समाचार

    Showing १,४६१-१,४७० of १३,३५० items.
  • धनकुटाको पाख्रीबास नगरपालिकाद्वारा गुणस्तरहीन बिरुवा आपूर्ति गर्ने रौतहटको नर्सरीसँगको १४ लाखको ठेक्का रद्द

    इटहरी । सम्झौताअनुसारको गुणस्तरीय फलफूलका बिरुवा तोकिएको समयभित्र उपलब्ध नभएपछि धनकुटाको पाख्रीबास नगरपालिकाले किसानलाई वितरणका लागि गरिएको १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्द गरेको छ।सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत नगरपालिकाका १० वटै वडामा फलफूल बगैंचा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा किसानलाई बिरुवा वितरण गर्ने योजना थियो। त्यसका लागि नगरपालिकाले रौतहटको चन्द्रपुर–५ स्थित हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग ३८ हजार बिरुवा आपूर्ति गर्ने सम्झौता गरेको थियो। तर आवश्यक परिमाण र गुणस्तरका बिरुवा तोकिएको समयभित्र उपलब्ध नभएपछि सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • २२५ पटक पढिएको
  • इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित झापाको दमकबाट रंगेहात पक्राउ

    इटहरी । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।अख्तियारको इटहरी कार्यालय र केन्द्रीय कार्यालय टंगालबाट खटिएको संयुक्त टोलीले खड्कालाई झापाको दमक नगरपालिका–९ स्थित एक खाजाघरबाट बुधबार रंगेहात पक्राउ गरेको हो। आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेका थिए।सेवाग्राहीबाट उक्त रकम बुझिसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। पक्राउ परेका खड्काविरुद्ध भ्रष

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १७० पटक पढिएको
  • कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सुनसरीको धरानमा साउन २ गते ३० किलोमिटर दूरीको ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ हुने

    इटहरी । कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते  ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको छ।आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आज पत्रकार सम्मेलन गरी ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो।क्लबका अध्यक्ष किशन मास्केका अनुसार साइक्लिङमार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो र वातावरणमैत्री पर्यटन विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार ३० किलोमिटर दूरीको साइक्लिङ राइड साउन

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १५८ पटक पढिएको
  • सुनसरीको इनरुवा नगरपालिकाद्वारा कृषिमा प्रविधि जोड्न किसानलाई ५० प्रतिशत अनुदानमा ५० थान मिनी ट्रिलर वितरण

    इटहरी । सुनसरीको इनरुवा नगरपालिकाले किसानलाई मिनी ट्रिलर वितरण गरेको छ । किसानलाई कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत १० वटै वडाका किसान, सहकारी र कृषि फार्म सञ्चालकलाई ५० प्रतिशत अनुदानमा ५० थान मिनी ट्रिलर वितरण गरेको हो । खेतबारी जोत्नका लागि किसानले गोरु, राँगा पाल्न छाड्दै गएकाले खेतबारी बाँझो हुने अवस्था आउन नदिन नगरपालिकाले मिनी ट्रिलर वितरण गरेको हो ।कृषिलाई प्रविधिसँग जोड्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५० थान मिनी ट्रिलर वितरण गरेको नगरप्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । कृषि कर्ममा लागेकालाई व्यक्तिगत, समूहमा, फार्म र सहकारीमा आबद्ध भएकालाई वितरण गरेको जानकारी दिनुभयो । व्य

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १७१ पटक पढिएको
  • इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिका जोड्ने रिखुवा खोलामा निर्धारित समयअगावै बन्यो ३० करोडको पक्की पुल

    इटहरी।  इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई –६ स्थित रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको रु ३० करोड ६४ लाख ८४ हजारको लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिनुभयो । रु ३३ करोड ९८ लाख २२ हजार ५८९ मा ठेक्का खुलेकोमा निर्माण कम्पनीले रु ३० करोड ६४ लाख ८४ हजारमा सम्झौता गरी निर्धारित समयअगावै पुल निर्माण सम्पन्न गरेको हो । आयोजना प्रमुख मगरका अनुसार विसं २०७९ पुस ३० गते शान्ति निर्म

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १५० पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिकाद्वारा कृषि र पशुपालन क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने तीन जना सफल किसान नगदसहित सम्मानित

