इटहरी। धनकुटाका सात स्थानीय तहमा नेपाली काँग्रेसले नगर कमिटी चयन गरेको छ । महालक्ष्मी नगरपालिका बाहेकका ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । महालक्ष्मीमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । पार्टीको महाधिवेशन कार्यतालिकाअनुसार बुधबार र बिहीबार नगरको अधिवेशन गरिएको नेपाली काँग्रेस धनकुटाले जनाएको छ । जस अन्तरगत धनकुटा नगरपालिकामा अमित लो तामाङको सभापतित्वमा नयाँ समिति निर्वाचित भएको छ । त्यस्तै, पाख्रीबास नगरपालिकामा सन्तोष मानन्धर, महालक्ष्मी नगरपालिकामा परिवर्तनराज पौडेलको सभापतित्वमा नयाँ समिति निर्वाचित भएको छ । त्यस्तै, चौबिसे गाउँपालिकामा मणि चेम्जोङ, साँगु
इटहरी। लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर नदी करिडोर क्षेत्रमा पहिरो खस्दा बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो हटाउने काम जारी रहेकाले यातायात सञ्चालनका लागि सडक खुलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।वर्षाका कारण जिल्लाका विभिन्न सडक तथा ग्रामीण क्षेत्रमा पहिरो र सडक अवरोधको जोखिम बढेको छ । तमोर नदी करिडोरअन्तर्गत बहानन्देबाट मित्लुङ हुँदै लेलेपतर्फ जाने सडकमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो । पहिरो पन्छाउँदै सडक खुलाउने र सवारी सञ्चालन गराउने क्रम जारी रहेको जनाइएको छ । यसैबीच खोक्से खोला हुँदै सञ्चालन हुने मेची राजमार्ग खुले पनि सडकखण्डमा
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर कार्यसमितिको सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन्।सभापतिका लागि भएको निर्वाचनमा संग्रौलाले १८४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतले पछि पारे। कन्दङ्वाले १५५ मत प्राप्त गरेपछि संग्रौला बिर्तामोड नगर कांग्रेसको नयाँ सभापतिमा निर्वाचित भएका हुन्। नगर कार्यसमितिको महिला उपसभापतिमा सीतादेवी दाहाल निर्वाचित भएकी छन्। दाहालले १८५ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी सुष्मा भण्डारी पौडेलले १३९ मत प्राप्त गरिन्। खुला उपसभापतिमा रमेश चौधरी निर्वाचित भएका छन्। चौधरीले १२२ मत प्राप्त गर्दा उनका प्रतिस्पर
इटहरी स् एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम आवश्यक स्टिलको अभावमा प्रभावित भएको छ।आयोजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङका लोहन्द्रा र बक्राहा नदीमा ‘स्टिल आर्क’ प्रविधिमा आधारित पुल निर्माण भइरहेको छ। पुल निर्माणमा आवश्यक पर्ने ४२० ग्रेडको गुणस्तरीय स्टिल समयमै आपूर्ति हुन नसक्दा निर्माणको गति प्रभावित भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए। पुल निर्माणका लागि आवश्यक ४२० ग्रेडको स्टिल नेपालमै पर्याप्त मात्रामा उपलब्ध छैन। त्यसैले भारतबाट अर्डर गरेर स्टिल ल्याउनुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ। तातोपानी
इटहरी स् माई नगरपालिका १, बैधारे बस्ने सचिन राईको घरमा आगलागी भएको छ । ढुङ्गा९माटो तथा टिनको छानो भएको दुई तल्ले घरमा विद्युत् सर्ट भइ आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आगलागीबाट घर तथा घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा र नगद रकम लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन्। आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ। मानवीय र चौपाया क्षति नभएको बताइएको छ ।
इटहरी स् वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभर जागै बस्न बाध्य छन् ।बाढीपहिरोले बस्ती नै जोखिममा परेपछि पानी पर्नासाथ घर छाडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था रहेकाले स्थानीयवासीमा त्रास बढेको हो । गत जेठ ८ गते बिहान उक्त क्षेत्रका सयौँ स्थानमा पहिरो झर्नुका साथै अधिकांश खोलाखोल्सीमा बाढी आएको थियो । बाढीपहिरोले ठूलो क्षति पुर्याए पनि अन्यत्र बसाइँ सर्न सक्ने अवस्था नभएपछि स्थानीयवासी जोखिमपूर्ण स्थानमै बस्दै आएका छन् ।बिरुवा टोलमा बसोबास गर्ने साविक च्याङथापू गाविसका अध्यक्ष शङ्कर गुरुङको घर आसपासमा धाँजा फाटेको छ । पहिरोका कारण घर
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये सात वटामा अधिवेशन सम्पन्न भएको छ ।जिल्लाका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकी पाँच स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको नेपाली कांग्रेस सुनसरीले जनाएको छ । अधिवेशन सम्पन्न भएका स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगरपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । धरान उपमहानगरपालिकामा नरेन्द्रकुमार राई ९प्रवीण० को नेतृत्वमा ३७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपसभापतिमा हिमाल श्रेष्ठ, महिला उपसभापतिमा शिला बज्राचार्य, सचिवमा सागर प्रसाईं र कोषाध्यक्षमा शिखा चेम्जोङ लिम्बु चयन
इटहरी। कोशी प्रदेशका सबै जिल्लाका दुर्गम तथा दूरदराजका क्षेत्रमा उपचारका लागि ठुला अस्पतालसम्म पुग्न कठिन हुने क्यान्सरका जटिल बिरामीलाई लक्ष्य गरी घरदैलोबाट विशेषज्ञ परामर्श र ‘प्रसामक तथा हस्पिस केयर’ उपलब्ध गराउन ‘टेलिमेडिसिन’ सेवा सुरु गरिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टु वल्र्ड क्यान्सर कोल्याबरेसन र नेपाल हस्पिस केयर सेन्टरको सहकार्यमा कोशी प्रदेशका सबै जिल्ला समेटेर ‘हब एन्ड स्पोक’ मोडेलमा यो सेवा सञ्चालनमा ल्याइएको हो । यस अन्तर्गत प्रतिष्ठानलाई मुख्य ‘हब’ र प्रदेशका १४ वटै जिल्लाका अस्पताललाई ‘स्पोक’ का रूपमा जोडिएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशे
इटहरी। सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सात दिनसम्म बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गरेको छ। अस्पतालले बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक अवस्थाबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको हो।मौसम विज्ञान विभागले ताप्लेजुङसहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएपछि अस्पतालले सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन बिहीबार चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आकस्मिक बैठक बोलाएर यस्तो निर्णय गरेको अस्पतालका मेडिकल सुपर
इटहरी । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् । देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौँडा जाने फर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.