्ता भएका आफन्त जिउँदा छन् कि छैनन् भन्ने यकिन हुन नसके पनि परिवारले लामो समयसम्म राज्यको खोजी र उद्धारको प्रतीक्षा गरे। तर तीन साता बितिसक्दा पनि न सासको खबर आयो, न शव नै भेटियो। अन्ततः हिन्दु संस्कारअनुसार कुशलाई शवको प्रतीक बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो। गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए। त्यसयता आफन्तले खोजी तथा उद्धारको आशा गर्दै दिन

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ८६ पटक पढिएको
  • कांग्रेस वडा अधिवेशनपछि मोरङको पथरीशनिश्चरेमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड

    इटहरी स् कांग्रेस वडा अधिवेशनपछि मोरङको पथरीशनिश्चरेमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड भएको छ।शनिबार राति करिब ११ः५० बजे कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद कार्की र ईश्वर भट्टराईको घरमा तोडफोड भएको हो। प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय तीन जनाको पहिचान खुलेको जनाएको छ। उनीहरू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भट्टराईको घरको आँगनमा रहेको गेटमा क्षति पुगेको छ। कार्कीको घरको झ्यालको सिसा फुटाइएको छ भ

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १२७ पटक पढिएको
  • तेह्रथुमका ४३ वडामा आज कांग्रेस अधिवेशन

    इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेह्रथुमका ४३ वटै वडामा आइतबार अधिवेशन हुँदैछ। वडा अधिवेशनसँगै जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ।अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधिसमेत छनोट हुनेछन्। क्रियाशील सदस्यताको आधारमा क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले वडा तहबाट छानिने प्रतिनिधिलाई आगामी तहका अधिवेशनमा महत्वपूर्ण मानिएको छ। नेपाली कांग्रेस तेह्रथुमका सचिव डिल्ली नेपालका अनुसार जिल्लाका सबै ४३ वडामा अधिवेशनको तयारी पूरा भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया आइतबारदेखि अघि बढ्ने उनले बताए।वडा तहको नेतृत्व चयनसँगै

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १०४ पटक पढिएको
  • ब्राउन सुगरसहित मोरङमा युवतीसहित तीन जना पक्राउ

    इटहरी स् मोरङ प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित एक युवतीसहित तीन जनालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका र पथरीशनिश्चरेबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।सुनवर्षी नगरपालिका–८ सिक्टीस्थित भित्री सडकखण्डबाट प्रहरीले ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ छन्। प्रहरीका अनुसार शनिबार राति करिब ११ः३० बजे सिक्टीबाट विश्वकर्माचोकतर्फ जाँदै गरेको को २५ प ८८७९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चाल

    • प्रकाशित मितिः असोज ४, २०८३
    • २०२ पटक पढिएको
  • धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

    इटहरी स् धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बन्चरेमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो सोमबार बिहान काजीमाने–धनकुटा भित्री सडकखण्डअन्तर्गत बन्चरेमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ब्रेक फेल भएपछि सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये २१ वर्षीय आशिष लिम्बुको अवस्था गम्भीर रह

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १२२ पटक पढिएको
  • युवतीको विवादले देवानगन्जमा गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो गोली

    इटहरी स् सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको शरीरमा लागेको गोली आइतबार बिहान शल्यक्रिया गरेर निकालिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत यादवको नोबेल शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा। रञ्जिव झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो । चिकित्सकका अनुसार यादवको अवस्था मध्यम छ ।प्रहरीका अनुसार यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेक

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ९९ पटक पढिएको
  • सुन्दरहरैँचाबाट पक्राउ परेका विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइँदै

    इटहरी स् राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार दाहाललाई आइतबार बिहान पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले साइबर ब्युरोको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको कटवालले बताए । दाहाललाई पक्राउ गरेपछि आवश्यक अनुसन्धानका लागि आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको जानकारी उनले दिए । ‘जहाजमार्फत दिउँसो २ बजे काठमाडौं पठाउने तयारी छ,’ उनले भने । कटवालका अनुसार दाहालविरुद्ध मोरङमा भने कुनै उजुरी परेको छैन । दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ८६ पटक पढिएको
  • राजनीतिलाई उत्पादनसँग जोड्न ‘गोबर भेला’

    इटहरी। राजनीतिक दलका कार्यक्रम भन्नासाथ सभा, भेला, भाषण र संगठन विस्तारका गतिविधि सम्झिने गरिन्छ ।तर झापाको बाह्रदशी गाउँपालिकामा नेकपा ९एमाले० गाउँ कमिटीले भने राजनीतिक गतिविधिलाई कृषि र उत्पादनसँग जोड्ने फरक अभ्यास थालेको छ । शनिबार बाह्रदशी–५ मा आयोजित ‘गोबर भेला’ त्यसैको एउटा उदाहरण हो । एमाले बाह्रदशी गाउँ कमिटीले बाह्रदशी–५मा अगुवा किसान गंगा काफ्लेले बाँझो जमिनमा तरकारी खेती गरिरहनुभएको छ । सोही जमिनको माटोको उर्वराशक्ति बढाउँदै रासायनिक मल तथा विषादीको प्रयोग घटाएर सकेसम्म प्राङ्गारिक तरकारी उत्पादन गर्ने उद्देश्यले पार्टीले गोबर मल संकलन अभियान अघि बढाएको हो ।शनिबार काफ्लेको घरमा आयोज

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ६२ पटक पढिएको
  • धनकुटामा सुमो दुर्घटनास् एकको मृत्यु, १० जना घाइते

    इटहरी। धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बन्चरे स्थित कामिटारमा सुमो गाडी दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे छथरको पिङ्गडाँडा ताङ्खुवाबाट धरान जाँदैगरेको को १ ज २४९४ सुमो अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा परि छथ रजोरपाटी गाउँपालिका–३, वस्ने बर्ष बन्दाजी ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले दिनुभयो । उहाँका अनुसार घाइते हुनेहरुमा चालक धनकुटा नगरपालिका–९, स्थित गुठीटार बस्ने ३१ वर्षिया खगेन्द्र खत्री, छथ रजोरपाटी गाउँपालिक

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ८० पटक पढिएको
  • पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खेजेनिमका पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका छन् । खेजेनिमको चवाखु टोलका पहिरो प्रभावित परिवार एकीकृत बस्तीमा बस्न थालेका हुन् । खेजेनिम चवाखु टोलका पहिरो प्रभावित परिवार सोही टोलस्थित सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरी बस्न थालेका छन् । पहिरोबाट प्रभावित भएका चवाखु टोलका १० परिवार गत जेठ महिनादेखि एकीकृत बस्तीमा बस्न थालेका फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूले जानकारी दिनुभयो ।खेजेनिमकै बासिन्दा रहेका गाउँपालिकाका उपाध्यक्ष लिम्बूले चवाखु टोलका पहिरो प्रभावित परिवार सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती निर्मा

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]