इटहरी / इटहरी वडा नम्बर २ मा रहेको संगित प्रतिष्ठान टोल विकास संस्थाका नव निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण लिएका छन् ।
कोशी प्रदेश सभासद, सुनसरी निर्वाचन क्षेत्र नं ३ ( क )का रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा संस्थाका नव निर्वाचित अध्यक्ष विकाश भण्डारीको अध्यक्षतामा सपथ ग्रहण गराइएको थियोे ।
इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले संस्थाका अध्यक्ष विकाश भण्डारी , उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिव बालकुमार बिष्ट, कोषाध्यक्ष आनन्दकला राई, सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की लाई सपथ ग्रहण गराएका थियोे ।
प्रमुख अतिथि रोहित बहादुर कार्कीले नयाँ कार्य समितिले टोल विकासमा अग्रसर भएर काम गर्ने सुझाव दिए ।
कार्यक्रमका विशिष्ट अतिथि रहेका इटहरी वडा नम्बर २ का वाडा अध्यक्ष माधव कोइरालाले संगिता साधना प्रतिष्ठान र टोल विकासमा सहयोग गर्ने बताए । समाजका राम्रा काम देखि समाजिक कार्य लागि पर्ने नव निर्वाचित अध्यक्ष विकाश भण्डारीले बताए ।
सो कार्यक्रममा संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका महासचिव राजु केसी, नेकपा एमाले २ नम्बर वडा कमिटीका अध्यक्ष लोचन पौडेल , प्रहरी प्रशासन , संगित साधना प्रतिष्ठान इटहरीका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।


