All Posts By कोशी प्रेस

    Showing ९,५०१-९,५१० of १३,७२१ items.
  • नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं / नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको छैन ।नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सारेको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् ।रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बनेका छन् । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्र

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • ४२७ पटक पढिएको
  • इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने

    इटहरी / इटहरीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा फागुन २६ गते देखि चैत्र ३ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" मुख्य नारामा सहित इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा एक भारतीय सहित ९ टिमको सहभागीता रहने भएका छन् ।८ दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया र उपबिजेताले ६१ हजार रुपैया पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यानअफद म्याचले नगद २ हजार ५ सय र बिधागत उत्कृष्टले ३

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • ३०१ पटक पढिएको
  • इटहरिमा नेपाली जुत्ता उद्योगी समुहद्वारा संचालित सामुहिक नेपाली जुत्ता बिक्री कक्ष सञ्चालन हुने

    इटहरी / इटहरीमा नेपाली जुत्ता उद्योगी समुहद्वारा संचालित सामुहिक नेपाली जुत्ता बिक्री कक्ष सञ्चालन हुने भएको छ ।नेपाली जुत्ता चप्पल बिक्री कक्षमा ५० प्रतिशतसम्म छुट दिने गरी नेपाली जुत्ता चप्पल उत्पादन गर्दै आएका उद्योगीहरूले ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध होस भनेर बिक्री कक्ष स्थापना गर्ने भएको छ ।सोमबार भएको पत्रकार सम्मेलन गर्दै बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू उपलब्ध हुने सञ्चालक नानीराज घिमिरेले बताए ।इटहरीको पश्चिम लाइनमा रहेको म्याजिक स्टेण्ड छेउमा सञ्चालनमा रहेको महोत्सव मङ्गलवार सकिनेछ भने सोही स्थानमा बिक्री कक्

    • प्रकाशित मितिः फागुन २१, २०८०
    • २७५ पटक पढिएको
  • यस्तो आयो शालीनको पोष्टमार्टम रिपोर्ट

    चितवन / चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ ।मृतक शालिनको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको उल्लेख गरेको बताइएको छ ।शालिनको परिवारले उक्त विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टेल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरु अहिले पनि प्रहरीको हिरासतमा छन् ।शालिन मृत्यु प्रकरणमा उनको परिवारले न्यायका लागि भन्दै अयिभान नै चलाएपछि अहिले सामाजिक सञ्जाल खुबै तातेको छ । सामाजिक सञ्जालमाफ

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • १४९ पटक पढिएको
  • इटहरीमा बाँदर संरक्षण अभियान सुरू

    इटहरी / इटहरी वडा नम्बर ३ ले बाँदर संरक्षण अभियान सुरू  गरेको छ ।कोशी प्रदेशको पहाडी भेगहरूमा बाँदर आतङ्कले बसाइ सर्ने क्रम बढ्दो क्रममा रहेकाले इटहरीमा भने बाँदर धपाउने भन्दा पनि त्यसको संरक्षण गर्ने तर्फ स्थानीयहरू लागि परेका छन् । इटहरी ३ तालतलैया र खुर्साने खाप आसपास अहिले बाँदर आतङ्क बढदो छ । घरमा राखिएको अन्न , खानेकुरा सबै बाँदरले खाएर नष्ट गर्ने गरेको छ ।इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार बाँदर धपाउने योजना लिएर गाउँ जाँदा स्थानीय आफैले धपाउने भन्दा संरक्षण गर्ने उपाय निकाल्न सुझाव दिएको बताउँछन । बन जङ्गल मासिएर प्राप्त आहारा नपाएपछि दैनिक ६० वटा भन्दा बडीको सङ्ख्यामा बाँद

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • १७३ पटक पढिएको
  • इटहरी विपि चौकमा आगलागी १ जनाको मृत्यु

