समाचार

    Showing २,८६१-२,८७० of १३,३९० items.
  • फुजिसान बोर्डिङ स्कूलमा नृत्य प्रतियोगिताको भव्य आयोजना

    इटहरी । फुजिसान सागरमाथा बोर्डिङ स्कूलले हालै आफ्नो वार्षिक डान्सिङ शो, सिजन ३ (२०८२) आयोजना गरेको छ । प्रतियोगितामा जूनियर (कक्षा १–५) र सिनियर (कक्षा ६–९) दुई वर्गमा प्रतिस्पर्धा भएको थियो । जूनियर तर्फको विजेता अनुश्का श्रेष्ठ बन्न सफल हुँदा प्रथम रनर–अप दिव्या  मगर र दोस्रो रनर–अप एन्जेल लामगदे भएका छन् । त्यस्तै सिनियर तर्फको विजेता नाम्साङ राई बन्दा प्रथम रनर–अप आदित्य क्षेत्री र दोस्रो रनर–अप ऋतिका गिरी बनेका छन्। विजेताले पुरस्कार स्वरूप प्रमाणपत्र प्राप्त गरेका थिए । कार्यक्रममा अतिथि गायक रेमन पुवास मगर, निर्णायकमा सनीश राई र युना सामल मगरको उपस्थिति रहेको थियो । विद्यालयका अध्य

    • प्रकाशित मितिः चैत १, २०८२
    • ४०३ पटक पढिएको
  • तेस्रो सुनसरी–मोरङ अन्तरविद्यालय स्तरीय तेक्वन्दो प्रतियोगिता सम्पन्न

    इटहरी । सरस्वती तेक्वन्दो डोजाङको आयोजनामा तेस्रो सुनसरी–मोरङ अन्तरविद्यालय स्तरीय तेक्वन्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कबिर तेक्वन्दो डोजाङ, प्रथमः कबिर तेक्वन्दो डोजाङ दोस्रो र ब्लेस तेक्वन्दो डोजाङ सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका १८ वटा विद्यालयबाट १ सय ५० भन्दा बढी खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगिताको विजेताहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सरस्वती तेक्वन्दो डोजाङका डोजाङ प्रमुख विष्णु श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष तेज नारायण चौधरी उपस्थित हु

    • प्रकाशित मितिः चैत १, २०८२
    • १८२ पटक पढिएको
  • इटहरीमा चिजन्स प्यालेस स्कुलको ९ औं Parents’ Day भव्य रूपमा सम्पन्न

    इटहरी । इटहरी उपमहानगरपालिका–९ स्थितचिजन्स प्यालेस स्कुलले आफ्नो  ९ औं Parents’ Day – भव्य तथा आकर्षक रूपमा सम्पन्न गरेको छ। फागन३० गते शनिबार** आयोजित उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयरज्यूको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख श्री रमेश कुमार शाह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने इटहरी–९ का वडा अध्यक्ष जितेन्द्र थापा लगायत विभिन्न क्षेत्रका अतिथि, अभिभावक तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले महिलाहरूले चाहेमा जीवन

    • प्रकाशित मितिः चैत १, २०८२
    • ५२६ पटक पढिएको
  • इटहरीमा “सबल नेतृत्व, सक्षम युवा” विषयक नेतृत्व विकास कार्यक्रम सम्पन्न

    इटहरी | रोट्रयाक क्लब अफ इटहरीले युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “सबल नेतृत्व, सक्षम युवा” शीर्षकमा नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ ।शनिबार इटहरीस्थित होटल इन्टुरिस्टमा आयोजित उक्त कार्यक्रम रोट्रयाक सुनसरी फिमेल लिडिङ क्लब, लियो क्लब अफ इटहरी पाथिभरा तथा लेडिज अफ लिबर्टि अलायन्स (लोला) इटहरी च्याप्टर लगायत विभिन्न संस्थाहरूको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा प्रशिक्षकका रूपमा धिरज भटराईले प्रशिक्षण दिनुभएको  थियो । भट्टराई रोट्राक डिस्ट्रिक ३२९२ का डिस्ट्रिक्ट को–अर्डिनेटर, सामी, मेन्टर तथा प्रेरणादायी वक्ता र सक्रिय युवा नेतृत्वका रूपमा परिचित हुनुहुन्छ

