काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताउनुभएको छ । महिला कानून र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको उपलक्ष्यमा पार्लेमो प्रोटोकलको कार्यान्वयन सन्दर्भमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा भएका पहलहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
काठमाडौं / सामाजिक कथामा आधारित चलचित्र ‘गाउँ आएको बाटो’ आज (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ । अस्ति (बुधबार) प्रिमियर शो हेरेका चलचित्रकर्मी, राजनीतिककर्मी तथा सामाजिक क्षेत्रका अगुवाहरुले चलचित्रमा वर्तमान समाजको यथार्थ चित्रण गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन् ।नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।सामाजिक रहन-सहन र स्थानीयको जीवनलाई विकाससँगै भित्रिने समस्या र त्यसले पार्ने प्रभावलाई चलचित्रमा उतारिएकाले यथार्थपरक भएको समाजशास्त्री कृ
संखुवासभा / संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको ज्यान गएको छ । वाङखोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्छ ।
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९60 मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गर्नुभयो । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उहाँले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गर्नुभयो ।विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथ
पाँचथरको फिदिम नगरपालिले नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ। नगरपालिकाले घर नभएका तथा घर भएर पनि टिनको छानो हाल्न नसकेका घर परिवारको पहिचान गर्दै जस्तापाता वितरण कार्यलाई तीव्रता दिदैं फिदिम नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने नगरपालिको ‘विपन्नका साथमा नगरपालिका’ भन्ने अभियान अन्तरगत यो वर्ष सात सय ८१ बण्डल जस्तापाता खरिद गरेको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो।उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत ७ सय ८१ बण्डल जस्तापाता खरिद गरि बितरण गरिसकेको छ। आउँदो वर्ष नगर क्षेत्रमा रहेका खर वा फुसका छानो भएका घर पू
विराटनगर : कोशी प्रदेश अबको केही समयभित्रै खेलकुदमय बन्दै छ। प्रदेशका विभिन्न स्थानमा असारको सुरुवातदेखि खेलकुदका प्रतियोगिताहरु आयोजना गरिँदै छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने सबै प्रतियोगिताहरु असार दोस्रो साताभित्रमा सम्पन्न गर्ने तयारी छ। खेलकुदका विभिन्न १२ वटा प्रतियोगितामध्ये केही असार पहिलो साताबाटै सुरु हुने छन्। केही प्रतियोगिता असार ८ गतेपछि आयोजना गरिने छ। तर, सबै प्रतियोगिता असार १५ गतेभित्र सक्ने गरी तयारी थालिएको छ। बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दिएक
सुनसरी | इटहरीमा अार्थिक वर्ष २०८०-०८१ मा इटहरी उपमहानगरपालिकामै पहिलो पटक इटहरी उपमहानगरपालिका वडा नम्बर १६ ले सार्वजनिक सुनुवाइ गरेकोे छ । प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि, विराट टेलिभिजन र कोशी प्रेसको सहकार्यमा अार्थिक वर्ष २०८०-०८१ अवधिमा इटहरी वडा नम्बर १६ ले सार्वजनिक सुनुवाइ मार्फत वडा कार्यालयले गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरेकोे थियोे । स्थानीय बासिन्दाले बाढी , बाटो ,शिक्षा ,स्वास्थ , कृषि, बालबालिका सुचना तथा संचार , बिजुली , लगाएतको विषयमा स्थानियले प्रश्न उठाएका थिए । प्रश्नको उत्तर वडा अध्यक्ष तेज नारायण चौधरीले
इटहरी /हाम्रो भूमी,हाम्रो भविष्य भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवसको अवसरमा इटहरी उपमहानगरपालिका वडा नं १६ मा बिरुवा रोपण गरिएको छ इटहरी उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका वडा नं १६ को आयोजनामा वडाध्यक्ष तेजनारायण चौधरीको अध्यक्षता तथा नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा लबिपुर चौक बाट वडा कार्यालय नहर जाने बाटो दायाँ बायाँ सिरिसको बिरुवा रोपिएको हो ।हरेक वर्ष नगरपालिका बिभिन्न क्षेत्रमा वृक्षारोपण तथा सरसफाई गर्ने प्रचलन रहेकोमा यो १६ न वडामा वडा लाइ सुन्दर हरियाली, फुलै फुलको गाउँ पर्यटकीय क्षेत्र बनाउन यस क्षेत्रलाइ रोजेर सबैको सहयोगमा रोपिएका बिरुवाको संरक्षण वडाले
विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर महानगरपालिका-१० ट्राफिक चोकनजिक रहेको विराट क्षितिज विराटनगर-२ बरगाछीस्थित नयाँ भवनमा सरेको हो ।त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ भवनमा सारेर पठनपाठनलाई नियमितता दिइएको सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अब, शान्त तथा पठनीय वातावरणमा, सुविधासम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज सारिएको उनको भनाइ छ ।शनिबार पत्रकार सम्मेलनमा उनले भने, ‘यसै कलेजमा पढेर सयौं विद्यार्थी दीक्षित भइ स्वदेश तथा विदेशमा अध्ययन अनि रोजगारी कार
इटहरी / इटहरीमा निर्माण गरिएको बाल लघु चलचित्र 'गौंथली' धनगढीमा आयोजना हुन लागेको राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा प्रस्तुत गरिने भएको छ । चलचित्र विकास बोर्डले असार ७, ८ र ९ गते धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजना गर्दै छ ।कृन्जल पौडेलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र 'गौँथली' ले बाल श्रम कानुनी अपराध हो भन्ने विषय उठान गरेको छ । चलचित्रमा रितेश जंग खत्री पौडेल, प्रमीला लम्साल, उदय सुब्बा, सुभद्रा प्याकुरेल, मनीषा बस्नेत साथै बाल कलाकार कृष्टिना पौडेल र निर्देशक समेत रहेकी कृन्जल पौडेलको भूमिका रहेको छ । चलचित्रको छायाङ्कन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको सम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.