समाज

    Showing १,५६१-१,५७० of ११,०९७ items.
  • भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा

    इटहरी।  भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा पुगेको छ । कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकमध्ये १४ किमी कालोपत्र सम्पन्न हो । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार यो सडकको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको छ । विसं २०७७ मा रु ५१ करोड ६२ लाख लागतमा सम्झौता भएर कालोपत्र थालिएको हो । अस्फाल्ट प्रविधिको प्रयोग गरी प्राविधिक मापदण्डअनुसार सडक कालोपत्र भइरहेको छ । गुणस्तरीय निर्माणका लागि नियमित प्राविधिक अनुगमन भइरहेको कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्

    • प्रकाशित मितिः असार २४, २०८३
    • १४७ पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका–५ मा अवस्थित लब्रेकुटी धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा स्थापित हुँदै

    इटहरी । पाँचथरको फिदिम नगरपालिका–५ मा अवस्थित लब्रेकुटी धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यको सङ्गमका रूपमा स्थापित हुँदै गएको छ । नेपालका १६औँ राष्ट्रिय विभूति तथा किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको कर्मभूमिका रूपमा परिचित यो क्षेत्र पछिल्ला वर्षमा धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास हुन थालेको हो । समुद्री सतहबाट करिब दुई हजार ४४० मिटर उचाइमा रहेको लब्रेकुटीबाट कुम्भकर्ण ९फक्ताङलुङ० र कञ्चनजङ्घा हिमशृङ्खलासहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र सङ्खुवासभाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सल्ला, गुराँस र अन्य वनस्पतिले ढाकिएको यो क्षेत्र प्राकृतिक शान्ति र आध्यात्म

    • प्रकाशित मितिः असार २४, २०८३
    • ११६ पटक पढिएको
  • धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

    इटहरी ।  इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाउनुभएको छ । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गर्नुभएका उहाँले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गर्नुभएको हो । अलैँची बेचेर उहाँले वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । यस वर्ष मात्र उहाँले अलैँची बेचेर रु १७ लाख हात पार्नुभयो । प्रतिमन ९४० किलो० रु एक लाखका दरले अलैँची बेच्नुभएको उहाँले बताउनुभयो । उहाँले जिर्मले जातको अलैँचीखेती गर्दै आउनुभएको छ । पछिल्लो वर्ष व्यावसायिक अलैँचीखेतीमा लाग्नुभएका उहाँले अलैँचीको बजार राम्रो भएकाले विदेश जान छाडेर व्यावसायिक अलैँचीखेतीमा जुटेको

    • प्रकाशित मितिः असार २४, २०८३
    • १२८ पटक पढिएको
  • अभिषेक गिरीमाथि ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान

    इटहरी । निर्माण व्यवसायीसँग ठेक्का पारिदिने भन्दै आर्थिक लाभ लिएको, सवारीसाधन कब्जामा लिएको तथा जग्गा राजीनामा पास गराएको आरोपमा विराटनगरका अभिषेक गिरीमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको छ।प्रहरीका अनुसार निर्माण व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि गिरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। जाहेरीअनुसार गिरीले विभिन्न व्यक्तिसँग पहुँच रहेको भन्दै आयोजना सम्बन्धी ठेक्का पारिदिने विश्वास दिलाएका थिए। उनले आफ्नो आर।सी। सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रा।लि।मार्फत ठेक्काको काम नियमानुसार सम्पन्न गरिदिने आश

    • प्रकाशित मितिः असार २३, २०८३
    • २१३ पटक पढिएको
  • पाँचथरको फाल्गुनन्द गाउँपालिका द्धारा ग्रामीण क्षेत्रका कच्ची सडकमा अधिक भार क्षमताका ढुवानी साधन सञ्चालनमा रोक

    इटहरी । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ग्रामीण क्षेत्रका कच्ची सडकमा अधिक भार क्षमताका ढुवानी साधन सञ्चालनमा रोक लगाएको छ ।गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वर्षाका बेला सडक क्षतिग्रस्त भई एम्बुलेन्स, उद्धार तथा अन्य साना सवारीसमेत सञ्चालन गर्न कठिनाइ उत्पन्न हुन थालेपछि यस्तो निर्णय गरेको जनाएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णयअनुसार असार १० गतेदेखि गाउँपालिकाको मुख्य सडकअन्तर्गत गुम्बाडाँडा–पात्लेभञ्ज्याङ, मायालुमोड–घुबिसे–पञ्चमी, उत्तरे–मेहेलबोटे, पुरानो पञ्चमी–बरडाँडा–गेलीभञ्ज्याङ कृषि सडकबाहेकका अन्य सडकमा अर्को निर्णय नभएसम्म ढुङ्गा, गिट्टी, बालुवा लगायतका सामग्री ओसारपसार गर्

