समाज

    Showing १,३४१-१,३५० of ११,०९६ items.
  • विद्यालयमा शिक्षिकाको शव फेला, श्रीमान सम्पर्कविहीन

    इटहरी । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।उहाँ आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनुभएको थियो । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुनुहुन्छ र श्रीमान्÷श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।  विद्यालयका प्रधा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १८६ पटक पढिएको
  • बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिंगा’ सार्वजनिक

    सुबास घिमिरे /काठमाडौं। स्वस्थ जीवनशैली र प्राकृतिक खाद्यवस्तुप्रति नागरिकको आकर्षण बढिरहेका बेला बराह एग्रो फुड्सले शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरिएको ‘बराह मोरिंगा’ बजारमा ल्याएको छ। सजिवन तथा शितलचिनीका नामले समेत चिनिने मोरिंगा शरीरलाई आवश्यक पोषक तत्त्व प्रदान गर्न उपयोगी मानिन्छ।राजधानीमा शनिबार आयोजित कार्यक्रममा महिला आर्थिक सशक्तीकरणकी अगुवा तथा पूर्वमन्त्री भगवती चौधरीले ‘बराह मोरिंगा’को औपचारिक रूपमा सार्वजनिक गरिन्। उत्पादन सार्वजनिक गर्दै चौधरीले शुद्ध र प्राकृतिक खाद्यवस्तुको उत्पादन तथा उपभोगले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन्।सुनसरीको बरा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ५७४ पटक पढिएको
  • रोट्र्याक्ट क्लब अफ धरान घोपाको पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

    धरान । रोट्र्याक्ट क्लब अफ धरान घोपाले मिति २०८३ साउन १० गते (२६ जुलाई २०२६) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) को अडिटोरियम हलमा रोटा वर्ष २०२५/२६ को समापन तथा रोटा वर्ष २०२६/२७ को शुभारम्भको अवसरमा पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा निवर्तमान नेतृत्वबाट नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो।कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि पूर्व उपकुलपति रोटेरियन प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ, रोटेरियन प्रा. डा. चन्द्रशेखर अग्रवाल, रोटेरियन रोट्र्याक्टर प्रेम पा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ३८४ पटक पढिएको
  • धनकुटाको भेडेटारमा निर्माण गरिएको स्काइ वाकको दोस्रो वार्षिकउत्सव मनाइयो

    इटहरी । वन्डर्स ग्रुपको लगानीमा धनकुटाको भेडेटारमा निर्माण गरिएको स्काइ वाकको दोस्रो वार्षिकउत्सव मनाइएको छ ।  सोमबार एक कार्यक्रमको आयोजनागरी स्काइवाकको दोस्रो वार्षिक उत्सव मनाइएको हो । २०८१ साउन ११ गतेबाट सञ्चालनमा आएको स्काई वाकले जुन लक्ष्य राखेर स्काइवाक निर्माण गरिएको थियो त्यो लक्ष्य प्राप्त भएको बताएको छ । भेडेटार पूर्वको पर्यटकीय केन्द्र भएपनि यहाँको पर्यटनलाई थप बढाउन साहसिक गतिविधि गर्न पाउने अवसर उपलब्ध गराउने उद्देश्यले स्काइवाक सञ्चालनमा ल्याएको वन्डर्स ग्रुपले जनाएको छ । सरकारी क्षेत्रबाट नगरेपनि निजी क्षेत्रबाट जुन लक्ष्यका साथ दुई वर्ष अगाडि स्काइवाक निर्माण गरेको त्यो प

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १४० पटक पढिएको
  • ओखलढुङ्गाको सिद्धिचरण नगरपालिमा विविद्युत् सर्ट भएर आगलागी , १५ पशु चौपाया मरे

    इटहरी। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –२ खनियाखर्कमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा १५ वटा पशुचौपाया मरेका छन् भने एउटा भैंसी घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार आइतबार राति करिब १० बजे स्थानीय बालकुमार सन्यासीको ढुङ्गा–माटोको गारो र जस्ताको छानो भएको एक तले मतान घरमा विद्युत् सर्ट भइ आगलागी भएको हो । आगलागीबाट मतान घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री जलेर नष्ट भएका छन् । त्यस्तै, मतानमा बाँधिएका एउटा खसी, चारवटा बोका, दुई वटा पाठी र आठवटा बाख्रा गरी १५ वटा पशु चौप

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १७९ पटक पढिएको
  • कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले निष्पक्ष छानबिन, कानुनी प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको हो। बैठकले कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १७२ पटक पढिएको
  • सुनसरी झडपः उपचारका क्रममा थप एकको मृत्यु, मृतक संख्या दुई पुग्यो; सेना परिचालन

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार घाइते ओमप्रकाश मेहताको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि सोमबार बिहान पनि अर्का एक घाइतेको मृत्यु भएको थियो। मृतक दुवै जनाको नाम ओमप्रकाश मेहता रहेको अध्यक्षले जानकारी दिनुभयो । स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा ९ जना सर्वसाधारण घाइते भएका थिए। झडपमा करिब १५ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन्। घाइतेहरूको स

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १८५ पटक पढिएको
  • इटहरीमा १ करोड ७२ लाखको लागतमा निर्मित ‘लायन्स माया घर’ भवन हस्तान्तरण

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २, आयुर्वेदिक टोलस्थित ‘माया घर नेपाल’को नवनिर्मित ३ तले पक्की भवनको सोमबार एक विशेष समारोहका बिच औपचारिक समुद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ।सडक मानव, असहाय, मानसिक स्वास्थ्य समस्या भएका तथा बेवारिसे व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पुनस्र्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको माया घर नेपाल केन्द्रीय कार्यालय इटहरीको प्राङगणमा नव निर्मित भवनको उदघाटन र हस्तान्तरण एकै साथ सम्पन्न भएको हो ।  लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन एलसिआइएफको वित्तीय सहयोग तथा स्थानीय लायन्स क्लबहरूको पहलमा निर्माण सम्पन्न भएको ‘लायन्स माया घर’ भवन

    • प्रकाशित मितिः साउन ११, २०८३
    • २७८ पटक पढिएको
  • सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन भएपछि सेना परिचालन

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको छ।आइतबार राति दुई समूहबिचको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागी एक २४ वर्षीय युवकको मृत्यु र नौ जना घाइते भएपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।कर्फ्युका बाबजुद सोमबार बिहान करिब हजारौँको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रदर्शनकारीले कप्तानगन्ज क्षेत्रमा पाँचवटा पसलमा

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १२५ पटक पढिएको
  • तरहरामा ५० हजार पुरस्कार राशिको ‘तरहरा कप २०८३’ फुटबल प्रतियोगिता हुने

    इटहरी । तरहराको युनाइटेड क्लब अफ तरहराले ‘तरहरा कप २०८३’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बुद्धचोकस्थित बहुभाषी खेलमैदान, तरहरामा साउन १७ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका खेलहरू दैनिक दिउँसो ३ बजेदेखि सुरु हुनेछन्।प्रतियोगितामा पूर्वाञ्चल युनाइटेड क्लब ९मोरङ०, मधेशा फुटबल क्लब ९इनरुवा०, शुभ बिहानी क्लब ९रामधुनी०, युनाइटेड क्लब अफ तरहरा ‘ए’, शान्तिनगर एफसी ९इटहरी०, सतिसाले स्पोर्ट्

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]