समाचार

    Showing १,६११-१,६२० of १३,३५१ items.
  • पाँचथर र इलाम जोड्ने ६१ किमि लामो फाल्गुनन्द पदमार्ग निर्माणले लियो गति,फिदिमदेखि सन्दकपुरसम्म पर्यटकीय गन्तव्यहरू जोडिँदै

    इटहरी । कोशी प्रदेशका पाँचथर र इलामका विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्दै पदयात्रामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको फाल्गुनन्द पदमार्ग निर्माणको कामले गति लिएको छ ।  पाँचथरको फिदिमदेखि सुरु भएर इलामका सीमावर्ती विभिन्न स्थान हुँदै भारतसँगको सीमावर्ती तथा पर्यटकीय क्षेत्र सन्दकपुरसम्म जोड्ने उद्देश्यले यो पदमार्ग निर्माण थालिएको हो । समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको फिदिमको शनिबारेस्थित शिवालय मन्दिरबाट सुरु हुने यो पदमार्ग तीन हजार ६३६ मिटर उचाइसम्म पुग्छ । फिदिम नगरपालिका–१ बाट सुरु हुने पदमार्ग फिदिम नगरपालिका–२, ३ र १४ तथा फाल्गुनन्द गाउँपालिका–३ हुँदै इ

    • प्रकाशित मितिः असार १९, २०८३
    • १४१ पटक पढिएको
  • भोजपुरको तामुटारमा ६ करोड ३३ लाखको लागतमा पक्की पुल निर्माण सम्पन्न, षडानन्द र साल्पासिलिछोका स्थानीयलाई आवतजावतमा सहज

    इटहरी।  भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु ६ करोड ३३ लाख लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । पक्की पुल नहुँदा वर्खामा खोलामा बाढी आउँदा  आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामीलाई उपचारका लागि लैजान, गर्भवतीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको थियो । पक्की पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई

    • प्रकाशित मितिः असार १९, २०८३
    • १३७ पटक पढिएको
  • इटहरी वडा नं. ३ मा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    इटहरी — इटहरी उपमहानगरपालिका वडा नं. ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा सञ्चालित एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। तालिमको समापन समारोहमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ३ की महिला वडा सदस्य पवित्रा कोइरालाले गर्नुभएको थियो। समारोहलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले वर्तमान समयमा सीपमूलक तालिमसँगै नेतृत्व विकाससम्बन्धी कार्यक्रमको आवश्यकता बढ्दै गएको बताउनुभयो। उहाँले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै

    • प्रकाशित मितिः असार १८, २०८३
    • १३१ पटक पढिएको
  • विराटनगरको रानी नाकामा ढाट बन्दको विरोधमा स्थानीयको आन्दोलनस् प्रहरीद्वारा लाठीचार्ज, नेपाल–भारत सीमा आवागमन पूर्ण रूपमा ठप्प

    इटहरी। विराटनगर महानगरपालिका–१५ रानीस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको ढाट बन्दको विवादले बिहीबार रानी नाका तनावग्रस्त बनेको छ। ३ नम्बर ढाट पूर्ण रूपमा बन्द गरिएको विरोधमा स्थानीय आन्दोलनमा उत्रिएपछि भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य १ नम्बर ढाटसमेत बन्द गरिँदा नेपाल–भारतबीच मानिस र सवारीसाधनको आवतजावत अवरुद्ध भएको हो।स्थानीयका अनुसार कोरोना महामारीयता ३ नम्बर ढाटमा सवारीसाधन सञ्चालन रोकिएको भए पनि पैदल यात्रुलाई आवतजावत गर्न दिइँदै आएको थियो। तर बिहीबारदेखि फलामको सिक्री लगाएर मानिससमेत हिँड्न नपाउने गरी ढाट बन्द गरिएपछि त्यसको विरोधमा चाइना मार्केटका व्यापारी, स्थानीयवासी तथा स

    • प्रकाशित मितिः असार १८, २०८३
    • २१३ पटक पढिएको
  • कोशी प्रदेश बजेटमा असन्तुलन देखिएपछि सत्ता गठबन्धनमै चर्को असन्तुष्टि,मन्त्री भीम पराजुलीद्वारा चार विकल्प प्रस्ताव

    इटहरी । आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी प्रदेश सरकार पुगेको छ। आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमा गम्भीर कमजोरी रहेको स्वीकार गर्दै सरकारकै नेतृत्व र मन्त्रीहरूले सुधारको संकेत दिएपछि संसद्मा दर्ता भइसकेको बजेट संशोधन गर्ने विषयले राजनीतिक र संवैधानिक बहसको रूप लिएको छ।विपक्षी मात्र होइन, सरकारमै रहेका मन्त्री, सत्तारुढ सांसद र मुख्यमन्त्री स्वयंले बजेट निर्माण प्रक्रियामा कमजोरी भएको स्वीकार गरेपछि बजेट संशोधन सम्भव छ वा छैन भन्ने विषय प्रदेश राजनीतिको केन्द्रमा पुगेको हो। बजेटमा पहुँचका आधारमा सीमित निर्वाचन क्षेत्रमा योजना केन्द्रित गरिएको, मन्त्रालयले सिफारिस गरेका आयोजना हटाइ

    • प्रकाशित मितिः असार १८, २०८३
    • २८० पटक पढिएको
  • आफन्तको घर जाँदै गरेका बिर्तामोड–९ का होम सुवेदी हल्दिबारीमा मृत फेला

