पाँचथर । नेकपा (एमाले) पाँचथरको जिल्ला अध्यक्षमा विश्नु सापकोटा विमल सर्वसम्मत भएका छन् । अरु पदमा सहमतिको प्रयास भईरहेकाले घोषणा भने भएको छैन् ।अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् । सापकोटा यस अघिका कार्यवाहक अध्यक्ष थिए भने पूर्व जिसस प्रमुख हुन् । सचिव पदमा पृथ्वि लावतीको नाममा सहमति भएको छ । अर्का आकाक्षी विलास योङ्यले मनोनयन फिर्ता लिएका छन् ।उपाध्यक्ष र उप सचिवमा सहमति हुन सकेको छैन्। कार्यकर्ता सहमती गर्न दबाव दिएका छन् । उपाध्यक्षमा नर बहादुर गुरुङ र विर बहादुर कुरुम्बाङ प्रतिस्पर्धा मा छन् ।उपसचिवमा पुरुषतर्फ जेपि केरूङ र तुलसी थापा, म
आजको राशिफल बि.सं.२०८० चैत १९ गते सोमबार ई.सं.२०२४ अप्रिल ०१ नेपाल सम्बत ११४४ चिल्लागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत कृष्ण सप्तमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वरियान योग, विष्टि करण ।आज नेपालमा सूर्योदय बिहान ०५ः५४ बजे, सूर्यास्त साँझ ०६ः२१ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ५४ मिनेट देखि ०७ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको
काठमाडौं / नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको छ ।मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ प्रतिलिटर पुगेको छ। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको छ। आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट नयाँ खरिद मूल्य आउँदा पेट्रोलको मूल्य चार रुपैयाँ ७६ पैसा प्रतिलिटर बढेर आएका कारण निगमको सञ्चालक समिति बैठक बसेर मूल्यवृद्धि गरेको जनाएको छ। त्यस्तै, डिजेल ०.३९ रुपैयाँ र हवाई इन्धन ०.३८ रुपैयाँ प्रतिलिटर घटेको तथा खाना पकाउने एलपी ग्यासको मूल्य २७.४४ रुपैयाँ प्रतिसिलिन्डर घटेको आएको निगम
सुनसरी - १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधि फुटबलको उपाधि चर्च ब्वाइजले जितेको छ । शनिवार राती सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ पाएको छ । उपबिजेतामा सीमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका हुन । खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बाँकी अधिकांश
सुनसरी जिल्ला भलिबल संघको एघारौं साधारण सभा सम्पन्न भएको छ। सुनसरी जिल्ला भलिबल संघका कार्यवाहक अध्यक्ष ढुण्डिराज गुरागाइँको अध्यक्षता र जिल्ला खेलकुद समिति सुनसरी अध्यक्ष दिपक राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ।अधिवेशले ढुण्डि राज गुरागाइँको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दिलिप श्रेष्ठ, महासचिवमा माधब सापकोटा, कोषाध्यक्षमा नवीन श्रेष्ठ र सदस्य हरुमा सबुरलाल चौधरी, अमन बस्नेत, देबेन्द्र गुरुङ, बुद्धि बहादुर कट्वाल सहित १३ सदस्यहरुको कार्यसमिति बनेको महासचिवमा माधब सापकोटाले बताए ।कार्यक्रम सुनसरी का पुर्ब राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, कोच, रेफ्री, खे
इटहरी । इटहरीका विद्यार्थीहरुको ड्रेस कोडसम्बन्धि निर्णय कार्यान्वयन नगर्न उपमेयर सहित कार्यपालिका सदस्यहरुले अपिल गरेका छन् ।ड्रेस कोडको निर्णय कार्यपालिका बैठकबाट निर्णय नभएको भन्दै उपप्रमुख संगीता चौधरीलगायत कार्यपालिका सदस्यहरुले ड्रेस कोड लागु नगर्न नगराउन भनेका हुन् । उनीहरुले १२ औं नगरसभाबाट विधिसम्मत पारित शिक्षा ऐनमा नगरप्रमुखले किर्ते गरेको र यस्ता किर्ते काममा नगर प्रमुखलाई साथ दिन नसकिने बताएका छन् ।‘शिक्षा शाखाको नामबाट गरिएको पत्राचारसँग सम्बन्धित कुनै पनि विषय नगर प्रमुखको निजी अधिकार नभई नगर कार्यपालिकाले निर्णय गर्ने विषय हुन्,’ विज्ञप्तीमा भनिएको छ, ‘कार्यपालिकाको औपचारिक निर
भोजपुर / भोजपुर नगरपालिका- १२ टक्सार स्थित मालबाँसेका आगलागी पीडितहरूलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र यशोधरा माध्यमीक विद्यालयको तर्फबाट राहत प्रदान गरिएको छ । आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागी २५ बन्डल जस्तापाता र यशोधरा माध्यमीक विद्यालयका शिक्षक,विद्यार्थीहरूको तर्फबाट प्राप्त नगद करिब रु पचास हजार आज नगरप्रमुख कैलाश कुमार आलेले आगलागी पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।यस अघि नगरपालिका र वडाको तर्फबाट पीडित परिवारलाई तत्काल अस्थायी आवासका लागी जस्तापाता, खाने पानीका लागी धारा जडान तथा हिलटेन्की, विद्युत् जडान, खाद्यान्नका लागी चामल,दाल,नुन त
इटहरी / १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको आज (शनिबार) फाइनल खेल हुँदैछ ।उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि हात पार्ने तयारीमा छन् ।फाइनल खेलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने सम्भावना ५०–५० प्रतिशत रहेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइजविरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए ।क्याप्टेन नवयुग श्रेष्ठले इटहरी गोल्डकपको १२ औँ संस्करणमा फाइनल पुगे
दुहबी / सकारात्मक परिवर्तन बर्ष २०८० को उपलक्ष्यमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रम ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवीमा सम्पन्न भएको छ । ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रमा समर्पित ८७ ब्रह्मा कुमारी र २१ जना ब्रह्मा कुमार गरी १०८ जनालाई सम्मान गरिएको छ ।सम्मानित हुनेहरुमा कोशी प्रदेश स्थित विभिन्न स्थानमा सञ्चालित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र सञ्चालिका, केन्द्रमा समर्पित ब्रह्मा कुमार , ब्रह्मा कुमारी लगायत रहनु भएको छ । झाँकी प्रदर्शनी सहित सांस्कृतिक नृत्य समेतको आयोजना
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-४ स्थित जयनगर टोलमा गत फागुन ४ गते भएको आगलागी बाट घरबास गुमाएका परिवार लाइ बिभिन्न संघ सस्था संग सहकार्य गरेर घर बनाई दिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ कि निर्वाचित संघीय संसद माननीय भगवती चौधरीले घोषणा गर्नु भएको छ।प्रवासी नेपाली संघ ( एन आर एन ए ) तथा ताइवानी सस्था ( चुजी फाउन्डेसन) संगको सहकार्यमा घर बास गुमाएका करिब २७ घर परिवारको पुनर्वास को निम्ति आवस्यक घर तथा स्कुल निर्माण गरिदिने घोषणा गर्दै मन्त्रि चौधरीले भन्नु भयो : नेपाल सरकार सबै दात्री निकाय संग सहकार्य गर्दै पिड
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.