इटहरी स् झापामा गएराति हावाहुरी र वर्षासँगै आएको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर एक जनाको मृत्यु भएको छ।कनकाई नगरपालिका–८ मा बस्दै आएका सोमनाथ अधिकारीको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो। अधिकारीको स्थायी घर बाह्रदशी गाउँपालिका–६, कुमालगाउँ रहेको बताइएको छ।यसैबीच, गएराति आएको हावाहुरी र भारी वर्षाका कारण झापाका विभिन्न स्थानमा विद्युत् सेवा प्रभावित भएको छ। चारपाने चोकको दक्षिणपट्टि हावाहुरीका कारण विद्युत्को पोलसमेत ढलेको छ। अनारमनी वितरण केन्द्रका अनुसार सुरुङ्गा, धुलाबारी र शनिश्चरे फिडरमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो। केही
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिना दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ ।गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब रु दुई करोड मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो । जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि चेक जाँच गर्ने क्रममा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच
इटहरी। गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म ‘दुहुना गाई’ वितरण गरेको छ । नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।गाई दिएर मात्रै परिवारलाई गाउँमा टिकाउन नसकिने निष्कर्षमा पुगेपछि गाउँपालिकाले अब आफ्नो रणनीति फेर्ने भएको छ । ‘दुहुना गाई’ कार्यक्रम हटाएर बसाइँसराइ गरेर आउने परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरिएको छ । आर्थिक वर्ष २०७७र७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रमअन्तर्गत पाँच वर्षमा ५० परिवारले लैनो गाई पाएका छन् । पहिलो वर्ष
इटहरी : १४ वर्षमुनिका बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सञ्चालन गरिरहेको रोटरी क्लब अफ इटहरीले बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका विद्यार्थीको आँखा परीक्षण गरेको छ ।विद्यालयका कुल २९२ जना विद्यार्थीको आँखा परीक्षण गर्दा ११ प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले जानकारी दिए । परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका बालबालिकाको आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिने अध्यक्ष धमलाले बताए ।रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको नियमित आँखा परीक्षण तथा उपचार अभि
इटहरी स् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट बेवारिसे अवस्थामा रहेका एक सडक मानवको उद्धार गरिएको छ ।मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो । वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा श्रेष्ठको उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए । श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल इटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, वडा अध्यक्ष ध्रुवविक्रम
इटहरी। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलामा कुकुरको आतङ्क बढेको छ । कुकुरले सर्वसाधारण किसानले पालेका पशुपन्छीमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।फुङ्लिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई ९योगेश० का अनुसार पछिल्लो एक सातायता कुकुरले पशुपन्छीमाथि आक्रमण गर्दै आएका छन् । घरपालुवा तथा सामुदायिक ९भुस्याहा० कुकुरले निरन्तर आतङ्क मच्चाएपछि स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार कुकुरले किसानका घरगोठमै पुगेर पशुपन्छीमाथि आक्रमण गर्ने र मारेर खाने गरेका छन् । बुधबार राति फावाखोला तेम्बेवाका स्थानीय दिलबहादुर इजमले पालेको एउटा बाख्रा कुकुरले
इटहरी। रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो जनधनको क्षति पु(याएपछि सप्तकोशी नदीआसपासका बासिन्दामा बाढीको त्रास बढेको छ । हिमाली क्षेत्रबाट बगेर आउने सप्तकोशी नदीमा कुनैबेला भोटेकोशीमा जस्तै विनाशकारी बाढी आउन सक्ने चिन्ताले सप्तकोशी किनारका बासिन्दालाई पिरोल्न थालेको छ । सप्तकोशी नदीसँगै जोडिएका बस्तीमा बर्सौंदेखि बसोबास गर्दै आएका स्थानीयले भोटेकोशी बाढीको दृश्यले झस्काएको स्थानीय ५५ वर्षीय श्याम चन्द्रवंशीले बताउनुभयो । नदीको बदलिँदो स्वरूप, बर्सौँदेखि थुप्रिँदै आएको बालुवा र गेग्य्रान तथा दशकौँ पुरानो पूर्वी तटबन्धको अवस्थाले चिन्ता बढाएको उहाँको भनाइ छ । वराहक्षेत्र नगरपालिका–६ का ५८ व
इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष सजिवन राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी दिइएको हो। इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवद्र्धन तथा विकाससँगै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा हुने प्रतियोगिता असोज १ गते बिहीबारद
इटहरी। धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित मुगामा प्रदेश सरकारको लगानीमा पर्यटकीय जलदेवी सिमसार पार्क निर्माण गरिएको छ । तर उक्त पार्क आवश्यक प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा परेको छ ।धार्मिक तथा पर्यटकीय स्थलसमेत रहेको उक्त जलदेवी पार्क संरक्षण तथा निर्माणका लागि कोशी प्रदेश सरकारले ७ करोड बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटसँगै जलदेवी सिमसार पार्कमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ४४ लाख ३२ हजारमा पार्कको काम सम्पन्न गरेको हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको पार्कसँगै धार्मिक तथा आस्थाको केन्द्र जलदेवी मन्दिरसमेत रहेको छ ।आधुनिक संरचना
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।आरक्ष कार्यालयको अभिलेखअनुसार आर्थिक वर्ष २०८२र०८३ मा आन्तरिक तथा बाह्य पर्यटकगरी १२ हजार ८८३ जना पर्यटकले आरक्षको भ्रमण गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनदेखि असारसम्म नेपाली र विदेशी पर्यटकहरुले आरक्षको भ्रमण गरेका छन् । आरक्ष कार्यालयको अभिलेखअनुसार साउनदेखि असार महिनासम्म नेपाली, सार्क राष्ट्रका र विदेशी पर्यटकले आरक्षको भ्रमण गरेको बताइएको छ ।आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र०८३ मा विभिन्न शीर्षकबाट ४३ लाख ९६ हजार ६५ रुपैयाँ ११ पैसा राजस्व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.