इटहरी । केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेसँगै उनीहरूको रिहाइको माग गर्दै गृह जिल्ला झापामा विरोध प्रदर्शन सुरु भएको छ। नेकपा एमाले झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट निकालिएको विरोध र्याली नगर परिक्रमा गर्दै मुक्ति चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्ने अधिकांश वक्ताहरूले नयाँ सरकार गठन भएको छोटो समयमै प्रतिशोधपूर्ण कदम चालिएको आरोप लगाउँदै कडा विरोध जनाए। उनीहरूले यस्तो अभ्यासले राजनीतिक प्रतिशोधको खतरनाक नजिर बस्न सक्ने चेतावनी दिँदै पार्टी अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई विना सर्त रिहा गर्न माग गरेका छन्। सभालाई सम्बोधन गर्दै जिल्ला अ
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिएका छन् । कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय च्यासलअगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै उग्र नाराबाजी गरिरहेका छन् । अवस्था तनावपूर्ण बन्दै जाँदा प्रदर्शनकारी र प्रहरीबीच झडप हुने सम्भावना देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौं । नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा विरोध जनाएको छ।शनिबार जारी प्रेस विज्ञप्तिमा तरुण दलले उक्त पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै घोर भर्त्सना गरेको हो। संगठनले यस्ता कदमले लोकतान्त्रिक मूल्य, कानुनी राज्य र विधिको शासनमाथि प्रत्यक्ष प्रहार हुने चेतावनी दिएको छ।विज्ञप्तिमा वर्तमान सरकारले जनताको समर्थन र विश्वासका आधारमा प्राप्त जनादेशलाई सही ढंगले उपयोग गर्दै देशलाई समृद्धितर्फ अग्रसर गराउनुपर्नेमा जोड दिइएको छ। साथै, एकपक्षीय निर्णयहरूले देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने जोखिम रह
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
इटहरी । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने हुनुभएको छ । प्रतिनिधिसभा सदस्यको रूपमा बिहीबार शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गर्नुभएको हो । विद्यालयका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वासका साथ आफ्नो पारिश्रमिक सहयोग गर्ने उहाँले बताउनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार थेबे एक मात्र निर्वाचन क्षेत्र रहे
इटहरी । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । सो अवसरमा डा। स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन
इटहरी । नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ मा बसेको बैठकले गरेको निर्णयानुसार पार्टी शनिबार बिहान ११ बजे उक्त कार्यक्रम आयोजना गरिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिवले विज्ञप्ति जारी गरी शनिबार कार्यक्रम हुने कार्यक्रममा अनिवार्य सहभागिताका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूलाई आग्रह गरिएको बताउनुभयो ।
इटहरी । रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। उहाँ नेपालको ४७ औं प्रधानमन्त्री बन्नुभएको छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको हो। शाहले १२ः३४ बजे सपथ लिने कार्यक्रम तय भएको छ।
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दमकल खरिदका लागि नगरबासीबाट चन्दा उठाउने हल्ला निराधार भएको स्पष्ट पारेका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर पौडेलले नगरको सुरक्षालाई मध्यनजर गर्दै दमकल खरिद प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। उनका अनुसार नेपालको सार्वजनिक खरिद प्रक्रियाका कारण केही समय लाग्नु स्वाभाविक भए पनि बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।हालै भएका आगलागीका घटनाप्रति दुःख व्यक्त गर्दै उनले यस कठिन घडीमा नगरबासीको सुरक्षा, स्वास्थ्य र आपतकालीन सेवामा नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। खासगरी सामाजिक सञ्जा
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।बिहीबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले प्रतिपक्षीमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताउनुभएको हो । उहाले सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उल्लेख गर्नुभयो । प्रतिपक्षी भन्नेबितिकै विरोध नै गर्नुपर्छ भन्ने मान्यताबाट आफ्नो पार्टी टाढा रहेको उहाको भनाइ छ । उहाले संसदबाट जनताले दिएको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने उल्लेख गर्नुभयो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.