धनकुटा / इलाका प्रहरी कार्यालय भेडेटारले सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि धनकुटामा ट्राफिक नियम सम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्ने अभियान धमाधम संचालन गरिएको छ । अभियान अन्तरगत जिल्लाका बिभिन्न ठाउँमा ट्राफिक नियम अंकित होडिङ बोर्ड राखिएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्कीले जानकारी दिए । साँगुरीगढी गाउँपालिका भेडेटारको १० वडा मध्ये प्रहरी कार्कीको सक्रियतामा उनको क्षेत्रमा पर्ने ५ वटा वडामा प्रहरीले सचेतना बोर्ड राखेका छन् ।भेडेटार पर्यटकिय क्षेत्र भएका कारण पनि भिडभाड हुने गर्छ । दुर्घटना न्यूनिकरणका
सुनसरी / राष्ट्रिय युवा संघ नेपाल कोशि प्रदेश कमिटिको कार्यालय इटहरीमा उद्घाटन भएको छ । इटहरी उपमहानगरपालिका वडा नं ६ हटिया लाइनमा भएको कार्यालय राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरी, कोषाध्यक्ष राकेश राई, सुनसरी जिल्ला अध्यक्ष सुजन लामा लगाएत केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर कमिटीका युवा हरुको उपस्थितिमा रहेको थियो। कोशी प्रदेशमा युवा संघले राजनितिक तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेकोले बिभिन्न कार्ययोजनाका साथ अघि बढ्ने बताउँदै अब सम्प
भोजपुरी / भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्वर ५, सानोदुम्माको सुप्लामा रहेको सन्तानेश्वर महादेवथान मन्दिर परिसरमा आगामी बैशाख ५ गतेदेखि १३ गतेसम्म श्रीमदभागवत सप्ताह एंव पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ हुने भएको छ ।ज्ञान महायज्ञबाट करिव ३० लाख जति संकलन हुन आंकलन गरिएको बताउँदै त्यसले मन्दिरको पूर्वाधार निर्माणमा जग्गा खरिद गरिने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । आयोजकले महायज्ञ हुने स्थानमा पत्रकार सम्मेलन गर्दे २०१० सालमा स्थापना भएको मन्दिरले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हुनालाई त्यसको प्रचार प्रसारमा समेत ज्ञान महायज्ञले सहयोग गर्ने जानकारी दिएको हो
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । नेकपा एमालेको सामाजिक सेवा विभागका पदाधिकारीसँगको भेटघाटमा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका ऐन निर्माण, नीतिगत सुधार गर्न आफु क्रियाशिल रहेको बताउनु भएको हो । मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, बालअधिकार परिषद्, बाल संगठन सुधारका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो । मन्त्री चौधरीले पार्टीले दिएको सुझाब अनुसार काम गर्दै अगाडी बढ्ने बताउनु भयो।एकिकृत सामाजिक विकास ऐनका
पथरी शनिश्चरे / पथरी शनिश्चरे वडा नं. ८ ले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘वडा नम्बर ८ को आकृति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । आफ्ना मौलिक संस्कृति तथा बाजाहरुलाई संरक्षण तथा पुस्ता- हस्तान्तरण गर्नको लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभएको छ । वडाले यसअघि लिम्बु जातिको केलाङ (च्याब्रुङ) नाच, राई
पथरी शनिश्चरे / पथरी शनिश्चरे नगर प्रहरीले अस्पतालबाट निस्कीएको फोहोर मैला बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको छ। २० गते राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको उक्त गाडी रातिको समयमा नगर प्रहरीले पथरी डम्पीङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।डम्पीङसाइटमा आगो लगाएर स्थानियबासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेखदेख र नियन्त्रणको लागि नगरप्रहरीको टोली परिचालन हुँदा सो भ्यान सहित केहिहरुलाई पक्राउ गरिएको नगर प्रहरी हवल्दार बलबहादुर
उर्लाबारी / आफ्नै भाइकी श्रीमतीलाई करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् ।उर्लाबारी-४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो । आफ्नै जेठाजुले गत सोमवार राति १२ बजे २५ वर्षीया महिलालाई मुख तथा घाँटीमा समाती भाग्न, उम्कन र कराउनसमेत नसक्ने गरि बोकी आफू सुत्ने कोठामा जबर्जस्ती करणी गरेकोे जाहेरीमा उल्लेख छ । जाहेरी पछि तत्कालै आरोपित पौडेललाई उनकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दासले बताए। उनका अनुसार आरोपी
मोरङ / मोरङको सुन्दरहरैचामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।सुन्दरहरैचा नगरपालिका–६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इटहरी / इटहरीको बेदान्त हस्पिटलमा आगामी बैशाख २ गते देखि मानसिक रोगको उपचार हुने भएको छ। हस्पिटलमा थप सेवा सञ्चालनमा ल्याएको जानकारी गराउँदै बेदान्त हस्पिटलमा २०८१ बैशाख २ गते आईतबार देखि डा.सुबोध दाहालको सेवा प्राप्त गर्न सकिने अस्पतालका प्रवन्धकका इन्द्र श्रेष्ठले बताउनुभयो।श्रेष्ठले २०८१ साल वैशाख २ गते आइतबारका दिन बिहान १० बजे देखि डा.दाहालले चेकजाँच गर्ने जानकारी गराउँदै स्वास्थ्य लाभ लिन आग्रह गर्नुभएको छ ।प्रवन्ध निर्देशक श्रेष्ठले कसैको मन उदास र निराश हुन्छ, शरिरमा जाँगर, फूर्ती कम हुन्छ, छिट्टै बिर्सिर्ने समस्या छ, नकारात्मक सोच आउँछ, आत्महत्या गर्ने सोच आउँछ, निन्द्रामा समस्या
दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा एक पुरूष मृत फेला परेको छ । बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा बिहीबार बिहान एक पुरुष मृत अव्स्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीका प्र.नि. मोहन पोखरेलले जनाएका छन् । मृतक पुरुष दुहबी १० घर भएका अन्दाजी ३८ वर्षको रमेश हरीजन रहेको प्र.नि. पोखरेलले बताए । हरिजनको शव पोस्टमार्टम गर्न जिल्ला अस्पताल ईनरुवा पठाएको बताए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.