इटहरी / इटहरी विपि चौक बिष्णु बहादुर खड्काको घरमा आगलागी ।

१ जनाको मृत्यु भएको छ । कोठामा भित्रबाट चुकुल लगाएर सुतिरहेको अवस्थामा आगलागी भइ ५२ वर्षिय गोपि माया कटुवालको मृत्यु भएको परिवारले बताएका छ।

मृत कटुवाल बिगत सात वर्ष अघिदेखि डिप्रेसनको औसधि प्रयोग गरिरहनुभएको सांझ परिवार संगै बसेर दुखसुखका कुराकानी गर्दा  केही निरासावादि कुरा गरेको छोरा प्रबेश कटुवालले बताउनुभयो ।

राति ११ :४५ को समयमा छोरा बुहारी नाति सुतेको कोठामा बाहिरबाट चुकुल लगाएको छेउ कोठामा बस्ने छिमेकीले चुकुल खोलिदिएको र संगै आगो लागेको कोठा खोल्दा आमाको कोठामा भित्रबाट चुकुल लगाएर ढोका छेउमा टेवल राखेको अवस्थामा देखिदा आगो लगाएर आत्मदाह गरेको हुनसक्ने आशंका गरिएको छ।

बिपी चौक क्षेत्रमा बिगत केहि दिन देखि सडक दायाँ बायाँ चारै तिर बांस लगाएर बाटो छेकिएर दमकल पुग्न समेत समस्या भएको स्थानिय हरुले बताए ।