समाचार

    Showing १,५५१-१,५६० of १२,३८८ items.
  • पारदर्शी र गुणस्तरीय स्वास्थ्य सेवाको योजना

    इटहरी। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वसाधारणका लागि प्रदान गर्दै आएको स्वास्थ्य सेवाको क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने योजना अगाडि सारेको छ । प्रतिष्ठानले १३ बुँदे सुधार योजना अगाडि सार्दै प्रभावकारी कार्यान्वयनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले पारित गरेको शासकीय सुधार कार्यसूची अन्तर्गत प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले प्रतिष्ठानले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको क्षेत्रलाइ थप सुधार गर्न १३ बुँदे योजना पारित गरेको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १४२ पटक पढिएको
  • अर्थमन्त्री वाग्ले विराटनगरका उद्योगीसँग छलफल गर्दै

    इटहरी । सरकारले आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेट निर्माणको तयारी गरिरहेको बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मङ्गलबार विराटनगरका उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरी सुझाव संकलन गर्ने हुनुभएको छ । राजस्व परामर्श समितिको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले विराटनगर आउँदै हुनुहुन्छ । अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक विराटनगरका उद्योगी व्यवसायीहरूसँग औपचारिक छलफल गर्न लाग्नुभएका वाग्लेले विशेषगरी राजस्वको क्षेत्रमा गर्नुपर्ने सुधार र उद्योग तथा व्यापार क्षेत्रमा सरकारले लिनुपर्ने आगामी नीतिका बारेमा सुझाव संकलन गर्नुहुने बताइएको छ । विराटनगरमा क्रिय

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १३९ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन शिलान्यास

    इटहरी ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ। संघीय सरकार र गाउँपालिकाबीच ६०र४० लागत साझेदारीमा निर्माण हुन लागेको उक्त भवनको कुल लागत अनुमान ८ करोड ४५ लाख रुपैयाँ रहेको छ। निर्माण कार्य बिकेश एण्ड आयुष कोसेली जय गोविन्द जेभी निर्माण सेवा ले ५ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी जिम्मा लिएको छ। सम्झौता अनुसार भवन २०८४ साल असोज २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो समयको प्रयास र सकसपछि आफ्नै प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्ल

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २९४ पटक पढिएको
  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ

    इटहरी । भरोसा एजुकेशन कन्सल्टेन्सीले भाषा अध्ययन पूरा गरी जापान जान लागेका विद्यार्थीहरूलाई सम्मानसहित बिदाइ गरेको छ। कन्सल्टेन्सीमार्फत जापानका लागि आवेदन दिएका सबै विद्यार्थीहरूको १०० प्रतिशत भिसा स्वीकृत भएपछि उनीहरूको सफलताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र कन्सल्टेन्सीको प्रभावकारी मार्गदर्शनको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो।कन्सल्टेन्सीका डाइरेक्टर धनबहादुर पुरीले सबै विद्यार्थीको १०० प्रतिशत भिसा सफलता हासिल हुनु कन्सल्टेन्सीको प्रतिबद्धता र गुणस्तरीय सेवाको परिणाम भएको बताए। बिदाइ कार्यक्रममा शिक्षा क्षेत्रका विभिन

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २१२ पटक पढिएको
  • उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउतको प्यानल निर्वाचित

    इटहरी । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट आगामी तीन वर्षका लागि राजेन्द्र राउतको प्यानल निर्वाचित भएको छ ।विराटनगरमा सम्पन्न महासंघको आठौं प्रदेश सभाबाट अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनुभएको हो । राउतले आफ्ना निकटतम प्रतिस्पर्धी नविन रिजालको समूहलाई पछि पार्दै प्यानलसहित विजय हासिल र्नुभएको हो ।निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा राउतले १४२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नविन रिजालले ५८ मत ल्याउनुभएको थियो ।राउतले सबै क्षेत्रगत समूहमा रिजाललाई राम्रो मतान्तरले उछिन्नुभएको थियो । राउतले एशोसिएट तर्फ १०७ मत ल्याउँदा रिजालले

