समाज

    Showing २,३११-२,३२० of ११,११५ items.
  • विराटनगरमा फुटपाथ व्यवस्थापन अभियान सुरु

    इटहरी । विराटनगर महानगरपालिकाले नगरको सौन्दर्य अभिवृद्धि गर्न र सर्वसाधारणको आवागमनलाई सहज तुल्याउन फुटपाथ व्यवस्थापन अभियान सुरु गरेको छ । सडकपेटीमा अनधिकृत रूपमा राखिएका सामग्री हटाउँदै महानगरले नगरलाई व्यवस्थित र सुन्दर बनाउने अभियान अगाडि बढाएको हो ।महानगरपालिकाले शुक्रबार बिहानदेखि बजार क्षेत्रका मुख्य सडक र पैदलयात्री हिँड्ने पेटीलाई खुला गराउने कार्य सुरु गरेको छ । यसअघि दुई दिनसम्म माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई आफ्ना सामग्री हटाउन अनुरोध गरेको महानगरले निर्धारित समयसीमा सकिएसँगै स्थलगत कारबाही अघि बढाएको हो । अभियानको नेतृत्व गर्दै महानगरका उपप्रमुख शिल्पा निराला कार्की सहितको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १७२ पटक पढिएको
  • 'परालको आगो’ आजबाट प्रदर्शनमा

    काठमाडौं । चलचित्र ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको छ । देशभर सयभन्दा माथि शो संख्या पाएको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्रलाई लक्षण सुनारले निर्देशन गरेका छन् । गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ कथामा यो सिनेमा बनेको हो । सामाजिक ग्रामीण कथा उठान गरेको सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ ।हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रकाश, सौगात र सुहानाका साथमा सृजना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय देख्न सकिनेछ ।यस चलचित्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • २७९ पटक पढिएको
  • करोडौँ लगानी भएको प्रदेश अस्पताल विस्थापनको सँघारमा

    इटहरी । कोशी प्रदेश सरकारको बेवास्ताका कारण विराटनगरस्थित ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ विस्थापनको सँघारमा पुगेको छ । अस्पताल सञ्चालन भइरहेको जग्गाको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३० दिनभित्र जग्गा खाली गर्न ताकिता गरेपछि प्रदेश सरकारले त्यहाँ रहेको अस्पताल संरचना जोखिममा परेको हो ।कोभिड–१९ को महामारीका बेला होल्डिङ सेन्टर सञ्चालन गर्न भन्दै प्रदेश सरकारले खाद्य साबिक नेसनल ट्रेडिङको जग्गा र भवन अल्पकालका लागि मागेको थियो तर सरकारले सो जग्गाको भोगाधिकारसम्बन्धी कुनै औपचारिक सम्झौता नगरी र कम्पनीलाई जानकारी नै नदिई स्थायी प्रकृतिका भौतिक संरचना निर्माण गरेको भन्द

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १३४ पटक पढिएको
  • सुकेपानीमा बेलिब्रिज निर्माणका लागि सवारी बन्द

    इटहरी ।  ताप्लेजुङको फुङलिङबाट लेलेप ओलाङचुङगोला हुँदै नेपाल चीन सीमाना टिपताला भन्ज्याङ जोड्ने सुकेपानीमा तमोर नदीमाथि बेलिब्रिज जडान गर्न फक्ताङलुङ गाउँपालिकाले यातायात आवतजावतमा रोक लगाएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं। ६ र वडा नं। ७ को संगमस्थल सुकेपानीस्थित तमोर खोलामाथि बेलिब्रिज निर्माणका लागि यातायात आवतजावतमा रोक लगाएको जानकारी गराएको हो । गाउँपालिकाका अध्यक्ष राजन लिम्बु ९मुक्ति० का अनुसार उक्त पुलको निर्माण कार्य वैशाख २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा उक्त स्थान हुँदै सञ्चालन हुने ट्याक्टर लगायत अन्य सवारी

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १२६ पटक पढिएको
  • विराटनगरमा पिउने पानीको मूल्य बढ्यो

    इटहरी । इन्धनको अत्यधिक मूल्यवृद्धि र कच्चा पदार्थसमेतको अभाव देखाउँदै पिउने पानीको मूल्यवृद्धि भएको छ । विराटनगरमा बढ्दो गर्मीसँगै पानीको मूल्यमा अन्तर्राष्ट्रिय परिस्थिति हाबी हुँदा उपभोक्ताको दैनिक लागत बढाएको छ । प्रशोधित शुद्ध पिउने पानी सङ्घ मोरङका अध्यक्ष श्रवणकुमार थापाका अनुसार उद्योगमा प्रयोग हुने बोतल, क्याप, ¥यापिङ रोल, जार र जारको क्यापको मूल्यमा ४० प्रतिशत वृद्धि भएको छ । यही बेला पेट्रोल र डिजेलको मूल्य पनि अत्यधिक हुँदा ढुवानी लागतसमेत बढेको छ, जसको असर पानीमा परेको हो ।  अध्यक्ष थापाका अनुसार पहिले बोतलको पानी प्रतिकार्टोन १२० देखि १३० रुपियाँसम्म उत्पादन लागत थियो । अहिल

