समाचार

    Showing २११-२२० of १३,२४३ items.
  • इलामको एक घरमा आगलागी

    इटहरी स्  माई नगरपालिका १, बैधारे बस्ने सचिन राईको घरमा आगलागी भएको छ ।  ढुङ्गा९माटो तथा टिनको छानो भएको दुई तल्ले घरमा विद्युत् सर्ट भइ आगलागी भएको हो।  जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आगलागीबाट घर तथा घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा र नगद रकम लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन्। आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ। मानवीय र चौपाया क्षति नभएको बताइएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ४४ पटक पढिएको
  • पाँचथरमा पहिरोको त्रास स् पानी पर्नासाथ रातभर जागै बस्छन् याङवरकका बासिन्दा

    इटहरी स् वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभर जागै बस्न बाध्य छन् ।बाढीपहिरोले बस्ती नै जोखिममा परेपछि पानी पर्नासाथ घर छाडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था रहेकाले स्थानीयवासीमा त्रास बढेको हो । गत जेठ ८ गते बिहान उक्त क्षेत्रका सयौँ स्थानमा पहिरो झर्नुका साथै अधिकांश खोलाखोल्सीमा बाढी आएको थियो । बाढीपहिरोले ठूलो क्षति पुर्‍याए पनि अन्यत्र बसाइँ सर्न सक्ने अवस्था नभएपछि स्थानीयवासी जोखिमपूर्ण स्थानमै बस्दै आएका छन् ।बिरुवा टोलमा बसोबास गर्ने साविक च्याङथापू गाविसका अध्यक्ष शङ्कर गुरुङको घर आसपासमा धाँजा फाटेको छ । पहिरोका कारण घर

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ३९ पटक पढिएको
  • सुनसरी कांग्रेसमा धमाधम नेतृत्व चयन, सात पालिकामा टुंगियो अधिवेशन, बाँकीमा के हुँदैछरु

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये सात वटामा अधिवेशन सम्पन्न भएको छ ।जिल्लाका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकी पाँच स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको नेपाली कांग्रेस सुनसरीले जनाएको छ । अधिवेशन सम्पन्न भएका स्थानीय तहमध्ये धरान र इटहरी उपमहानगरपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । धरान उपमहानगरपालिकामा नरेन्द्रकुमार राई ९प्रवीण० को नेतृत्वमा ३७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपसभापतिमा हिमाल श्रेष्ठ, महिला उपसभापतिमा शिला बज्राचार्य, सचिवमा सागर प्रसाईं र कोषाध्यक्षमा शिखा चेम्जोङ लिम्बु चयन

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७८ पटक पढिएको
  • क्यान्सरका बिरामीलाई ‘टेलिमेडिसिन’ सेवा

    इटहरी। कोशी प्रदेशका सबै जिल्लाका दुर्गम तथा दूरदराजका क्षेत्रमा उपचारका लागि ठुला अस्पतालसम्म पुग्न कठिन हुने क्यान्सरका जटिल बिरामीलाई लक्ष्य गरी घरदैलोबाट विशेषज्ञ परामर्श र ‘प्रसामक तथा हस्पिस केयर’ उपलब्ध गराउन ‘टेलिमेडिसिन’ सेवा सुरु गरिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टु वल्र्ड क्यान्सर कोल्याबरेसन र नेपाल हस्पिस केयर सेन्टरको सहकार्यमा कोशी प्रदेशका सबै जिल्ला समेटेर ‘हब एन्ड स्पोक’ मोडेलमा यो सेवा सञ्चालनमा ल्याइएको हो । यस अन्तर्गत प्रतिष्ठानलाई मुख्य ‘हब’ र प्रदेशका १४ वटै जिल्लाका अस्पताललाई ‘स्पोक’ का रूपमा जोडिएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशे

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ३८ पटक पढिएको
  • ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

