इटहरी। मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणलाई मध्यनजर गर्दै पाँचथर जिल्लाका सबै शैक्षिक संस्थामा दुई दिन आकस्मिक बिदा दिइएको छ।असोज ८ र ९ गते पाँचथरसहित देशभर वर्षाको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका विद्यालय दुई दिन बन्द गर्न निर्देशन दिएको थियो। मौसम विभागको सूचनालाई ध्यानमा राख्दै जिल्लाका सबै स्थानीय तहलाई विद्यालय बन्द गर्न भनिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो। उहाँका अनुसार बिहीबार र शुक्रबार विद्यालय बन्द गर्न भनिएको हो। शनिबार र आइतबार नियमित बिदा रहेकाले पाँचथरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन्। यसैबीच, फिदिम नगरपालिक
इटहरी। मौसम पूर्वानुमान महाशाखाले ठुलो वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङसहित यहाँका स्थानीय तहले सतर्कता अपनाउन आग्रह गरेका छन् । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म जिल्लावासी तथा आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।जिल्ला प्रशासन कार्यालयसहित ताप्लेजुङका नौ वटै स्थानीय तहले बुधबार सूचना जारी गर्दै शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेकाले सम्भावित विपत्बाट जोगिन आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सबै पक्षल
इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका कारण गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशभर उच्च सतर्कता अपनाउन सूचना जारी गरेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।गाउँपालिकाले असोज ९ देखि ११ गतेसम्म विद्यालय बन्द गरी विद्यार्थीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्तिले० जारी गर्नुभएको सूचनामा प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । गाउँपालिक
सुन्दरहरैचा । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीमा आगामी असोज १४ गतेदेखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ। ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुन लागेको मेलामा सीपयुक्त जनशक्ति र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत विभिन्न १० वटा विधासँग सम्बन्धित ६५ वटा स्टल रहने आयोजकले जनाएको छ। मेलामार्फत विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको माग र रोजगारीको खोजीमा रहेका युवाबीच प्रत्यक्ष भेटघाट तथा समन्वय गराउने तयारी गरिएको छ।सीप भएर पनि उपयुक्त रोजग
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा आधुनिक सौन्दर्य सेवासहित ‘शान्वी ब्युटी पार्लर मेकअप एण्ड नेल स्टुडियो’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच सिर्जनशील समाजकी अध्यक्ष निरु बजगाईंले रिबन काटेर पार्लरको उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमै गुणस्तरीय तथा आधुनिक सौन्दर्य सेवा उपलब्ध गराउने उद्देश्यले सवनम श्रेष्ठको सञ्चालनमा शान्वी ब्युटी पार्लर स्थापना गरिएको हो। महिला तथा युवतीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको पार्लरमा मेकअप, नेल केयर, हेयर केयर, फेसियल, स्किन केयर, ब्राइडल मेकअप लगायत सौन्दर्यसँग सम्बन्धित विभिन्न सेवाहरू उपलब्ध हुने सञ्चालिका
इटहरी। कोशी प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार असोज ७ गतेदेखि कोशी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने तथा असोज ९ देखि ११ गतेसम्म कोशी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ ।भारी वर्षाका कारण बाढी, पहिरो, कटान तथा गेग्रान बहाव आउन सक्ने र होचा भू–भाग तथा नदी तटीय क्षेत्रमा डुबानको जोखिम बढ्ने प्रशासनले जनाएको छ । वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन तथा दैनिक जनजीवन प्रभावित हुनुका साथै सडक तथा
इटहरी। जिल्ला प्रहरी कार्यालय इलामले गए राति एक हजार पाँचसय चार किलो गाँजा बरामद गरेको छ । मेची राजमार्गको गोलाखर्क भञ्ज्याङमा चेकजाँच गर्ने क्रममा खाली ट्रकको भित्री भागमा छुट्टै फलाम जडान गरी बनाइएको कोठामा ‘प्याकिङ’ गरिएको ४१ बोरामा उक्त गाँजा बरामद गरेको हो । इलामबाट झापातर्फ लाँदैगरेको अवस्थामा बरामद गरिएको इलामका प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो । गाँजा कहाँबाट ल्याएको हो भन्ने कुनै पुष्टि भइनसकेको उहाँको भनाइ छ । गोलाखर्क भञ्ज्याङदेखि मेची राजमार्गको राजदुवालीतर्फ ट्रक लागेपछि प्रहरीले केचना कञ्चनजङ्घा सडकतर्फबाट ट्रक फर्काउन भनेपछि चालकले ट्रक रोकेको र बाहिर जान्छु भनि गएको
इटहरी । भारी वर्षाको पूर्वानुमानसँगै फिदिम नगरपालिकाले बाढीपहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न वडा कार्यालयलाई पत्राचार गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशको विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ । त्यसलाई ध्यानमा राख्दै नगरपालिकाले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न १४ वटै वडा कार्यालयलाई निर्देशन दिएको हो । प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार जोखिममा रहेका परिवारको स्थानान्तरणको व्यवस्था मिलाउन भनिएको छ । वडाभित्
इटहरी। वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको स्मरण गर्दै २० औँ राष्ट्रिय संरक्षण दिवस मनाइएको छ। दिवसका अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिका –४ भिन्तुना डाँडामा रहेका संरक्षणविद्का सालिकमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा संरक्षणविद्का सालिकमा माल्यार्पण गरिएको मञ्चका अध्यक्ष खड्गविक्रम सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार संरक्षणकर्मीले गरेको योगदानको स्मरण गर्दै प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइए
इटहरी। भारी वर्षाको सम्भावनासँगै झापामा बाढी, डुबान तथा अन्य विपद् बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहदेखि उद्धार सामग्री र सुरक्षाकर्मी परिचालनसम्मको तयारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.