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • १५५ पटक पढिएको
  • पथरीशनिश्चरे–४ मा १९ वर्षीया माया लिम्बुको संकास्पद आत्मत्या, पथरी शनिश्चरे–४ तनावग्रस्त

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा एक १९ वर्षीया युवतीको शंकास्पद अवस्थामा मृत्यु भएपछि स्थानीय आक्रोशमा छन्, त्यहाँको वातावरण तनावग्रस्त बनेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ कुशे निवासी १९ वर्षीया माया वनेम लिम्बूको आफ्नै घरमा शंकास्पद मृत्यु भएको हो। घटनाको प्रकृति र मृतकको शरीरमा देखिएको नीलडामका कारण माइती पक्षले हत्याको आशंका गर्दै न्यायका लागि प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको छ । २०८३ साल वैशाख ९ गते पथरी शनिश्चरे ४, पानीटङ्की नजिकै रहेको घरमा माया वनेम मृत अवस्थामा फेला परेकी थिइन्। मृतकको शरीरभरि नीलडाम र चोटपटक देखिएकाले उनको मृत्यु स्वाभाविक नभएको माइती पक्षको दा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १८० पटक पढिएको
  • आफ्नै छोरालाई बोरामा प्याक गरी भारतीय अपहरणकारीलाई सुम्पने प्रयास

    इटहरी । मानवीय संवेदनालाई नै चुनौती दिने गरी सुनसरीमा एउटा विभत्स घटना सार्वजनिक भएको छ ।  भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ का ५५ वर्षीय उमर मियाँले आफ्नै ३० वर्षीय छोरा सदरुल मियाँलाई भारतीय अपहरणकारीको जिम्मा लगाएको सनसनीपूर्ण रहस्य खुलेको छ। घटनाको बीभत्स रूपः प्राप्त जानकारी अनुसार, भुटाहाबाट तरकारी किनेर फर्किँदै गर्दा बाबु उमर मियाँले आफ्नै छोरालाई पुल नजिकैबाट अपहरणकारीको समूहलाई सुम्पिएका थिए । अझै डरलाग्दो कुरा त के छ भने, छोरालाई प्रतिकार गर्न नसक्ने गरी बोरामा हालेर प्याक गरिएको अवस्थामा भारततर्फ कटाउन लागिएको थियो। रगतको नातालाई पैसा वा कुनै स्वार्थका लागि ’सुपारी’ दिएर आफ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १९० पटक पढिएको
  • वराहक्षेत्रमा आधारभूत तहका शिक्षकहरूका लागि दुई दिने विषयगत कार्यशाला सुरु

    इटहरी । वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार नगर भित्रका सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षकहरूका लागि दुई दिने विषयगत कार्यशाला आयोजना गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीका अनुसार आधारभूत तह कक्षा १ देखि ८ सम्म अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न विद्यालयहरूको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको हो। बिहीबार र शुक्रबार गरी २ दिन सम्म जारी रहने कार्यशालामा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयका शिक्षकहरू सहभागी छन्। कार्यक्रमलाई व्यवस्थित बनाउन

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १८९ पटक पढिएको
  • धरानको प्राइम भिजन कलेजद्वारा ’हस्पिटालिटी अनवाइन्ड पार्टी’ सम्पन्न

    इटहरी । धरानस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले वैशाख ९ गते ’एम.एच. लाउन्ज एण्ड बार ’ मा पहिलो पटक “हस्पिटालिटी अनवाइन्ड पार्टी” आयोजना गरिएको छ ।  लामो समयको अध्ययन, प्रयोगात्मक कक्षा र परीक्षाको व्यस्त तालिकाबाट विद्यार्थीहरूलाई थकाइ मेटाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लाइभ म्युजिक, स्वादिष्ट परिकार तथा पेय पदार्थका साथै डिजे सेसन, फ्लेयरिङ र मिक्सोलोजी जस्ता हस्पिटालिटी क्षेत्रका आकर्षक कलाहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विविध प्रतिभाहरू प्रस्तुत गर्दै माहोललाई थप उत्साहपूर्ण बनाएका थ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २०५ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीद्वारा सचिवालय कार्यालय सञ्चालन

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर ३ सांसद अशोक कुमार चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्न तथा समाधानको पहल गर्न सचिवालय कार्यालय सञ्चालनमा ल्याउनुभएको छ । सुनसरीको दुहबीमा दुई कोठे भवन भाडामा लिएर सचिवालय कार्यालय सञ्चालन गरिएको हो। बिहीबार रिबन काटेर सांसद चौधरीले कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँका अनुसार जनताका गुनासा, समस्या र सुझाव संकलन गरी समाधानका लागि पहल गर्ने उद्देश्यले कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको हो। सचिवालय मार्फत नागरिकका समस्या व्यवस्थित रूपमा टिपोट गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्ने प्र

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]