    इटहरी। झापाको बिर्तामोड नगरपालिका–९, गरामनीका होम सुवेदी हल्दिबारी गाउँपालिका–२ मा मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान हल्दिबारी गाउँपालिका–२ स्थित शम्भु चोक नजिकको खेतमा उहाँको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। स्थानीयवासीले बिहान हिलाम्मे खेत नजिक एक व्यक्ति घोप्टो परेर लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का उठाई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।प्रहरीका अनुसार सुवेदीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। स्थानीयका अनुसार उहाँ बिर्तामोडबाट हल्दिबारीस्थित आफन

    • प्रकाशित मितिः असार १८, २०८३
    • १३० पटक पढिएको
  • इलामको राजदुवालीमा पहिरोको जोखिम बढेपछि सिमल गोलाई–तिल्केनी सडकबाट यातायात सञ्चालन, जोगमाई र पुवाखोलामा डाइभर्सन बनाउने तयारी

    इटहरी  । बर्सौंदेखि जमिन नै भासिने र बग्ने समस्या हुँदै आएको मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामाथि राजदुवाली–भन्ज्याङ सडकखण्ड यात्रुु र सवारीका लागि अत्यन्तै कष्टकर बनेको छ । पानी पर्नासाथ पहिरोको जोखिम बढेपछि यो खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था छ । राजदुवाली–भन्ज्याङ सडकखण्डको विकल्पमा रहेका सिमल गोलाई–तिल्केनी कच्ची सडक र केचना–कञ्चनजङ्घा सडक पनि अहिलेसम्म सहज सञ्चालनको अवस्था छैन । यता राजदुवाली खण्ड बन्द भएपछि सिमल गोलाई–तिल्केनी सडकलाई नै सञ्चालनमा ल्याइएको छ । यो सडकमा पर्ने जोगमाईखोलामा डाइभर्सन बनाएर यातायातलाई सञ्चालन गरिएको इलामका प्रमुख जिल्ला अधि

    • प्रकाशित मितिः असार १८, २०८३
    • १६८ पटक पढिएको
  • झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा महिनामै दुई पटक चोरी,दानपेटिका फुटाएर नगद र कम्प्युटरसहितका सामग्री गायब

    इटहरी । झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालय असुरक्षित बनेको छ ।पहिलो पटक विद्यालयबाट पानी तान्ने मोटर चोरी भएको थियो । त्यसको केही दिनमै पुनः विद्यालयमा प्रवेश गरी चोरले कम्प्युटर, सिपियू, कक्षाकोठामा प्रयोग हुने स्पिकरलगायतका शैक्षिक सामग्री चोरी गरेको प्रधानाध्यापक बचना राईले जानकारी दिनुभयो ।विद्यालय परिसरमा रहेको दानपेटिका समेत फुटाएर त्यहाँ रहेको नगद पनि चोरी गरिएको छ । विद्यालयका अनुसार अभिभावक तथा विद्यालय भ्रमणमा आउनेहरू स्वेच्छाले सहयोग गर्न सकून् भनेर राखिएको दानपेटिकामा करिब ५ हजार रुपियाँ रहेको थियो ।घटनापछि स्थान

    • प्रकाशित मितिः असार १८, २०८३
    • १३३ पटक पढिएको
  • धनकुटाका ६ स्थानीय तहले बजेट ल्याउँदा छथर जोरपाटीमा भने शिक्षक सरुवा विवादले गाउँसभा नै अन्योलमा

    इटहरी । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसक्दा धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन । गाउँपालिकामा शिक्षक तथा बालविकास सहजकर्ताको सरुवा विवादका कारण बजेट प्रस्तुत गर्ने प्रक्रिया प्रभावित भएको हो ।शिक्षक तथा बालविकास सहजकर्ताको सरुवासम्बन्धी विवाद अदालतसम्म पुगेपछि गाउँपालिकाको प्रशासनिक काम प्रभावित भएको छ । असार १० गते नै बजेट पेस गर्ने तयारी पूरा भइसके पनि शिक्षक सरुवासम्बन्धी मुद्दाको सुनुवाइका लागि गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा र शिक्षा शाखा प्रमुख निर्मला सुवेदी सर्वोच्च अदालत जानुपरेकाले गाउँसभा बस्न नसकेको गा

    • प्रकाशित मितिः असार १८, २०८३
    • २१० पटक पढिएको
  • झापाको कमल गाउँपालिका र दमकमा गाउँमै विशेषज्ञ सेवा, कुष्ठरोग प्रभावितले पाए राहत

    इटहरी । स्वास्थ्य सेवा सहज, सुलभ र गुणस्तरीय बनाउन स्थानीय सरकारले थालेका प्रयासहरू प्रभावकारी बन्दै गएका छन् । यसैको उदाहरणका रूपमा झापाको कमल गाउँपालिका सहित झापामा सञ्चालन गरिएको कुष्ठरोग प्रमाणिकरण कार्यक्रमलाई लिन सकिन्छ ।आर्थिक वर्ष २०८२(०८३ को राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत कमल नगर अस्पतालमा आयोजित कार्यक्रममा उपचाररत कुष्ठरोग प्रभावित व्यक्तिहरूले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त गरेका छन् । छालारोग विशेषज्ञ डा। गुरु पौडेलले बिरामीहरूको स्वास्थ्य परीक्षण, कुष्ठरोग प्रमाणीकरण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो । विशेषज्ञ सेवा लिन टाढा धाउनुपर्ने

    • प्रकाशित मितिः असार १८, २०८३
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]