विराटनगर : प्रतिबन्धित नेक–सिल लगाइएको प्रशोधित पिउने पानी भण्डारण तथा बिक्री वितरणका लागि राखिएको पाइएपछि विराटनगरको एक पानी उद्योगको गोदाम सिल गरिएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मोरङ र प्रशोधित पानी उत्पादन संघ मोरङको संयुक्त अनुगमन टोलीले विराटनगर महानगरपालिका–१ बेलगाछीस्थित विराट जल उद्योगको गोदाममा अनुगमन गर्दा यस्तो अवस्था फेला पारेको हो।अनुगमनका क्रममा मधेश प्रदेशको लहानस्थित के.वि. एण्ड सन्स उद्योगले उत्पादन गरेको १ लिटरको प्रशोधित पिउने पानीका ९० कार्टुन प्रतिबन्धित नेक–सिल लगाइएको अवस्थामा भण्डारण गरिएको पाइएको थ
इटहरी। जल तथा मौसम विज्ञान विभागले भारी तथा अति भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनाअनुसार असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सडकमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको हो । गत वर्षको अविरल वर्षापछि मेची राजमार्गलगायत जिल्लाका भित्री सडक तथा बाटाघाटा पूर्णरूपमा सुरक्षित नभई जोखिमपूर्ण र जीर्ण अवस्थामा रहेको प्रशासनले जनाएको छ ।हाल पुनः भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले सम
इटहरी। गाउँदेखि सहरसम्म चिसा पेय पदार्थको प्रयोग बढिरहेका बेला धनकुटामा भने परम्परागत मोहीलाई आधुनिक ढाँचामा उत्पादन गरी बजारमा पुर्याउने क्रम बढेको छ । धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिंहदेवी डेरी उद्योगले उत्पादन गर्दै आएको ‘दुर्गा मोही’ अहिले कोल्ड ड्रिङ्क्सको विकल्पका रूपमा उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ ।धनकुटा नगरपालिका–२ घर भएका डेरी व्यवसायी राजु घिमिरेले वि।सं। २०७५ देखि डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । सुरुआतमा उनले नौनी, पनिर र छुर्पी उत्पादन गर्दै आएका थिए । स्थानीय बजारमा माग रहे पनि बाहिरबाट आउने उत्पादनसँगको प्रतिस्पर्धा बढ्दै गएपछि व्यवसाय सञ्चालन गर्न कठिन हुन थालेको
इटहरी। जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार असोज ६ गते पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङस्थित तिवारीभञ्ज्याङ चोकमा शंकास्पद व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधि फेला परेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको सादा पोसाकको टोली र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा पौवादुङ्मा गाउँपालिका–२ का २५ वर्षीय पुष्पराज आले मगर र ऐंसेलुखर्क गाउँपालिका–६ का ३८ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरूको साथबाट ३८० क्याप्सुल ट्रमाडोल र १०० ट्याब्लेट डाइसाइक्लोमिन
इटहरी। भारी वर्षाको सम्भावना तथा बाढी, पहिरो, कटान, गेग्रान बहाव र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार असोज ७ देखि ११ गतेसम्म राति ९ देखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो। प्रशासनका अनुसार भेडेटारदेखि रवि–राँके सडकखण्ड, मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सवारीसाधन र जोखिमयुक्त भित्री सडकमा रातिको समयमा आवागमन रोक लगाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख प्रशासकीय अ
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै जिल्लाको कांग्रेस राजनीति अब क्षेत्रीय तहको शक्ति परीक्षणतर्फ केन्द्रित भएको छ।पालिका तहमा नेतृत्व चयनको प्रक्रिया सकिए पनि उदयपुर कांग्रेसभित्रको राजनीतिक प्रतिस्पर्धा भने सकिएको छैन। बरु पालिका तहमा निर्वाचित सभापति, पदाधिकारी र प्रतिनिधिहरूले आगामी क्षेत्रीय तथा माथिल्लो तहमा बनाउने समीकरणले जिल्लाको कांग्रेस राजनीतिलाई थप रोचक बनाउने देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १०
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनलाई लिएर पार्टीभित्रको प्रतिस्पर्धा थप पेचिलो बनेको छ।नगर सभापतिका आकांक्षीमध्ये केहीले उम्मेदवारी फिर्ता लिएर कुलप्रसाद संग्रौलालाई समर्थन गर्ने सहमति गरेपछि त्यसको प्रतिरोधमा अर्को समूह पनि प्यानलसहित मैदानमा उत्रिने तयारीमा जुटेको हो। संग्रौलालाई समर्थन गर्ने सहमति बनेपछि नगर सभापतिको दौडबाट बाहिरिएका सूर्यप्रसाद कन्दङवा र सचिव पदका आकांक्षी उत्तम कटुवालसहितको समूहले छुट्टै प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेको बताइएको छ। कन्दङवाको नेतृत्वमा तयार भएको प्यानलबाट सभापतिमा सूर्यप्रसाद क
इटहरी स् झापामा हिंसापीडितका लागि सञ्चालनमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० बाट एक वर्षमा १६२ जनाले सेवा लिएका छन्।भद्रपुरस्थित प्रादेशिक अस्पतालमा सञ्चालित केन्द्रबाट आर्थिक वर्ष २०८रर८३ मा सेवा लिनेमा १५९ महिला, दुई पुरुष र एक जना अन्य रहेको केन्द्रले जनाएको छ। केन्द्रमा पुगेका पीडितमध्ये सबैभन्दा ठूलो संख्या १५ देखि १८ वर्ष उमेर समूहको छ। यो उमेर समूहका ५७ जनाले सेवा लिएका छन्। त्यस्तै १९ देखि ४९ वर्ष उमेर समूहका ५१ जना र १० देखि १४ वर्ष उमेर समूहका ३६ जना छन्। १० वर्षभन्दा कम उमेरका १५ जना बालबालिकाले समेत हिंसापछि केन्द्रबाट सेवा लिएका छन्। ५० देखि ६० वर्ष उमेर समूहका एक
इटहरी स् लगातार वर्षा हुने पूर्वानुमानसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि पाँचथर जिल्लाका सबै विद्यालय दुई दिन बन्द हुने भएका छन्।जिल्ला प्रशासन कार्यालय पाँचथरले मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते वर्षाको उच्च जोखिम रहने प्रक्षेपण गरेपछि जिल्लाका शैक्षिक संस्था बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार मौसम विभागको पूर्वानुमानलाई आधार बनाएर बिहीबार र शुक्रबार जिल्लाका विद्यालयमा आकस्मिक बिदा दिन भनिएको छ। उनका अनुसार सम्भावित वर्षा, डुबान तथा अन्य प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। प्रशासनको आग्
इटहरी स् झापामा विपन्न, असहाय तथा बेवारिसे बिरामीले उपचार नपाउने अवस्था अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्पतालहरूलाई लक्षित गर्दै सेवा कार्यान्वयनमा कडाइ थालेको छ।जिल्लामा सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक अस्पतालका कुल शय्यामध्ये १० प्रतिशत विपन्न तथा लक्षित वर्गका बिरामीका लागि छुट्याएर निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रशासनले सबै अस्पताललाई लिखित निर्देशन दिएको हो। झापाका ४० अस्पतालमा कुल १ हजार ७ सय ९० शय्या सञ्चालनमा रहेका छन्। यसको १० प्रतिशत अर्थात् १७९ शय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न प्रशासनले अस्पतालहरूलाई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.