इटहरी : इटहरी क्षेत्रमा हात्तीले उपद्रो मच्चाउँदा समस्या हुँदै आएकाले आइतबार नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले ‘समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत ‘हात्ती प्रभावित क्षेत्र’मा पुगेर जनताको गुनासो सुनेको हो ।कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा पछिल्लो समय जंगली हात्तीले वितण्डा मच्चाइरहेको बेला जनताको समस्यामा कांग्रेसले सम्बोधन गर्नुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको छ ।‘समुदायमा जाऔँ, समुदायलाई सुनौँ भनेर इटहरी १९ बाट यो कार्यक्रमको सुरुआत गरिएको कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवानले बताए । ।उनले भने, ‘आज हामीले जनगुनासो सुन्यौँ, भत्किएका घरहरू हेर्य
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता टिकाउने तर्फ मात्रै गठबन्धनको ध्यान केन्द्रित रहेको बताउनु भएको छ।संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकारले देश र जनताका लागि केही गर्न नसकेको र गठबन्धनको समग्र ध्याननै सत्ता टिकाउनेमा मात्रै केन्द्रीत रहेको बताउनुभयो ।अध्यक्ष ओलीले सरकारलाई सत्ताको दुरुपयोग गर्न नदिन एमाले सांसदहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताउदै सम्बन्धित विषयको अध्ययन गर्न र बुदाँ टिपोट गरेर संसद र समितिको बैठकमा प्रस्तुत हुन निर्देशन दिनु भयो ।बैठकमा अध्यक्ष औलीले आफुलाई ज्ञान भएको समितिमा मात्रै बस्न र ज्ञा
भोलिबाट देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा आइतबार सुदूरपश्चिम प्रदेशका साथै कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षा र हिमपात हुने सम्भावना रहेको छ।मौसम प्रणालीको असरले तापक्रम अझ घट्ने र चिसो बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपानाउ महाशाखाले जनाएको छ।वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दै
इटहरी / इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब) तेह्रथुमले हात पारेको छ । शनिबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुमेको थियो ।बिटिएफसीका लागि खेलको २२ औँ मिनेटमा शिशिर लेखीको पासमा ज्ञानेन्द्र भण्डारीले हेडिङ मार्फत १ गोल गर्दै टिमका लागि खाता खोल्न सफल भएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको बिटिएफसीले दोस्रो हाफ पछि थप ३ गोल गर्न सफल भएको थियो भने, सिधुँवाका भुवन बस्नेतले दोस्रो
इटहरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्र्पोट मिटको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । हिसान सुनसरीको इटहरी स्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गोरखापत्रकर्मी यादव, कान्तिपुर मिडियाकर्मि पत्रकार अर्जुन सुवेदी र ब्लाष्टका भोजराज श्रेष्ठ सहित पुरस्कृत हुनुभएको हो । तीनैजनालाई जनही नगद १० हजार रुपियाँ सहित हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको जानकारी दिएको छ ।हिसानका सुनसरी अध्यक्ष सागर प्रसाद भट्टराई र प्रमुख अथिति युवराज शर्माले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । पत्रकार यादव २०६१ सालदेखि शिक्षा
इटहरी वडा नम्बर ४ ले दलित समुदायका नागरिकहरुका लागि दुई दिने कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा मा रहेको दलित समुदायका नागरिकहरुलाइ कानुन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।कार्यक्रमको पहिलो दिन इटहरी वडा नम्बर ४ दलित महिला सदस्य दिलु बराइलीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सुरु गरिएको थियो भने कार्यक्रमको दोस्रो दिन कोसी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता साथै जनप्रतिनिधि विशेश्वर पोख्रेल, लक्ष्मी चापागाईं, अमृत बस्नेत, वडा सचिव अर्जुन सुवेदी
इटहरी / इटहरीमा रहेको मोडर्न प्रिपेरोटोरी माध्यमिक विद्यालयमा हजुरबा–हजुरामाका लागि पूर्व प्राथमिक तहका बालबालिकाहरुले आ-आफ्नो प्रस्तुति देखाएका छन् ।शुक्रवार हजुरबुबा-हजुरआमा विशेष कार्यक्रम 'ग्रेण्ड प्यारेन्ट्स डे - २०८०' मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका हुन् ।प्राध्यापक डाक्टर टंक न्योउपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यार्थीका हजुरबुबा हजुरआमाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।आफु बालबालिका र जेष्ठ नागरिक केन्द्रित यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएको बताउँदै प्राडा न्योउपानेले कार्यक्रम देखेर आफु खुसी भएको ब
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आज जनकपुरमासमाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्रीले विचार नपु¥याई बोलेको प्रतिक्रिया दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताए । तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोईरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै अध्यक्ष
इटहरी / इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल खेलमा प्रतियोगितामा सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटा फाइनलमा प्रवेश गरेको छ । विहिवार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटाले धरान फुटबल क्लब, सुनसरी लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगितामा विहिबार २–० गोल अन्तरले पराजित गर्दै खेल टुंगिएको हो ।खेलको म्यान अफ दि म्याच सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटाका विसाल भण्डारी घोषित हुँदै नगद पाँच हजारसहित ट्र
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा रक्तमाला आधारभूत विद्यालय र ज्योति माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा रक्तमाला आधारभूत विद्यालय र ज्योति माध्यमिक विद्यालयका बाल कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा अन्तर्गत सुइटर वितरण गरिएको छ । रक्तमाला आधारभूत विद्यालयका ७९ जना विद्यार्थी र ज्योति माध्यमिक विद्यालयका ९९ सय जना विद्यार्थीलाई सुइटर वितरण गरिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमा शिक्षा सुधार कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको थियोे ।विद्यार्थीहरूलाई जाडोको समयमा पढ्न धेरै कठिनाइ भएका,गरीबीका क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.