    • प्रकाशित मितिः असार २३, २०८३
    • २११ पटक पढिएको
  • इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

    इटहरी । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदै भाषिक समावेशीकरणको अभ्यासलाई तीव्रता दिएका छन् । यसै क्रममा जिल्लाको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ भने माङसेबुङ गाउँपालिकाले लिम्बू भाषापछि अब वान्तवा भाषालाई पनि सरकारी मान्यता दिने निर्णय गरेको छ ।स्थानीय बासिन्दाको पहिचान र मातृभाषाको सम्मान गर्दै यी पालिकाहरूले आफ्ना नीति तथा कार्यक्रममार्फत ऐतिहासिक कदम चालेका हुन् ।चुलाचुली गाँउपालिकाले गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गर्

    • प्रकाशित मितिः असार २३, २०८३
    • २०९ पटक पढिएको
  • बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउँदै गर्दा तीन तलाबाट खसेर मजदुरको मृत्यु

    इटहरी । बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउने क्रममा तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ।मोरङको सुन्दरहरैंचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा सोमबार बिहान करिब ९ः४० बजे बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका थिए। सोही क्रममा सन्तुलन गुमाउँदा उनी तल खसेका थिए।प्रहरीका अनुसार थापा सीधै भुइँमा खस्नुअघि भवनको बीच भागमा रहेको फलामे ग्रिलमा ठोक्किएका थिए। दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो। घटनालगत्तै सहकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएको थियो। उपचार

    • प्रकाशित मितिः असार २३, २०८३
    • २६२ पटक पढिएको
  • सुरक्षित र व्यवस्थित इटहरी’ का लागि पालिकाले पूर्वाधार बनाउनुपर्नेमा सुरक्षा निकायहरुको जोड

    इटहरी । इटहरीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि पालिकाले आधार तयार पार्नुपर्नेमा सुरक्षा निकायहरुले जोड दिएका छन् । उनीहरुले आफूहरुले आफ्नो काम गरिरहेको तर पुर्वाधार र स्थानीय पालिकाको तदारुकता अभाव रहेको बताएका छन् । सडक सुरक्षा, विपद् न्यूनीकरण तथा शान्ति सुरक्षासम्बन्धी योजना र चुनौतीबारे इटहरीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी प्रमुखहरुले बजेट तथा स्रोत साधनको सिमितता र पालिकाले गर्नुपर्ने कामहरु समयमा नहुँदा इटहरीलाई व्यवस्थित र सुरक्षित बनाउन अवरोध सृजना भइरहेको बताएका छन् । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि र विराट टेलिभिजनको

    • प्रकाशित मितिः असार २३, २०८३
    • ४२७ पटक पढिएको
  • विश्व आदर्शमा ट्रेसल रेस प्रतियोगिता सम्पन्न

    इटहरी । स्काउटका विद्यार्थीहरूको शारीरिक, बौद्धिक तथा व्यक्तिगत क्षमता विकास गर्ने उद्देश्यका साथ इटहरी युथ ओपन क्र्यु र विश्व आदर्श स्काउट ट्रुपको संयुक्त आयोजनामा असार २० गते शनिबार विश्व आदर्श विद्यालय, इटहरी–४ को प्राङ्गणमा ’ट्रेसल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । विश्व आदर्श विद्यालयका सहायक प्रिन्सिपल मोहन प्रसाद निरौलाको सभापतित्व तथा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य सुदर्शन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकद्वय प्रदीप कुमार विश्वास र दिवस राजवंशी, तथा बराहक्षेत्र स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराईको विशेष आतिथ्यता

    • प्रकाशित मितिः असार २३, २०८३
    • १७५ पटक पढिएको
  • लालीगुराँसमा ३ हजार लिटर क्षमताको दुग्ध चिस्यान केन्द्र सञ्चालन, दुग्ध उत्पादनमा नयाँ उत्साह

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, डाँडाखर्कस्थित   लालीगुराँस दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले ३ हजार लिटर क्षमताको दुग्ध चिस्यान (चिलिङ भ्याट) मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ । लालीगुराँस नगरपालिका, प्रदेश सरकार र सहकारी संस्थाको साझेदारीमा खरिद गरिएको उक्त चिलिङ भ्याट मेसिनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख माबोहाङले दुग्ध उत्पादन तथा बजारीकरणलाई व्यवस्थित बनाउन चिस्यान केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय कृषकलाई व्यावसायिक पशुपालन तर्फ थप प्रोत्साहन गर्दै उ

    • प्रकाशित मितिः असार २३, २०८३
    • १७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]