    इटहरी।  भोजपुरको हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा योगदान पु¥याउने तीन जना उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरेको छ । कृषितर्फ हतुवागढी–७ का मानबहादुर राई र हतुवागढी–१ का नरबहादुर तामाङ र पशुपालनतर्फ हतुवागढी–२ लुङगिनका चक्रबहादुर थापा सम्मानित भएका हुन् । सम्मानित किसानलाई सम्मानपत्रसहित जनही रु १५ हजार नगद प्रदान गरिएको छ ।गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले कृषिलाई सम्मानजनक पेसाका रूपमा स्थापित गर्न उत्कृष्ट किसानलाई प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने गाउँपालिकाको नीति रहेको उल्लेख गर्नुभयो ।क

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १०८ पटक पढिएको
  • पूर्वी मोरङका उर्लाबारी र पथरीशनिश्चरेमा जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि फोहोर व्यवस्थापन अलपत्र, खोला किनार र सामुदायिक वनमा जथाभाबी फोहोर डम्पिङ गर्दा पर्यावरण संकटमा

    इटहरी  ।  पूर्वी मोरङका दुई ठुला नगरपालिकाले स्थानीय तहको दोस्रो कार्यकाल सकिन एक वर्षभन्दा कम समयावधि बाँकी रहँदासम्म फोहोर व्यवस्थापनको स्थायी टुङ्गो लगाउन सकेका छैनन् । उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निकाल्न नसकेका हुन् । उर्लाबारी नगरपालिकाले उर्लाबारी–५, झुम्रामा बव्रmाहाखोला किनारमा फोहोर डम्पिङ गरिरहेको छ । यता पथरीशनिश्चरे नगरपालिकाले शान्ति सामूदायिक वनको संरक्षण क्षेत्रभित्र फालिरहेको छ । दुवै नगरपालिकाले फोहोर व्यवस्थापनबाट लाखौँ रुपियाँ राजस्व सङ्कलन गरे पनि सुरक्षित डम्पिङ साइटको अभावमा फोहोर जथाभाबी फालिँदा बर्सेनि समस्या

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १०८ पटक पढिएको
  • पाँचथर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा ह्वात्तै बढे, फैसलाभन्दा आपसी मिलापत्रमा दम्पतीको आकर्षण बढी, वैदेशिक रोजगारी र मनमुटाव मुख्य कारण

    इटहरी । पाँचथर जिल्ला अदालतमा आर्थिक वर्ष २०८२र०८३ मा सम्बन्ध विच्छेदका मुद्दाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। यद्यपि, यस्ता मुद्दामा फैसलाभन्दा मिलापत्र हुने क्रम बढी देखिएको छ।जिल्ला अदालतको अभिलेखअनुसार आर्थिक वर्ष २०८१र०८२ मा ३०६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०८२र०८३ मा यो सङ्ख्या बढेर ३९० पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ वटा अर्थात् करिब २७।५ प्रतिशतले बढी हो। दर्ता भएका मुद्दामध्ये आर्थिक वर्ष २०८१र०८२ मा ५१ वटामा मात्र मिलापत्र भएकोमा आर्थिक वर्ष २०८२र०८३ मा मिलापत्र हुने मुद्दाको सङ्ख्या बढेर १८५ पुगेको छ। यो अघिल्लो वर्षको

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १३० पटक पढिएको
  • सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    इटहरी। बर्सात सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् । पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।सुक्खा मौस

    • प्रकाशित मितिः असार ३२, २०८३
    • ९९ पटक पढिएको
  • कुष्ठरोगबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न सहयोग

    इटहरी । इटहरी उपमहानगरपालिका–७ का वडा सदस्य तथा युवा जनप्रतिनिधि दीपक घिमिरेले हरियाली टोलस्थित मुसहर बस्तीमा बसोबास गर्दै आएका कुष्ठरोगबाट प्रभावित बिन्देश्वर सदाको परिवारलाई खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ । आर्थिक अभाव र स्वास्थ्य समस्याका कारण कठिन जीवन बिताइरहेको परिवारलाई तत्काल राहत पु¥याउने उद्देश्यले चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको हो। निर्वाचित जनप्रतिनिधिका रूपमा प्राप्त हुने सेवा–सुविधाको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्दै आउनुभएका घिमिरेले यसअघि पनि असहाय, विपन्न, बिरामी तथा समस्यामा परेका नागरिकलाई आवश्यकता अनुसार साथ दिँदै आउनुभएको छ । खाद्यान्

    • प्रकाशित मितिः असार ३१, २०८३
    • २०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]