इटहरी। इलामको सन्दकपुर गाउँपालिका–३ बाट प्रहरीले एसएलआर राइफलको गोली सहित एक जनालाई पक्राउ गरेको छ । सन्दकपुर–३ स्थित कोइराला गाउँमा संकास्पद ढंगले बसिरहेको प्रहरीमा खबर पुुगेपछि प्रहरी टोलीले संकास्पद देखिएका ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको थियो । पक्राउ पर्नेमा इलाम नगरपालिका–५ बिब्ल्याँटे बस्ने जितबहादुर राईका १८ वर्षीय छोरा विश्वास राई रहेको डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुुभयो ।भण्डारीका अनुुसार पक्राउ गरिएका राईको साथबाट उनले बोकेको निलो रुकस्याक झोलामा भित्र एसएलआर राइफलको ७।६२ एमएमको २५ थान गोली, चार्चर ब्रिज पाँच थान, बिन्दुलि एक थ
इटहरी । खोटाङमा ठेक्का सम्झौता भएका १९ वटा विभिन्न योजनाको काम सुरु गर्न निर्माण व्यवसायीहरूले अटेर गरेका छन् । सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कम्पनीहरूले काम सुरु नगरेको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०८२र०८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता भएका १९ योजनाको काम सुरु नभएको हो । विभिन्न बहानामा निर्माण व्यवसायीहरूले काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले उनीहरूलाई अन्तिम चेतावनी दिएको छ ।यसअघि २६ वटा योजनाको काम सुरु भएको थिएन । कार्यालयले पत्राचार गरेपछि सातवटा योजनाको काम सुरु भएको कार्यालय प्रमु
इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका टहरा, अस्थायी संरचना तथा घरको पेटीमा राखिएका सामान सात दिन भित्र व्यवस्थापन अल्टिमेटम दिएको छ । नगरपालिकाले मेची राजमार्गअन्तर्गत बजार क्षेत्रमा बढ्दो अव्यवस्थाले आवागमनमा समस्या सिर्जना गर्नुका साथै नगरको सौन्दर्यमा नकारात्मक असर परेको भन्दै सातदिन भित्र हटाउन अल्टिमेटम दिएको हो । नगरपालिकाका अनुसार पुराना भत्काइएका घरहरूमा पाल टाँगेर बनाइएका अस्थायी टहरा, पसल तथा अन्य संरचनाले सडक किनार क्षेत्र अस्तव्यस्त बनेको छ । यसका साथै पसल अगाडि पेटीमा बिक्रीका लागि राखिएका सामग्रीले पैदल यात्रुलाई हिँडडुल गर्न कठिन बन
इटहरी । सुनसरीको श्री प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीद्वारा स्थापित श्रीवृद्धि कोषबाट ६१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सात वर्षअगाडि पूर्वविद्यार्थीद्वारा स्थापित गरिएको कोषबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । पूर्वविद्यार्थीहरुले विद्यालयको श्रीवृद्धिको लागि सङ्कलन गरिएको १५ लाख रकमबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको कोषको अभियान्ता अर्जुन बुढाथोकीले बताउनु भयो । विद्यालयकै स्वामितोमा रहनेगरी कोष स्थापना गरेर राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात
इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रका व्यापारीहरूले प्रयोग गर्दै आएका नापतौलसम्बन्धी उपकरणहरूको चेकजाँच तथा नवीकरण सुरु गरिएको छ। वराहक्षेत्र उद्योग वाणिज्य संघ, चक्रघट्टीको आयोजनामा नापतौल शिविर सञ्चालन गरिएको हो। नगरका चतरा, बयरवन, भरौल, कालाबञ्जर, प्रकाशपुर बजार र चक्रघट्टीस्थित संघको कार्यालयमा वैशाख ८ देखि ११ गतेसम्म शिविर सञ्चालन गरिएको वराहक्षेत्र उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी श्रेष्ठले बताउनुभयो।क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको सहयोगमा नगर क्षेत्रका व्यापारीहरूले प्रयोग गर्दै आएका ढक, तराजु, लिटर, मिटरलगायत नापतौलसम्बन्धी उपकरणहरूको चेकजाँच तथा नवीकरण गर
