पाँचथर / पाँचथरको फिदिम नगरपालिकाको आर्थिक सहयोग र जनहित केन्द्र फिदिमको आयोजनामा दुईदिने रैथाने बाली प्रवर्द्धन तालीम सञ्चालन गरिएको छ ।जेठ १ गतेदेखि २ गतेसम्म फिदिम नगरपालिका -२ ठाडेमा त्यहाँका स्थानीयहरुलाई तालीम दिइएको हो। विषेश गरि पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थानीय उत्पादनमा नगरपालिकाले जोडदिन थालेको आयोजक संस्थाका अध्यक्ष बिजयबोध लावतीले बताउनुभयो ।तालीमले स्थानीयहरुमा ठुलो सहयोग पुग्ने वडा सदस्य नवीन ओझाले बताउनुभयो । ओझाका अनुसार रैथाने बालीमा पौष्टिक तप्त प्रचूर मात्रामा छँदैछ, यसबाट मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्ने बताए ।फिदिम नगरपालिकाक
नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको छ ।नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने आठौँ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा इटहरीमा रक्तदान कार्यक्रम गरिने भएको हो ।जेष्ठ ४ गते इटहरी उपमहानगरपालिका अगाडि मितेरी होटल प्राङ्गणमा बिहान ६:३० बजे देखि ९ बजे सम्म नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र धरान घोपाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने नेकपा एमाले इटहरी नगर कमिटी अध्यक्ष याम कुमार सुब्बाले बताउनु भयो।
इटहरी - नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल इटहरी उपमहानगरपालिका कमिटीले लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।आज जेठ १ गते स्थापना दिवसको अवसरमा यूवा संघले इटहरी स्थित जनता माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीलाई सचेतना कार्यक्रम गरेको हो । जनता माविको सहयात्रामा भएको उक्त कार्यक्रममा युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा इटहरी उपमहानगरपालिका- ९ का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यता र जनता माविमाका व्यवस्थापन समितीका अध्यक्ष काशिनाथ दंगालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा युवा संघ सुनसरीका अध्यक्ष सुजन लामा,युथफोर्स कोशीका संयोज
इटहरी / राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटिले सोमबार इटहरी उपमहानगरपालिकामा दीप प्रज्वलन गरेको छ । नेकपा एमाले को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको अवसरमा इटहरी उपमहानगरपालिका अगाडि दीप प्रज्वलन कार्यक्रम गरिएको नगर कमिटीका सचिव सुमन कटुवालले बताए ।दीप प्रज्वलन कार्यक्रम संघका नगर अध्यक्ष कमल जंग दाहालको अध्यक्षतामा भएको सहसचिव मनिस कोइरालाले बताए ।कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटी अध्यक्ष सुजन लामाले सामाजिक आवश्यकताका आधारमा युवाहरू अघि बढ्नु पर्ने बताए । युवाहरू सधै सकारात्मक सोचका साथ अघि बढेमा समाज सहि दिशातर्फ जाने बताए ।&nb
काठमाडौं / युवा तथा खेलकुद मन्त्रालय काठमाडौंले नेपाल स्काउटमा निर्वाचित भएका पदाधिकारीहरु र सबै स्काटरहरू कुनै पनि राजनीति दलमा नलाग्न ध्यानाकर्षण गराएको छ ।युवा वर्गको शारिरीक, मानसिक र वौद्धिक विकास गरी अनुशासित, स्वावलम्बी र चरित्रवान बनाई सेवा भावको अभिवृद्धि गर्दै युवालाई देश विकासमा परिचालन गर्ने उद्देश्यले नेपाल स्काउट, विश्व स्काउटको सिद्धान्त र मान्यतालाई आत्मासात गर्दै नेपाल स्काउट ऐन, २०५० बमोजिम स्थापित स्वशासित संस्थाका पदाधिकारीहरु र सबै स्काउटरहरू कुनै पनि राजनीति दलमा संलग्न नहुन अनुरोध गरेको छ । कुनै पनि राजनीति दलमा लागेको खण्डमा कानुन बमोजिम कारबाही हुने युवा तथा खेलक
काठमाडौं / सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा महिला सहभागितालाई खेल क्षेत्रमा बढाइने उल्लेख छ ।त्यसैगरी काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई समेत तीव्रता दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने सरकारको कार्यक्रममा उल्लेख छ ।त्यस्तै चितवनको भरत
काठमाडौं / सरकारले शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यान्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।शिक्षण पेसामा रहेका शिक्षक प्राध्यापक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
इटहरी / इटहरीमा लेवल नराखी बेकरीजन्य सामाग्रीहरू उत्पादन गर्ने गरेको पाइएको छ ।इटहरी उपमहानगरले बजार अनुगमनका क्रममा लेवल नै नराखीकन बेकरीजन्य सामाग्री उत्पादन गरिरहेको पाइएको जनाएको हो ।सोमबार उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा इटहरी–६ मा रहेको न्यू मोर्डन पाउरोटी उद्योगले विना लेवल बेकरी सामाग्रीहरू बिक्री गरेको भेटिएपछि सो पसलमा ताला लगाइएको छ ।न्यू मोर्डन पाउरोटी उद्योग इटहरी–६ ,ओम श्री गुरु पाउरोटी उद्योग इटहरी–६, विष्णु पाउरोटी उद्योग इटहरी–९, मयुक बेकरी एण्ड केक सप इटहरी ९ , सुशीला किराना पसल इटहरी–९ र सुरेन्द्र मार्केटिङ्ग इटहरी–६ गरि ६ वटा बेकरी उद्योगहरूमा अनुगमन गरिएको उपमहानगरले
भोजपुर / भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले नगरभित्र रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला बितरण गर्नु भएको छ ।भोजपुर नगरपालिका वडा नम्वर ४, दावाँ मान्द्रेमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि विद्यालय झोला वितरण गर्नु भएको हो । महिला तथा बालबालिका शीर्षकमा बिनियोजित रकमबाट विद्यालयमा अध्यनरत एक सय १४ जना विद्यार्थीलाई झोला बितरण गरिएको छ । नगर भित्रका विद्यालयहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ उपप्रमुख शेर्पाले बिगतदेखि नै यस्तो कार्य निरन्तर गर्दै आउनु भएको छ ।उपप्रमुख शेर्पाले भन्नुभयो, “समुदायमा रहेका बिद्यालयहरुमा आउने बालबालिकालाई नियमित
नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने अधिवेशनका लागि एमाले सुनसरीले आधिकारिक 'प्रतीक चिह्न' लोगो सार्वजनिक गरेको छ । इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटी सुनसरीले 'लोगो' सार्वजनिक गरेको हो । लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र उद्यमशीलतालगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको जिल्ला उपाध्यक्ष निलम खनालले बताउनुभयो। 'पार्टी अधिवेशनले नेतृत्वको पुस्तान्तरण र हस्तान्तरण मात्र नभएर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.