इटहरी / इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल खेलमा प्रतियोगितामा सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटा फाइनलमा प्रवेश गरेको छ । 

विहिवार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटाले धरान फुटबल क्लब, सुनसरी लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगितामा विहिबार २–० गोल अन्तरले पराजित गर्दै खेल टुंगिएको हो ।

खेलको म्यान अफ दि म्याच सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटाका विसाल भण्डारी  घोषित हुँदै नगद पाँच हजारसहित ट्रफी हात पारे । अब शनिवार हुने  फाइनल खेल सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटा र  बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुम बीच प्रतिष्पर्धा हुनेछ । 

कोशी प्रदेशका आठ वटा टिम सहभागी भएको प्रतियोगितामा विजेता टिमले नगद दुई लाख ११ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कमिटिका अध्यक्ष विजय सुब्बाका बताए । माघ २० गतेसम्म सञ्चालन हुने खेलमा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ ।IMG_20240201_224002