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १५२ पटक पढिएको
  • ३३ प्रतिशतले बढ्यो ताप्लेजुङको हवाई भाडा

    इटहरी। काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३।२६ प्रतिशतले वृद्धि भएको हो ।पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडा दर समेत बढेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार साविकको मूल्यभन्दा काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि तीन हजार ७५ रुपियाँ भाडा वृद्धि भएको छ ।ताप्लेजुङबाट काठमाडौँका लागि १२ हजार १२० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङका लागि १२ हजार ३२०

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १७१ पटक पढिएको
  • मुन्दुम पदमार्ग विकासका लागि मन्त्री भीम पराजुलीलाई टेम्केमैयुङ गाउँपालिकाको मागपत्र

    इटहरी । कोशी प्रदेश सरकारका बन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीलाई टेम्केमैयुङ गाउँपालिकाको तर्फबाट मुन्दुम पदमार्ग सहित विभिन्न विकास सम्बन्धी मागहरू प्रस्तुत गरिएको छ । भोजपुरमा आयोजना गरिएको प्रथम अल्ट्रा ट्रेल रेसको समापन कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री पराजुलीलाई आइतबार गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले आधिकारिक रूपमा मागपत्र हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा मुन्दुम पदमार्ग अन्तर्गत टेम्के क्षेत्रमा रहेको जीर्ण अवस्थामा पुगेको बेस क्याम्पको समेत मन्त्री पराजुलीलाई अवलोकन गराइएको थियो। उक्त बेस क्याम्पको पुनर्निर्माण तथा मर्मतका लागि करिब एक करोड रुपैयाँ बजेट विनियोजन गर्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १६९ पटक पढिएको
  • धरान मन्टेस्वरी एकेडेमीको २१ औं वार्षिकोत्सव तथा १९ औं दिक्षित समारोह

    इटहरी । धरान मन्टेश्वरी एकेडेमीले सोमबार २१ औं वार्षिकोत्सव तथा १९ औं दिक्षित समारोह सुरू भएको छ । धरान मन्टेश्वरी एकेडेमीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यलय धरानका प्रमुख मौसम डुङ्गेलको प्रमुख अतिथिमा कार्यक्रम गरिएको छ । धरानको सैनिक भवनमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका छन् ।  कक्षा ग्पन देखि १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दिक्षित गरिने भएको छ ।विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालका  स्थापना कालमा विभिन्न समस्या झेल्दै आएपनि अभिभावकको साथ र सहयोगले विद्याल

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १२८ पटक पढिएको
  • कोशी प्रदेश आमसञ्चारसम्बन्धी विधेयक आज पारित गरिँदै

    इटहरी। कोशी प्रदेश सभाको सोमबार बस्ने बैठकबाट ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज पारित हुने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार चैत २३ गते दिउँसो १ बजे बस्ने १५ औँ बैठकमा उक्त विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ । त्यसलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ । छलफलको प्रक्रिया सकिएपछि मन्त्री पराजुलीले नै सो विधेयक पा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १४० पटक पढिएको
  • सुकेटारमा तीन सातापछि उडान सुचारु

    इटहरी । मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा अवरुद्ध हुँदै आएको उडान तीन सातापछि सुचारु भएको छ । मौसम अनुकूल भएसँगै सुकेटार विमानस्थलमा सोमबारदेखि उडान सुचारु भएको हो ।ताप्लेजुङको सुकेटारीमा नेपाल वायु सेवा निगमले उडान सञ्चालन गर्दै आएको छ । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सुकेटारमा गत चैत ४ गतेदेखि अवरुद्ध बनेको उडान सोमबारदेखि सुचारु भएको हो । सोमबार काठमाडौँदेखि १३ जना यात्रु बोकेर आएको जहाज यहाँदेखि ११ जना यात्रु लिएर फर्किएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । मौसमले साथ दिएमा अर्थात मौसम बाधक नबनेमा अब तालिकाअनुस

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]