इटहरी । इटहरी उपमहानगरपालिका–९ स्थितचिजन्स प्यालेस स्कुलले आफ्नो ९ औं Parents’ Day – भव्य तथा आकर्षक रूपमा सम्पन्न गरेको छ। फागन३० गते शनिबार** आयोजित उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयरज्यूको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख श्री रमेश कुमार शाह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने इटहरी–९ का वडा अध्यक्ष जितेन्द्र थापा लगायत विभिन्न क्षेत्रका अतिथि, अभिभावक तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले महिलाहरूले चाहेमा जीवनका जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट सफलता हासिल गर्न सक्ने उदाहरणहरू प्रस्तुत गर्दै आजको युगमा महिला, शिक्षक तथा अभिभावकहरूले देश–विदेशमा गरिरहेका महत्वपूर्ण योगदानका बारेमा चर्चा गर्नुभयो। उहाँले धेरै विद्यालयका कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएको अनुभव सुनाउँदै चिजन्स प्यालेस स्कुलले शिक्षा सँगै संस्कार, धर्म, हाम्रो पौराणिक ज्ञान, संस्कृति, भाषा तथा नैतिक मूल्यलाई एउटै समग्र प्याकेजका रूपमा बालबालिकालाई सिकाउने प्रयास गरिरहेको कुरा अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। यस विद्यालयको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको पनि उहाँले व्यक्त गर्नुभयो।
उक्त कार्यक्रम स्कुलका निर्देशक तथा Kindergarten Montessori Childcare Association का अध्यक्ष हरि आचार्यको अध्यक्षतामासम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयकी प्रिन्सिपल श्रीमती ग्रेस आचार्यले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका नानीबाबुहरूले प्रस्तुत गरेका नृत्य, गीत, नाटक, सांस्कृतिक झाँकी तथा लाइभ गायनले उपस्थित अभिभावकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रम सुरु भएदेखि अन्त्यसम्म हल खचाखच भरिएका अभिभावकहरू अत्यन्त उत्साहका साथ प्रत्येक प्रस्तुति हेर्दै “अब के आउला?” भन्ने उत्सुकताका साथ अन्त्यसम्म बसेका दृश्यहरू देखिन्थे।
विशेषगरी बालबालिकाले प्रस्तुत गरेका सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूले शिक्षा मात्र नभई संस्कार, संस्कृति र जीवन उपयोगी सीपसमेत सिकाउने विद्यालयको उद्देश्य स्पष्ट रूपमा झल्काएको देखिन्थ्यो। फरक शैली र फरक ढाँचामा सञ्चालन गरिएको कार्यक्रमले मोन्टेसरीको उपनाम पाएको चिजन्स प्यालेस स्कुल साँच्चै फरक विद्यालय रहेछ भन्ने प्रतिक्रिया धेरै अभिभावकहरूले व्यक्त गरेका थिए।
इटहरी–८ स्थित कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलको व्यवस्थापन टोलीद्वारा सञ्चालित यस विद्यालयले बालबालिकालाई ज्ञानसँगै संस्कार, सृजनशीलता, आत्मविश्वास तथा व्यवहारिक जीवन सीप सिकाउने वातावरण प्रदान गर्दै आएको एक अभिभावकले प्रतिक्रिया दिनुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालयका निर्देशक श्री हरि आचार्यले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै विद्यालयले आगामी दिनहरूमा पनि शिक्षा सँगै संस्कार, संस्कृति र जीवन उपयोगी सीपको विकास गर्ने उद्देश्यका साथ अझ उत्कृष्ट कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै शिक्षा क्षेत्रमै एक उदाहरणीय कार्यक्रमको रूपमा स्थापित भएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।


