All Posts By कोशी प्रेस

    Showing ८८१-८९० of १३,४७७ items.
  • उन्नत भैँसी खोज्दै किसान, अनुसन्धान केन्द्रमा स्रोत अभाव

    इटहरी। भैँसीपालनमा किसानको आकर्षण बढ्दै गए पनि उन्नत जातका भैँसी सहज रूपमा उपलब्ध नहुँदा किसान समस्यामा परेका छन् । दुधजन्य सामग्री तथा मासुको बजार राम्रो भएसँगै किसान भैँसीपालनतर्फ आकर्षित भएका हुन् । उन्नत जातका भैँसी सहज रूपमा उपलब्ध नहुँदा किसान समस्यामा परेका बताइएको छ । भैँसीपालनका लागि किसानले अनुसन्धान केन्द्र तथा सरकारी फार्ममा सम्पर्क गर्ने गरे पनि माग अनुसार भैँसी उपलब्ध गराउन नसकिएको राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहराका वैज्ञानिक पवनकुमार झाले बताउनुभयो । उहाँका अनुसार पछिल्ला एकदुई वर्षयता भैँसीपालनमा किसानको रुचि बढेको छ । तराईका साथै पहाडी जिल्लाबाट समेत उन्नत जातका

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ११४ पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    इटहरी। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उहाँले जानकारी दिनुभ

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १२६ पटक पढिएको
  • लगानीमा जोडिँदै विद्यार्थी

    इटहरी।  इलामको रोङ गाउँपालिकाले विद्यार्थीलाई आर्थिक कारोबारमा जोड्न थालेको छ । विद्यार्थीलाई बचत गर्ने बानी विकास गरी उच्च शिक्षा अध्ययनमा सहज बनाउने उद्देश्यले गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीलाई आर्थिक कारोबारमा जोड्न थालेको हो । मासिक रूपमा बाल बचत कार्यक्रममा विद्यार्थीलाई समावेश गराएको गाउँपालिकाले विद्यार्थीलाई सेयर बजारमा समेत जोडेको छ । दुई हजार १२९ जना विद्यार्थीको बाल बचत खाता सञ्चालन गरिएको छ । गाउँपालिकाले पहिलो चरणमा उद्यमशीलता कार्यक्रम अन्तर्गत ४६० विद्यार्थीको डिम्याट खाता खोलिसकेको छ भने १५८ विद्यार्थीको सिआरएन लिङ्कसमेत आइसकेको छ । अहिले विद्यार्थीका नाममा विभिन

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ८४ पटक पढिएको
  • किसान उत्साहित

    इटहरी।  गएको आर्थिक वर्षमा विदेशी मुद्रा आर्जनमा अब्बल बनेको अलैँची यस वर्ष पनि टिप्न सुरु भएको छ । इलामको तल्लो क्षेत्रका किसानले जिर्मले जातको अलैँची टिप्न थालेका हुन् । तातो तथा पारिलो क्षेत्रमा लगाइने यो अलैँची धमाधम टिप्न थालिएको रोङ गाउँपालिकाका किसानले बताएका छन् ।रोङ गाउँपालिकाका सबै जसो वडामा जिर्मले जातको अलैँची लगाइएको छ । पालिकाका सबै जसो वडामा अलैैैँची टिप्न सुरु भएको रोङ गाउँपालिकाका गुरु किसानसमेत रहनुुभएका वडा–३ का किसान राम आचार्यले बताउनुुभयो । गत वर्ष १६ मन अलैँची बेचेका आचार्यले यस वर्ष सात मन नयाँ तयारी अलैँची बेचिसक्नुभएको छ । ५० रोपनी जमिनमा अलैँची लगाएका आचार्यले य

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ७० पटक पढिएको
  • सुविधा र प्रविधियुक्त बस सेवा सञ्चालन

    इटहरी। अत्याधुनिक प्रविधिसहितको ताप्लेजुङ–काठमाडौँका लागि लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट बिहीबारदेखि औपचारिक रुपमा वस सेवा आरम्भ गरिएको हो ।जय पाथीभरा माता एसी बस सेवा प्रालिमार्फत ताप्लेजुङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुलीममार्फत काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो । पछिल्लो समयमा यात्रुहरूको माग अनुसार प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले जानकारी दिनुभयो । सुरक्षालाई मध्यनजर गर्दै बसभित्र सीसीटीभीमार्फत यात्रु तथा यात्रुका सामाग्रीको निगरानी, निःशुल्क वाइ

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ११८ पटक पढिएको
  • खाना पकाउने ग्याँस सहज नभएपछि इलाममा जिल्ला प्रशासन कार्यालयको निगरानीमा ग्याँस वितरण

