समाज

    Showing १,७९१-१,८०० of ११,०९७ items.
  • बुढीगंगा गाउँपालिकामा उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने

    मोरङ /  बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने भएको छ।आगामी २०८३ साल असार ५ गतेदेखि सञ्चालन हुने उक्त तालिम बुढीगंगा गाउँपालिका वडा नं. ६ मा आयोजना गरिने आयोजकले जनाएको छ। तालिममार्फत युवायुवती तथा स्थानीय नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप तथा व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।कार्यक्रममा सहभागीहरूलाई उद्घोषण कला, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, समूह व्यवस्थापन, सञ्चार सीप तथा व्यक्तित्व विकाससम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।प्

    • प्रकाशित मितिः असार ३, २०८३
    • २५१ पटक पढिएको
  • युवाको जागरण, सुरक्षित यात्राको अभियान, गछिया युवा समाजको प्रशंसनीय पहल

    इटहरी ।  लागू पदार्थ तथा मदिरा सेवनका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाजको आयोजनामा चालकहरूलाई लक्षित गरी लापसे ९लागूपदार्थ सेवन० तथा मापसे ९मादक पदार्थ सेवन० चेकजाँच तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धताू भन्ने नारासहित आयोजित कार्यक्रममा १०० जनाभन्दा बढी सवारी चालकहरूको लापसे तथा मापसे परीक्षण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी गछिया तथा ट्राफिक प्रहरी पोस्ट गछियाको प्राविधिक सहयोग रहेको

    • प्रकाशित मितिः असार २, २०८३
    • ३६४ पटक पढिएको
  • सिंहदेवी आधारभूत विद्यालयको मुहार फेरिँदै, शैक्षिक गुणस्तर सुधारमा जोड

    इटहरी । इटहरी उपमहानगरपालिका–३ को गैरीटोलस्थित सिंहदेवी आधारभूत विद्यालयको भौतिक तथा शैक्षिक अवस्था पछिल्ला वर्षहरूमा सुधार हुँदै गएको छ।वि।सं। २०४९ सालमा स्थापना भएको विद्यालय सुरुआती चरणमा बाँस र काठको संरचनामा सञ्चालन हुँदै आएको थियो। हाल भने पक्की भवनसहित व्यवस्थित विद्यालयका रूपमा विकास भइरहेको छ। विद्यालयमा हाल ४५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्थापना कालमा विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने गर्दथे। विद्यालयमा २०५५ सालदेखि शिक्षण पेसामा आबद्ध जितबहादुर तामाङ हाल प्रधानाध्यापकको जिम्मेवारीमा छन्। दुई वर्षअघि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका तामाङको नेतृत्व र शिक्षकह

    • प्रकाशित मितिः असार २, २०८३
    • २४० पटक पढिएको
  • झापामा २५ करोडमा बनेको होल्डिङ सेन्टर अब सुधार गृह तथा पुनःस्थापना केन्द्र बन्दै

    इटहरी । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ दुहागढीमा कोभिड–१९ महामारीका बेला २५ करोड रुपियाँ लागतमा निर्माण भई हाल बेवारिसे अवस्थामा रहेको कोशी प्रदेशस्तरीय होल्डिङ सेन्टर अब सुधार गृह तथा पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गरिने भएको छ ।एक हजार जनालाई एकै पटक आवासीय सेवा दिन सक्ने क्षमता रहेको उक्त सेन्टर निर्माण सम्पन्न भएको लामो समयसम्म प्रयोगविहीन बनेको थियो । कोभिड सङ्क्रमित वा शङ्कास्पद व्यक्तिलाई व्यवस्थापन गर्ने उद्देश्यले बनाइएको सेन्टर सञ्चालनको जिम्मेवारी कसले लिने भन्ने अन्योलका कारण प्रयोगमा आउन सकेको थिएन । यो प्रयोगमा आउन नसकेपछि राज्यको करोडौँको लगानी भएको संरचना बेवारिसे भ

    • प्रकाशित मितिः असार २, २०८३
    • २०५ पटक पढिएको
  • पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित कोशी प्रदेशको बजेट कार्यान्वयनमा जोड

    इटहरी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताउनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लिङ्थेपले सुशासन र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनमा कुनै समस्या नआउने बताउनुभएको हो । उहाले निकट भविष्यमा प्रदेश सरकार परिवर्तन हुन सक्ने भएपनि बजेटको कार्यान्वयनलाई कुनै असर नपर्ने समेत बताउनुभयो । लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित र बजेट कार्यान्वयनलाई थप जिम्मेवार र जवाफदेही बनाउन कार्यसम्पादन सम्झौता गरिने भएकाले कार्यान्वयन हुने विश्व

