आर्थिक

    Showing २१-३० of १,२३८ items.
  • चैते सामुदायिक वनको आमभेलाबाट महत्वपूर्ण निर्णय ः कारखाना उपभोक्ताकै जिम्मामा, केबलकार निर्माणमा सहमति

    इटहरी । चैते सामुदायिक वन उपभोक्ता समूहको आम भेला आज लालिगुराँस नगरपालिका–१ स्थित भुल्के गुम्बा परिसरमा सम्पन्न भएको छ । भेलाले सामुदायिक वनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै अर्गानिक मल र सिस्नो कारखाना उपभोक्ता मार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । लालिगुराँस नगरपालिका–१ डोप्किले फिस्टेटारमा रहेको अर्गानिक मल कारखाना सञ्चालनको चरणमा रहेको छ । यस्तै, डाँडाखर्कमा सञ्चालन भइरहेको सिस्नो कारखानालाई उपभोक्ताले नै सञ्चालन गर्ने निर्णय आम भेलाले गरेको हो । वनबाट प्राप्त स्रोतलाई स्थानीय उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले कारखानाको सञ्चालनलाई उपभोक्तामै केन्द्रित गर्ने निर्णय गरिएक

    • प्रकाशित मितिः साउन ३०, २०८३
    • १३१ पटक पढिएको
  • इट्टा उत्पादनमा रोक निर्णयविरुद्ध मन्त्रालयमा निवेदनस् निर्णय फिर्ता लिन उद्योगीको माग

    इटहरी । सरकारले माघ १ गतेभन्दा अगाडि इट्टा उत्पादन नगर्न दिएको निर्देशनप्रति कडा आपत्ति जनाउँदै एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रा। लि।, दुहबी(१० सुनसरीका प्रबन्ध निर्देशक भीम घिमिरेले सो निर्णय तत्काल पुनरावलोकन गरी खारेज गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमक्ष निवेदन पेश गर्नुभएको छ। मन्त्रालय, उद्योग विभाग र कोशी प्रदेश सरकारका निकायहरूबाट जारी निर्देशनले उद्योग सञ्चालन, लगानी, श्रमिकको रोजगारी, बैंकिङ कर्जा तथा निर्माण क्षेत्रमा गम्भीर असर पर्ने उहाँको भनाइ छ।  मौसम, तापक्रम र माटोको अवस्थामा निर्भर रहने मौसमी प्रकृतिको उद्योगमा प्रशासनिक आदेशद्वारा कृत्रिम उत्पादन अव

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १६२ पटक पढिएको
  • इलाममा राजस्व सङ्कलन आधाले घट्यो, दुई अर्बभन्दा बढी बजेट फिर्ता

    इलाम । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ ।सङ्घीय र कोशी प्रदेशका कार्यालयहरूमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव ०८१/८२ को तुलनामा रु ५० करोड ६७ लाख ६९ हजार ५०९ अर्थात् ४८ दशमलव ९४ प्रतिशतले कमी हो । आव ०८२/८३ मा सङ्घका कार्यालयहरूमार्फत रु ३४ करोड १७ लाख १२ हजार ३९८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव ०८१/८२ मा सङ्घका कार्यालयहरूमार्फत रु ८४ करोड ८२ लाख ७६ हजार चार सय सात राजस्व सङ्कलन भएको थियो । त्यस्तै, आव ०८२/

    • प्रकाशित मितिः साउन २८, २०८३
    • ८९ पटक पढिएको
  • मत्स्यपालन आधुनिकीकरण परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय तथा अन्तरक्रिया

    विराटनगर । नेपालमा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि सरोकारवालाबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले विराटनगरस्थित होटल स्वागतममा समन्वय बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को आयोजना तथा USDA र Lutheran World Relief को सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि शाखाका प्रतिनिधि, माछा उत्पादक, व्यवसायी, बिक्री–वितरणकर्ता तथा उपभोक्ता क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।कार्यक्रममा कार्यकारी निर्देशक द्रव्यराज चौधरी ले सहभागीलाई स्वागत मन्तव्य सहित स्वागत गर्नुभएको थ

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ४९७ पटक पढिएको
  • भोजपुरको पौवादुङमा र हतुवागढी जोड्ने फत्तेपुर दोभानमा २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै,धरानसम्मको यात्रा सहज र दूरी छोटो हुने

    इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो । स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म

    • प्रकाशित मितिः साउन २६, २०८३
    • ७५ पटक पढिएको
  • नेपालमा टिभीएस अर्बिटर सार्वजनिक, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