इटहरी । ई–रिक्सा सुरक्षित सञ्चालन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ई–रिक्सा चालकहरूलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।कार्यक्रमअन्तर्गत चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, यात्रु सुरक्षा, तीव्र गति नियन्त्रण तथा ओभरलोडका कारण हुन सक्ने जोखिमबारे जानकारी गराइएको थियो। साथै, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको प्रहरीले जनाएको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा साथमा राख्न र जिम्मेवार तथा अनुशासित ढंगले सवारी सञ्चालन गर्न आग्रह गरे।उनले ट्राफिक निय
इटहरी । शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा आपतकालीन प्रतिक्रिया कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रविधियुक्त ड्रोन उपकरणको इलाका प्रहरी कार्यालय, लेटाङले औपचारिक शुभारम्भ गरेको छ ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले एक औपचारिक कार्यक्रमका बिच ड्रोन प्रविधिको समुद्घाटन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रहरी नायव महानिरीक्षक घिमिरेले आधुनिक प्रविधिको प्रयोगले दुर्गम क्षेत्रमा समेत प्रभावकारी निगरानी, अपराध नियन्त्रण तथा खोज–उद्धार कार्यलाई सुदृढ बनाउँदै शान्ति–सुरक्षा व्यवस्थामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 
इटहरी । सुनसरीको देवानगंज गाउँपालिका–१ स्थित मध्यहर्षाही क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न सामानसहित दुई वटा मोटरसाइकल बरामद गरेको छ।शुक्रवार बिहान करिब ०४स्१० बजेको समयमा सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० जनाको मोबाइल गस्ती टोलीले भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो। गस्ती टोलीलाई देखेपछि दुई वटा मोटरसाइकलमा रहेका व्यक्तिहरु सामान छाडेर फरार भएका थिए।बरामद गरिएको सामानमा करिब ७ लाख ३० हजार रुपैयाँ बराबरको डबल बेडका तन्ना सेटसहित १२० सेट कपडा, वाईफाईका राउ
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको स्वीप अपरेसन अन्तर्गत तीन दिनमा १२० जनालाई नियन्त्रणमा लिएको छ ।यही वैशाख ९ गते साँझ देखि आज बिहान ६ बजे सम्मको अवधिमा स्वीप अपरेसन अन्तर्गत लागू औषध विक्री वितरण गर्ने ,सेवन गर्ने र समाजमा गुण्डागर्दी गर्दै हिढ्ने ११५जना पुरुष र ५ जना महिलालाई नियन्त्रण लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाइएको सुनसरी प्रहरीले जनाएको हो । प्रहरीका अनुसार सो अवधिमा नियन्त्रणमा लिएरका १० जना पुरुष र ५ जना महिलालाई सुधार केन्द्र पठाइएको ७६ जना पुरुषलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएका, २ जना पुरुषलाई लागू औषध मुद्दा दर्ता गरिएको र
इटहरी । झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय युवा उमेश खातीको एउटै सपना थियो– चुहिन लागेको घरको छानो फेर्ने र एउटा सानो पक्की घर बनाएर वृद्ध बाबाआमा र सन्तानलाई खुसी राख्ने । यही सपनाका साथ उहाँ २०८१ साल मंसिर ११ गते वैदेशिक रोजगारीका लागि दुबईको अबुधाबी उड्नु भएको थियो । उहाँ विदेशिँदा श्रीमती तीर्थकुमारी गर्भवती हुनुहुन्थो । थपिएको पारिवारिक जिम्मेवारी र आर्थिक अभावका बीच नयाँ सपना बोकेर उहाँ परदेश लाग्नु भयो । उहाँ अबुधाबीको आमफोस एन्ड क्लब होटलमा क्लिनरका रूपमा काम गर्न जानु भएको हो । विदेश पुगेको ११ दिनमा उमेशले छोरी जन्मिएको खुसीको खबर पाउनु भयो । दिनहरू सामान्य रूपमा चल्द
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.