    इटहरी / इटहरी विपि चौक बिष्णु बहादुर खड्काको घरमा आगलागी ।१ जनाको मृत्यु भएको छ । कोठामा भित्रबाट चुकुल लगाएर सुतिरहेको अवस्थामा आगलागी भइ ५२ वर्षिय गोपि माया कटुवालको मृत्यु भएको परिवारले बताएका छ।मृत कटुवाल बिगत सात वर्ष अघिदेखि डिप्रेसनको औसधि प्रयोग गरिरहनुभएको सांझ परिवार संगै बसेर दुखसुखका कुराकानी गर्दा  केही निरासावादि कुरा गरेको छोरा प्रबेश कटुवालले बताउनुभयो ।राति ११ :४५ को समयमा छोरा बुहारी नाति सुतेको कोठामा बाहिरबाट चुकुल लगाएको छेउ कोठामा बस्ने छिमेकीले चुकुल खोलिदिएको र संगै आगो लागेको कोठा खोल्दा आमाको कोठामा भित्रबाट चुकुल लगाएर ढोका छेउमा टेवल राखेको अवस्थामा देखिदा आगो

    • प्रकाशित मितिः फागुन २०, २०८०
    • २२९ पटक पढिएको
  • पाँचथर गोल्डकप च्याम्पियन 'त्रिभुवन आर्मी फुटबल क्लब'

    त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन क्लब आर्मीले चाैथाे पाँचथर गाेल्डकप प्रतियाेगिताकाे फाइनलमा पाँचथर क्लबलाई शनिबार ४-२ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।पाँचथरको मैदानमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०७४ सालमा भएको दशैं फाल्गुनन्द गोल्डकपमा उपबिजेता बनेको आर्मी ६ वर्ष पछि फाइनलमा आर्मी विजेता बनेर फर्कदैछ । फिदिम माबिको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार लामा, पदम तामाङ र सन्तोष केसि गोल गरे । आर्मीको जितमा कप्तान दिपकुमार लामाले २ गोल गरे ।३१ औं मिनेटमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका पदम तामा

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • २३१ पटक पढिएको
  • पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा निशुल्क स्वास्थ शिविर

    सिताराम चन्द्रवंशीसुनसरी / पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा निशुल्क स्वास्थ शिविर लाभान्वित भएको छ । सुनसरीको बराहक्षेत्र १० प्रकासपुर मा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना साथै प्रकासपुर नवदुर्गा हस्पिटलको सहयोगमा गरिएको निशुल्क स्वास्थ शिविरमा २ सय ४५ भन्दा बढी स्वास्थ सेवा ग्राहीहरुको  स्वास्थ परिक्षण गरि औसधि वितरण गरेका छन्  । निशुल्क स्वास्थ शिविर अन्तर्गत बलरोग विशेसज्ञ , बालमुटु विशेषज्ञ , जेनेरल फिजिसियन , डेन्टल सर्जन र परामर्श सेवा प्रदान गरि निशुल्क औसधि वितरण गरेको हो । सिविर बाट सम्पूर

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ३८६ पटक पढिएको
  • इटहरीको ब्रह्मकुमारी राजयोगको ३० औं वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम

    इटहरी / इटहरीको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।वार्षिकोत्सवको अवसर पारेर ब्रहमकुमारी राजयोग सेवा केन्द्र इटहरीले परमात्माको सेवामा सर्मपण गर्ने व्यक्तित्वहरुलाई सम्मान र आध्यात्मिक प्रवचन लगायतका कार्यक्रम गरिएको हो ।ब्रहमकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेशकी मुख्य सञ्चालिका गिता दिदीको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आथित्यमा भएको वार्षिकोत्सवमा  १० देखि ३० वर्ष सम्म सेवामा आफुलाई सर्मपण गर्ने १सय ३५ जनालाई सम्मान गरिएको थियोे ।सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती कोशी प्रदेश प्रमुख

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • १९५ पटक पढिएको
  • सङ्गीत प्रतिष्ठान टोल विकास संस्थाका नव निर्वाचित पदाधिकारीहरूले लिए सपथ ग्रहण

    इटहरी / इटहरी वडा नम्बर २ मा रहेको संगित प्रतिष्ठान टोल विकास संस्थाका नव निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण लिएका छन् ।कोशी प्रदेश सभासद, सुनसरी निर्वाचन क्षेत्र नं ३ ( क )का रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा संस्थाका नव निर्वाचित अध्यक्ष विकाश भण्डारीको अध्यक्षतामा सपथ ग्रहण गराइएको थियोे ।इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले संस्थाका अध्यक्ष विकाश भण्डारी , उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिव बालकुमार बिष्ट, कोषाध्यक्ष आनन्दकला राई, सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की लाई सपथ ग्रहण गराएका थियोे ।प्रमुख अतिथि रोहित बहादुर कार्कीले

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ४०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]