समाचार

    Showing २६१-२७० of १३,२५० items.
  • इलाममा पन्ध्रसय किलो गाँजा बरामद

    इटहरी। जिल्ला प्रहरी कार्यालय इलामले गए राति एक हजार पाँचसय चार किलो गाँजा बरामद गरेको छ । मेची राजमार्गको गोलाखर्क भञ्ज्याङमा चेकजाँच गर्ने क्रममा खाली ट्रकको भित्री भागमा छुट्टै फलाम जडान गरी बनाइएको कोठामा ‘प्याकिङ’ गरिएको ४१ बोरामा उक्त गाँजा बरामद गरेको हो । इलामबाट झापातर्फ लाँदैगरेको अवस्थामा बरामद गरिएको इलामका प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो । गाँजा कहाँबाट ल्याएको हो भन्ने कुनै पुष्टि भइनसकेको उहाँको भनाइ छ । गोलाखर्क भञ्ज्याङदेखि मेची राजमार्गको राजदुवालीतर्फ ट्रक लागेपछि प्रहरीले केचना कञ्चनजङ्घा सडकतर्फबाट ट्रक फर्काउन भनेपछि चालकले ट्रक रोकेको र बाहिर जान्छु भनि गएको

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १०७ पटक पढिएको
  • जोखिमयुक्त परिवारलाई सुरक्षित स्थानमा सार्न पत्राचार

    इटहरी । भारी वर्षाको पूर्वानुमानसँगै फिदिम नगरपालिकाले बाढीपहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न वडा कार्यालयलाई पत्राचार गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशको विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ । त्यसलाई ध्यानमा राख्दै नगरपालिकाले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न १४ वटै वडा कार्यालयलाई निर्देशन दिएको हो । प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार जोखिममा रहेका परिवारको स्थानान्तरणको व्यवस्था मिलाउन भनिएको छ । वडाभित्

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १०२ पटक पढिएको
  • घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक

    इटहरी। वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको स्मरण गर्दै २० औँ राष्ट्रिय संरक्षण दिवस मनाइएको छ। दिवसका अवसरमा ताप्लेजुङको फुङलिङ नगरपालिका –४ भिन्तुना डाँडामा रहेका संरक्षणविद्का सालिकमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।  वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा संरक्षणविद्का सालिकमा माल्यार्पण गरिएको मञ्चका अध्यक्ष खड्गविक्रम सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार संरक्षणकर्मीले गरेको योगदानको स्मरण गर्दै प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइए

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ७३ पटक पढिएको
  • झापामा क्षति न्यूनीकरणका लागि पूर्वतयारी तीव्र

    इटहरी। भारी वर्षाको सम्भावनासँगै झापामा बाढी, डुबान तथा अन्य विपद् बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ   मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहदेखि उद्धार सामग्री र सुरक्षाकर्मी परिचालनसम्मको तयारी गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख,

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ११८ पटक पढिएको
  • बुढीगंगामा महिलाका आवश्यकता पहिचान तथा अन्तरक्रिया कार्यक्रम

    मोरङ । बुढीगंगा गाउँपालिका मोरङका वडा नम्बर ५ र ७ मा दलित समुदायका महिलालाई केन्द्रित गरी समूह तथा समिति गठन र अन्तरक्रिया कार्यक्रम गरिएको छ। महिलाका इच्छा, आवश्यकता तथा समस्या पहिचान गर्दै उनीहरूलाई महिला सशक्तीकरण, सीप विकास तथा बचत गर्ने बानीसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।अन्तरक्रियामा सहभागी महिलाहरूले आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बन्न सीपमूलक तालिमको आवश्यकता रहेको बताएका छन्। उनीहरूले पालिकाका केही परिवारमा अझै शौचालयको अभाव रहेको भन्दै त्यस्ता परिवारको पहिचान गरी शौचालय निर्माणमा सहकार्य गर्न पालिकासँग माग गरेका छन्।महिलाहरूले स्थानीयस्तरमै रोजगारी तथा आयआर्जन

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ३११ पटक पढिएको
  • कृषि तथा पशुपन्छी बीमाको प्रभावकारी कार्यान्वयनमा मन्त्री मेहताको जोड

    इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहताले प्राकृतिक विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ। विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले धनकुटाको सुन्तला र झापाको चिया बालीमा भएको जस्तै क्षतिबाट जोगाउन हरेक किसानलाई बीमाको दायरामा ल्याएर लगानी र उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान दिँदा पनि बीमाको दायरा बढ्न नसकेकाले व्यापक प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो। मन्त्र

    • प्रकाशित मितिः असोज ६, २०८३
    • १२६ पटक पढिएको
  • रेडस्टार माविका एनसीसी क्याडेटहरूलाई शुभकामनासहित बिदाइ

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसीसी) ५२औँ ब्याच जुनियर डिभिजनका ३० जना क्याडेटहरूलाई शुभकामना सहित बिदाइ गरेको छ। ७९ दिने संस्थागत तालिम पूरा गरेका क्याडेटहरूलाई असोज ८ गतेदेखि मोरङको याङशिलास्थित एनसीसी पूर्वी तालिम शिक्षालयमा सञ्चालन हुने सामूहिक ‘क्लोज क्याम्प’का लागि बिदाइ गरिएको हो।“अनुशासन नै राष्ट्रसेवाको मूल जग हो“ भन्ने आदर्श वाक्य सहित सञ्चालित तालिमले विद्यार्थीमा नेतृत्व, आत्मविश्वास, आत्मरक्षा र राष्ट्रप्रतिको दायित्व बोध गराउने उद्देश्य राखेको छ। विद्यालयका प्राचार्य टी.एन. तिम्सिनाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अत

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ४६६ पटक पढिएको
  • लागूऔषध दुव्र्यसनविरुद्ध कसेनीमा सचेतना कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ कसेनीमा लागूऔषध दुव्र्यसनविरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्तले लागूऔषध दुव्र्यसन नियन्त्रणमा अभिभावक, परिवार र समाजको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले लागूऔषधको कारोबारमा संलग्न व्यक्तिबारे प्रहरीलाई सूचना दिन तथा अपराध नियन्त्रणमा नागरिकले ‘बर्दीबिनाको प्रहरी’का रूपमा सहयोग गर्न आग्रह गर्नुभयो। दुव्र्यसनमा फसेका व्यक्तिलाई कुटपिट वा यातना नदिई प्रहरीको जिम्मा लगाउन आग्रह गर्दै डीएसपी पन्तले उनीहरूको पुनस्र्थापना र भविष्यमा समाजमा पुनःस्थ

    • प्रकाशित मितिः असोज ६, २०८३
    • १६८ पटक पढिएको
  • धनकुटामा लागुऔषधसहित तीन जना पक्राउ

    इटहरी। धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार शहीदभूमि गाउँपालिका–७ चाम्चास्थित एक घरबाट सोमबार साँझ ट्रामोल र स्पास्पेन प्रो नामक औषधीसहित एक युवक पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले चाम्चास्थित करिब २१ वर्षीय प्रगत राईको घरकोठामा खानतलासी गर्दा ट्रामोल–५० का २९ पत्ता ९२९० क्याप्सुल० र स्पास्पेन प्रो  का २९ पत्ता ९२९० ट्याब्लेट० फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।त्यस्तै, धनकुटा नगरपालिका–९ मुलघाटमा सवारीसाधन चेकजाँचका क्रममा

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ९७ पटक पढिएको
  • आहा तिम्बुङ पोखरी

    इटहरी। ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका–फलैचाको सङ्गमस्थलमा रहेको तिम्बुङ पोखरी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।समुद्र सतहदेखि चार हजार तीन सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीलाई पूर्वको गोसाइँकुण्डका रूपमा समेत चिनिन्छ । पर्यटन व्यवसायी साथै तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईका अनुसार पछिल्ला वर्षमा तिम्बुङ पोखरी पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष मात्रै करिब पाँच हजार पर्यटकले पोखरीको भ्रमण गरेका थिए । तिम्बुङ पोखरीमा ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, झापा तथा भारतको सिक्किमबाट समेत पर्यटक

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]