    • प्रकाशित मितिः चैत १, २०८२
    • ३८१ पटक पढिएको
  • विराटनगरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    इटहरी । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति भारतिय नम्बर प्लेट (विआर ३८ एपी ४२८२) नम्बरको मोटरसाइकल अनियन्त्रित भई को २ स १६२ नम्बरको कवाडी बोकेको ईभी लोडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१८ बस्ने ३० वर्षीय अजय मण्डल गम्भीर घाइते हुनुभएको थियो । मोरङ प्रहरीले दिएको जानकारी अनुसार दाहिने हात र दाहिने खुट्टा भाँचिएको अवस्थामा प्रहरी टोलीले उद्धार गरी तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि लगेको थियो । प्रारम्भिक उपचारपछि थप उ

    • प्रकाशित मितिः चैत १, २०८२
    • १७९ पटक पढिएको
  • सुनसरीमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

    इटहरी ।  सुनसरीमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बिहान सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर २० तरहराबाट झापा कन्काई नगरपालिका वडा नं। ४ का ३० वर्षीय भिमबहादुर तामाङलाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । तरहरास्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा झापा कन्काई नगरपालिका वडा नं।४ का तामाङलाई लागू औषध ब्राउन सुगर १।१६ ग्राम फेला पारेकाले पक्राउ गरेको जनाएको छ । लागू औषध सहित तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • २११ पटक पढिएको
  • स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप , उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

    इटहरी । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा शनिबारदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।इटहरी वडा नं। ५ मा रहेको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा जलथल फुटबल क्लब हल्दिबारी, झापालाई हराउँदै केराबारी फुटबल क्लब विजयी भएको हो । खेलमा केराबारीले ३–० गोल अन्तरले जलथल क्लब झापालाई हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।केराबारीका तर्फबाट खेलको पहिलो हाफको १३ मिनेटमा ओसिन राईले पहिलो गोल गरे । खेलको दोस्रो हाफको ११ मिनेटमा भूवन बस्नेत र ३९ औं मिनेटमा अनिल परियारले गोल ग

    • प्रकाशित मितिः चैत १, २०८२
    • २०८ पटक पढिएको
  • भेडेटार–राजारानी सडकमा सुख्खा पहिरो, ४८ घण्टादेखि यातायात अवरुद्ध

    इटहरी । निर्माणधीन भेडेटार(राजारानी(रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको छ । निर्माणाधीन सडकमा शुक्रबार देखि माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछी सडक अवरुद्ध भएको बताउँनुभयो ।  उहाँका अनुसार जेसीविको सहायताले सडक खुलाउने काम भई रहेको छ । निर्माणधीन सडकको कटिङको काम भइरहेको र माथिबाट झरेको सुख्खा पहिरोले सडक अवरुद्व भएपछि सो स्थानको करिब एक सय मिटर क्षेत्रमा पहिरो लगातार झरिरहेको जनाइएक

    • प्रकाशित मितिः चैत १, २०८२
    • १९० पटक पढिएको
  • फागुन महिनामा पाथीभरा मुक्कुमलुङमा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    इटहरी ।  पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा  ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । मितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल

    • प्रकाशित मितिः चैत १, २०८२
    • १५५ पटक पढिएको
  • ओखलढुङ्गामा आगलागी ,२० लाख बराबरको क्षति

    इटहरी । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–९ गहतेस्थित पहलमान श्रेष्ठको घरमा शनिबार आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। दिउँसो करिब १स्३० बजे घरसँगै जोडिएको पालीबाट सुरु भएको आगोले ढुङ्गा–माटोले बनेको तीनतले घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागीको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब ४ बजे आगो नियन्त्रणमा लिइएको थियो।आगलागीबाट घरभित्र रहेका सुनचाँदीका गहना, लत्ताकपडा, अन्नपात तथा भाँडाकुँडालगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]