    • प्रकाशित मितिः असार २, २०८३
    • १७३ पटक पढिएको
  • भाडाको संरचना छोडेर आफ्नै सुविधासम्पन्न भवनमा सर्‍यो पाँचथरको फाल्गुनन्द गाउँपालिका

    इटहरी। भाडामा रहेर कार्यसम्पादन गर्दै आएको पाँचथरको फाल्गुनन्द गाउँपालिका अब सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ फाक्तेपमा निर्माण गरिएको नयाँ प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको हो । गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने लामो विवादका कारण पालिकाले हालसम्म घुर्बिसे पञ्चमीस्थित विद्यालय भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गर्दै आएको थियो । केन्द्रको विवाद समाधान भएसँगै निर्माण प्रक्रिया अघि बढाइएको भवन डेढ वर्षको अवधिमा तयार भएपछि प्रशासन आफ्नै संरचनामा सरेको हो । नयाँ भवनमा शाखागत कार्यालयलाई अलग–अलग व्यवस्थापन गरिएको छ । न्यायिक समितिदेखि अध्यक्ष–उपाध्यक्षका क

    • प्रकाशित मितिः असार २, २०८३
    • १९२ पटक पढिएको
  • कोशीमा लागूऔषधविरुद्धको अभियान ,समातिए २२ जना कारोबारी

    इटहरी । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट २२ जना पक्राउ परेका छन् ।पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी कार्यालयबाट परिचालित टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।झापामा वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–६ का देबेन्द्र विकलाई १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ ग

    • प्रकाशित मितिः असार २, २०८३
    • १९४ पटक पढिएको
  • इलामका चिया उद्योगले लिएनन् हरियो चियापत्ती

    इटहरी। बर्सौंयता भारत निर्यात हुँदै आएको नेपाली चिया निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै इलामका ५३ चिया उद्योगले किसानबाट हरियो पत्ती खरिद गर्न छाडेका छन् । गत जेठ ३० गते नै सूचना निकालेर उद्योगले असार १ गतेबाट किसानको हरियो पत्ती नलिने जानकारी गएका थिए ।  यस अनुसार माईखोलावारिका सबै कारखाना बन्द भएका छन् भने माईपारि इलाम नगरपालिका, देउमाई नगरपालिकासहितका १२ वटा उद्योग बन्द भएका छन् । मङ्गलबारदेखि माईपारिका थप १५ उद्योग बन्द हुने बताइएको छ । पछिल्लो समय भारतको टी बोर्डले भारत आयात हुने चियामा कडाइ गर्दै ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर’ लागु गर्दै प्रयोगशाला परीक्षण अनिवार

    • प्रकाशित मितिः असार २, २०८३
    • १४३ पटक पढिएको
  • मोरङ र झापाका पाँच पालिकामा आज सार्वजनिक बिदा

    इटहरी। कोशी प्रदेशको झापा,मोरङ र सुनसरीमा सघन रुपमा बसोबास गर्दै आएका आदिवासी  धिमाल समुदायको सबैभन्दा ठूलो पर्व जात्रि९सिरिजात० को अवसरमा मोरङ र झापाका पाँच पालिकाले सार्वजनिक बिदा दिएका छन् ।झापाको दमक ,मोरङका उर्लाबारी ,पथरीशनिश्चरे,बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले असार २ गते सार्वजनिक बिदा दिएका हुन् । धिमाल समुदायले सबैभन्दा ठूलो पर्व जात्रि९सिरिजात० वैशाख २ गते लेटाङ १ राजारानीमा रहेको धिमालडाँडा ग्रामथानमा पुजाआजा गरी सुरु गरेर असार २ गते समापन हुँदै  आएको छ। झापा,मोरङ र सुनसरीका १०४ वटा ग्रामथानमा धिमालहरूले सामुहिक रुपमा दुई महिनासम्म पुजाआजा गर्ने गर्छन् । असार २

    • प्रकाशित मितिः असार २, २०८३
    • १४९ पटक पढिएको
  • धनकुटाको स्कुलडाँडामा दुई मोटरसाइकल ठोक्किँदा झुम्काका विशाल चौधरीको मृत्यु, एक घाइते

    इटहरी । धनकुटाको धनकुटा नगरपालिका –४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा सोमबार बिहान दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका –९ झुम्का घर भइ हाल धनकुटा नगरपालिका –७ सब्जीलाइन बस्दै आउनुभएका ५५ वर्षीय विशाल चौधरी रहनुभएको छ । जिल्ला अस्पताल धनकुटामा बिहान ९ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परेर धनकुटा नगरपालिका –१ हिलेका ३२ वर्षीय श्याम तामाङ घाइते हुनु भएको छ । घाइते तामाङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करि

    • प्रकाशित मितिः असार २, २०८३
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]