    इटहरी । टिभीएस मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर  सार्वजनिक गरेको छ।  सहरी यात्रालाई लक्षित गर्दै ल्याइएको अर्बिटरमा आधुनिक डिजाइनसँगै स्मार्ट प्रविधि, आराम र उपयोगितालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। सोमबार इटहरीको राजस्व ढाटस्थित पारस अटोमोबाइल्स, जगदम्बा मोटर्समा आयोजित एक कार्यक्रमबीच नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर सार्वजनिक गरिएको हो। टिभीएस अर्बिटरमा ३.१ किलोवाट ब्याट्री रहेको छ भने यसले १५८ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । अर्बिटरको प्रमुख विशेषतामध्ये उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल रहेको कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ९९ पटक पढिएको
  • स्मृतिलाई सेवामा रूपान्तरण : निःसहाय आश्रमको भवन निर्माणमा लायन्सको आर्थिक साथ

    इटहरी । दिवंगत आफन्तहरूको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन सिक्सटिनले इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा भवन निर्माण सहयोग तथा भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा आश्रमका बालबालिकाको दैनिकी सहज बनाउन आर्थिक सहयोगसँगै मानवीय सेवाको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमका क्रममा स्वर्गीय रणबहादुर कार्की तथा स्वर्गीय निरमाया कार्कीको स्मृतिमा कार्की परिवारले आश्रम भवन निर्माणका लागि  ५० हजार १ रुपैँया नगद सहयोग प्रदान गर्नुभएको थियो। त्यसैगरी स्वर्गीय पशुपतिनाथ ढकालको स्मृतिमा ढकाल परिवारले ५० हजार १ रुपैँया बराबर

    • प्रकाशित मितिः साउन २०, २०८३
    • १९७ पटक पढिएको
  • समयमै सार्वजनिक भयो विराटनगर महानगरको बजेट पुस्तिका, कार्यान्वयन प्रक्रिया पनि सुरु

    इटहरी । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३र८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी पूरा गरेको जनाएको छ ।महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यबाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले संयुक्त रूपमा बजेट पुस्तिका सार्वजनिक गरेका थिए । कार्यक्रममा कार्यबाहक नगर प्रमुख तिवारीले समयमै बजेट पुस्तिका प्रकाशन हुनुलाई सुशासन, पारदर्शिता र उत्तरदायी व

    • प्रकाशित मितिः साउन १९, २०८३
    • ३१७ पटक पढिएको
  • ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान ठप्प, यात्रुको अभाव र प्रतिकूल मौसमका कारण हवाई सेवा अनिश्चित

    इटहरी । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा ठप्प भएको छ । नेपाल वायु सेवा निगमको जहाजले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण उडान ठप्प भएको हो ।निगमले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान तालिका निर्धारण गरे पनि तालिकानुसार सेवा सञ्चालन हुन नसकेको सुकेटार स्टेसनका इन्चार्ज नारायण कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार पछिल्ला दिनमा कहिले मौसम प्रतिकूल बनेको छ भने कहिले पर्याप्त यात्रु नपुग्दा उडान रद्द हुँदै आएको छ । साउन १५ गते शुक्रबार पनि उडान गर्ने तयारी गरिए पनि दुवैतर्फबाट आवश्यक यात्रु सङ्ख्या नपुगेकाले अनिश

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १९० पटक पढिएको
  • ताप्लेजुङबाट एक वर्षमा १४ लाख क्युविक फिटभन्दा बढी गोलिया काठ निकासी, ६ करोड नजिक राजस्व सङ्कलन

    इटहरी। ताप्लेजुङमा पछिल्लो एक वर्षको अवधिमा चौध लाख क्युविक फिट बढी गोलिया काठ निकासी भएको छ । एक वर्षको अवधि अर्थात गत आर्थिक वर्ष २०८२–८३ मा ताप्लेजुङबाट उक्त परिमाणमा गोलिया काठ निकासी भएको हो ।डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गत आर्थिक वर्षमा कुल १४ लाख २२ हजार क्युविक फिट गोलिया काठ निकासी भएको छ । जिल्लाका विभिन्न क्षेत्रका निजी वनबाट उक्त गोलिया काठ निकासी गरिएको यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार सबैभन्दा बढी उत्तिस जातको काठ निकासी भएको छ । उत्तिसपछि मतालो, चिलाउने, कटुसलगायत प्रजातिका काठहरु निकासी गरिएको डिभिजन वन कार्यालयले जनाएको

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]