इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा रक्तमाला आधारभूत विद्यालय र ज्योति माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ५  द्वारा रक्तमाला आधारभूत विद्यालय र ज्योति माध्यमिक विद्यालयका बाल कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा अन्तर्गत  सुइटर वितरण गरिएको छ । रक्तमाला आधारभूत विद्यालयका ७९ जना विद्यार्थी र ज्योति माध्यमिक विद्यालयका ९९ सय जना विद्यार्थीलाई सुइटर वितरण गरिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमा शिक्षा सुधार कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण गरिएको थियोे ।

विद्यार्थीहरूलाई जाडोको समयमा पढ्न धेरै कठिनाइ भएका,गरीबीका कारणले असर गरेको हुँदा निम्न आए स्रोत भएकाले विद्यार्थी न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष भीष्म कुमार घिमिरेले बताउनुभयो ।

विद्यालयमा न्यानो  कपडा वितरण  गरेकोमा  इटहरी वडा नम्बर ५ लाई  ज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले धन्यवाद दिएका थिए ।

इटहरी ५ कि वडा सचिव शर्मिला दाहाल ,महिला  सदस्य हरि माया विश्वकर्मा, वडा सदस्य धनमाया थापा पाण्डे ,वडाका कर्मचारी विष्णु श्रेष्ठ लगाएत सहभागीता रहेको थियोे ।IMG_20240201_200433