इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आफ्नो गौरवको आयोजना अन्तर्गत वडा नम्बर ६, जरायोटारस्थित खोलिटार–पाल्पाले सडक खण्डको ५५० मिटर भागमा कालोपत्रे गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को विनियोजित १ करोड रुपैयाँको बजेटबाट कुल ३ किलोमिटर लम्बाइ मध्येको यस खण्डलाई पहिलो चरणमा पिच गरिएको हो। बाँकी भागलाई आगामी दिनमा क्रमशः कालोपत्रे गर्दै लगिने पालिकाको योजना छ । गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले पूर्वाधार विकासलाई तीव्रता दिँदै यस सडकलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो। यसैबीच, अनुगमनका क्रममा केही ठाउँमा प्राविधिक त्रुटि देखिएपछि उपाध्यक्ष बि
इटहरी । कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका ११ सय ५७ वडा, १३७ पालिका र १४ वटा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो । कार्यक्रममा संघिय स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चित प्रदेशको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई जनताको आवश्यकता पूरा गर्ने माध्यम बनाउन स्वास्थ्यकर्मीहरुलाई
इटहरी । कोशी प्रदेशमा सन् २०२६ को ६ महिनाको अवधिमा ३ सय ३१ जना मानव अधिकार उल्लंघनका घटनामा पीडित भएको पाइएको छ । मानव अधिकार एलाइन्सको २७ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रम सो तथ्यांक सार्वजनिक गरिएको हो । मावन अधिकार एलाइन्स कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा मानव अधिकारको अवस्था विषयक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा पोख्रेलले महिला अधिकार सम्बन्धी ६१ वटा, बाल अधिकार सम्बन्धी १ सय ११ वटा र नागरिक अधिकार सम्बन्धी १ सय ५९ वटा मानवअधिकार उल्लंघनका घटना भएको जानकारी दिनुभयो।
इटहरी । सशस्त्र प्रहरी बल नेपालका कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजी० गणेश ठाडा मगरले कोशी प्रदेशका सशस्त्र प्रहरी कार्यालय प्रमुखहरूलाई सीमा सुरक्षामा थप कडाइ गर्न, आर्थिक अनुशासन कायम राख्न तथा गैरकानुनी गतिविधिविरुद्ध उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन्।शनिबार सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालयमा आयोजित संयुक्त निर्देशन कार्यक्रममा एआईजी मगरले कोशी प्रदेशअन्तर्गत रहेका ४२ वटा सशस्त्र प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध ओसारपसार, लागूऔषध कारोबारलगायत सबै प्रकारका सीमा अपराध नियन्त्रणलाई प्राथ
इटहरी । सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ।लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा
इटहरी । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ ।मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो । कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का स
इटहरी। मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो । सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम
इटहरी। विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालय मोरङले अभियान सुरु गरेको छ। अस्पतालको स्वामित्वमा रहेको जग्गामा विभिन्न संघ–संस्थाले निर्माण गरी भाडामा लगाएका व्यावसायिक संरचना आइतबार बिहानदेखि भत्काउन थालिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सुरु गरिएको अभियानमा तीनवटा जेसिबी प्रयोग गरिएको छ। दशकौँदेखि कोशी अस्पतालको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवनहरू भत्काउन थालिएको हो।यी संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधी पसल तथा चि
इटहरी । सिमेन्ट उत्पादनका लागि खानी भण्डार रहेको उदयपुरको रौतामाई क्षेत्रमा फलाम खानी र सिसा उत्पादनका लागि अवश्यक पर्ने क्वार्ज ढुङ्गाको समेत खानी रहेको अनुमान गरिएको छ । सरकारी निकायबाट यस सम्बन्धमा कुनै पनि अध्ययन अनुसन्धान हुन नसक्दा उत्खननको काम हुन सकेको छैन । दुर्गम र पहाडी भौगोलिक धरातलको बनावट भएको रौतामाई गाउँपालिका–४, नामन्ताक्षेत्रमा सिसा उत्पादनका लागि आवश्यक पर्ने क्वार्ज ढुङ्गाको ठुलो परिमाणको खानी भण्डार सुरक्षित रहेको स्थानीय बासिन्दा एवं रौतामाई गाउँपालिकाका पूर्वअध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । पूर्वअध्यक्ष खड्काका अनुसार रौतामाई–३ को लाफागाउँ, वडा नं।
इटहरी । झापाको भद्रपुर–३, ज्ञानेचोकस्थित एक घरको गोदामबाट प्रहरीले करिब एक करोड रुपियाँ बराबरको चाइनिज खरबुजाको बिउ बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले आइतबार साँझ करिब ५ बजे भीमलाल सुवेदीको घरमा रहेका दुई वटा गोदाममा छापा मारेर ९४८ बोरा ९३७ हजार ९२० केजी० बिउ नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। एउटा बोरामा ४० केजीका दरले प्याक गरिएको उक्त बिउको अनुमानित मूल्य करिब एक करोड रुपियाँ रहेको छ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाका अनुसार छापा मार्नुअघि बिउ धनीसँग टेलिफोनमार्फत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.