    इटहरी। सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सात दिनसम्म बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गरेको छ। अस्पतालले बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक अवस्थाबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको हो।मौसम विज्ञान विभागले ताप्लेजुङसहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएपछि अस्पतालले सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन बिहीबार चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आकस्मिक बैठक बोलाएर यस्तो निर्णय गरेको अस्पतालका मेडिकल सुपर

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ४८ पटक पढिएको
  • काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस

    इटहरी । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् । देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौँडा जाने फर्

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७२ पटक पढिएको
  • सुन्दरदुलारी लायन्स क्लबको अध्यक्षमा महेश चौधरी

    सुन्दरहरैंचा । सुन्दरदुलारी लायन्स क्लबको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमितिको इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महेश चौधरीले क्लब प्रेसिडेन्टको जिम्मेवारी सम्हाल्नुभएको छ। कार्यक्रममा प्रथम महिला सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको समेत उपस्थिति रहेको थियो।क्लबका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा मोरङ जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल

    • प्रकाशित मितिः असोज ९, २०८३
    • १८६ पटक पढिएको
  • दोभान बजार आगलागीमा आमा छोरा घाइते

    इटहरी । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा आमा छोरा घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा लाक्पाचुङ शेर्पा ९डण्डु० की श्रीमती ४८ वर्षीया दिकी शेर्पा र छोरा २५ वर्षीय फुर्साङ शेर्पा घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी विन्देश्वर यादवका अनुसार आमा छोरा घाइते हुनुभएको छ । घाइते आमा छोराको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । अचानक घरमा आगलागी हुँदा भाग्ने क्रममा उहाँहरु घाइते हुनुभएको बताइएको छ । शेर्पाको घरबाट दिउँसो करिब १ः४० बजेतिर अचानक आगलागी सुर

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ५९ पटक पढिएको
  • भारतको निर्णयले खानेतेलको निर्यात घट्ने चिन्ता

    इटहरी। भारतमा तयारी र कच्चा दुवै प्रकारको खानेतेलको आयात महसुलमा परिवर्तन गरिएको छ । तेस्रो मुलुकबाट कच्चा आयात गरेर प्रशोधनपछि तयारी खानेतेल भारत निर्यात गर्दै आएका नेपाली उद्योगीलाई भारतको यस्तो परिवर्तनले ठुलो असर पार्ने भन्दै चिन्ता गरिएको छ । उद्योगीले नेपालको निर्यातदेखि रोजगारीसम्ममा असर पार्ने चिन्ता गरेका हुन् । कच्चा पदार्थ वा कच्चा तेल आयात गर्दा नेपाल उद्योगीले भन्सार महसुल बुझाउँछन् । त्यो कच्चा प्रशोधन गरेर निर्यात गर्दा पहिले बुझाएको महसुल फिर्ता पाउँदै आएका छन् ।   साफ्टा अन्तर्गत भारतमा तेलको निर्यात शून्य प्रतिशत भन्सार महसुलमा भइरहेको छ । यो सहुलियत पाइरहेका उद्योग

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७२ पटक पढिएको
  • तमोर करिडोर र फिदिम–फालौट सडक अवरुद्ध

    इटहरी । निरन्तरको वर्षापछि आएको पहिरो र बाढीले पाँचथरका मुख्य सडक अवरुद्ध भएका छन्। फिदिम–फालौट सडक बिहीबार साँझदेखि तथा पाँचथर र ताप्लेजुङ हुँदै धरान, विराटनगरसहित तराईका अन्य जिल्लालाई जोड्ने तमोर करिडोर बिहीबार बिहानैदेखि अवरुद्ध भएको हो। फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन, प्राङबुङ हुँदै भारतको पश्चिम बङ्गाल जोड्ने फिदिम–फालौट सडकको फिदिम र फालेलुङ गाउँपालिकाको सीमावर्ती आकाशेभञ्ज्याङनजिक लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको स्थानीय टीका जवेगुले बताउनुभयो। उक्त स्थानमा यस वर्ष पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। केही दिनअघि मात्रै पहिरो पन्छाएर फालेलुङ गाउँपालिकाले सडक सञ्चालन

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]