    इटहरी।  खाना पकाउने ग्याँस सहज नभएपछि इलाममा जिल्ला प्रशासन कार्यालयको निगरानीमा ग्याँस वितरण गरिएको छ । इलाम  सदरमुकाममा आज आइपुुगेको ३६५ वटा सिलिन्डरलाई सदरमुकाममा रहेका पाँचवटा डिलर मार्फत उपभोक्तालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरि थापाले जानकारी दिनुुभयो । मेची राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडकबाट ग्याँस ढुवानी गर्दा दुुई हजार छ सय रुपियाँसम्म तिर्नु परेको गुनासो आएपछि प्रशासनले ग्याँस डिलरमा निगरानी बढाएको हो । आज आएको ग्याँस भने ग्याँस कम्पनीकै गाडीबाट सदरमुकाम झरेकाले प्रति सिलिन्डर दुुई हजार ६० रुपियाँमा ग्याँस वितरण गरिएको थापाले बताउनुुभय

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २१३ पटक पढिएको
  • बुढीगंगा गाउँपालिकामा ७७ प्रतिशत अनुदानमा विद्युतीय इन्डक्सन चुलो वितरण

    इटहरी । मोरङको बुढीगंगा गाउँपालिकामा नागरिकलाई ७७ प्रतिशत अनुदानमा विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ।  गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा नागरिकको दैनिक जीवन सहज बनाउने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको हो। चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नागरिकको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर गाउँपालिकाले विकास तथा सेवा प्रवाहका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। अध्यक्ष मगरले आफू जनताको सेवाका लागि निर्वाचित भएको उल्लेख गर्दै बुढीगंगालाई शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ काम भइर

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १२९ पटक पढिएको
  • झापाको भद्रपुर नगरपालिकालाई उपमहानगर बनाउने प्रक्रिया अघि बढ्यो

    इटहरी । झापाको पुरानो नगर भद्रपुरलाई उपमहानगरपालिका बनाउने प्रक्रिया अघि बढेको छ। नगरपालिकामा भएको सर्वपक्षीय भेलाले भद्रपुरलाई उपमहानगरपालिका बनाउन सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर एवं नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ का आधारमा नगरको पुनर्संरचनाबारे छलफल गर्न भेला आयोजना गरिएको थियो। भद्रपुर विसं २००८ मा नगरपालिका बनेको थियो। नेपालका पुराना नगरमध्ये रहेको भद्रपुरको ऐतिहासिक पहिचानलाई कायम राख्दै आसपासका सीमाना जोडिएका स्थानीय तहका भूभाग आवश्यकता र सहमतिका आधारमा समेटेर उपमहानगरपालिका बनाउन सिफारिस गर्ने निष्क

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २२४ पटक पढिएको
  • इलाममा ग्यासको मनपरी असुली,बजार अनुगमनका लागि नगर प्रहरी परिचालन

    इटहरी ।  खाना पकाउने एलपी ग्यासमा तोकिएकोभन्दा बढी मूल्य असुली हुन थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनका लागि नगर प्रहरी परिचालन गरेको छ।उपभोक्ताबाट ग्यास बिक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिने गरेको गुनासो आएपछि नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रका ग्यास बिक्री केन्द्रमा नगर प्रहरी खटाएको हो। नगर प्रहरीले नेपाल आयल निगमले निर्धारण गरेको मूल्यमा मात्रै ग्यास बिक्री गर्न व्यवसायीलाई आग्रह गर्नेछ। इलाममा पछिल्लो समय उपभोक्ताले एउटा सिलिन्डर ग्यासका लागि २ हजार २ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।नेपाल आयल निगमले तोकेको मूल्यअनुसार इलाममा एलपी ग्यासको अधिकतम ख

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • ११३ पटक पढिएको
  • उदयपुरको बेलका नगरपालिकास्थित सामुदायिक वनबाट काठ तस्कर गर्ने दुई जना पक्राउस् वन कार्यालयको टोलीद्वारा १० क्युविक फिटभन्दा बढी चिरान काठ र हतियार बरामद

     इटहरी । उदयपुरबाट काठसहित दुई जना पक्राउ परेका छन्। सवडिभिजन वन कार्यालय तपेश्वरीबाट खटेको टोलीले बेलका नगरपालिका १ स्थित बेलका जनशक्ति सामुदायिक वन समूहको जंगलबाट चिरान काठसहित उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा सप्तरीको कोशी नगरपालिका ७ वइनगम्माका ४८ वर्षीय बालकुमार यादव र सोही ठाउँका ४५ वर्षीय रामकिशन सदा रहेका छन्। काठ तस्करहरूको ८ जनाको समूह रहे पनि अन्य फरार रही उनीहरू दुई जनालाई भने पक्राउ गर्न सफल भएको डिभिजनल प्रमुख ९डिएफओ० गजेन्द्र श्रेष्ठले जानकारी दिए।प्रहरीले घटनास्थलबाट एउटा बन्चरो र एउटा खुकुरी तथा १०।७ क्युविक फिट चिरान काठ बरामद गरेको छ। उनीहरू विरुद्ध अदालतबाट म्य

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]