धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ ।प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो ।प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन ।यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफ
इटहरी / पूर्वी नेपालको एक महत्वपूर्ण सहरका रूपमा विकसित हुँदै गएको इटहरी उपमहानगरपालिका हाल गम्भीर विवादको केन्द्रमा परेको छ। बढ्दो सहरीकरणको संगै इटहरीमा विभिन्न अनियमितता र भ्रष्टाचारका घटनाहरू सार्वजनिक भएपछि नगरवासीहरू आक्रोशित भएका छन्। हालै मात्र नगरपालिकाको प्रमुख कार्यशैली, नगरभित्र भएका वेथिति, र नीतिगत भ्रष्टाचारको विषयमा देशको संघीय र प्रदेश संसदहरूमा पनि छलफल भएपछि इटहरीको राजनीतिक दलहरू र नागरिक समाजले कडा आपत्ति जनाएका छन्।यस सम्बन्धमा इटहरीका सक्रिय राजनीतिक दलहरूले सर्वदलीय बैठक आह्वान गरी एक प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा इटहरी नगरपालिकामा भइरहेका विभिन्न अनियमितत
विराटनगर / कोशी प्रदेश सरकारले कडा रोगबाट पीडित बिरामीहरूलाई कुल पाँच करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। विगत एक वर्षमा पाँच सय बिरामीले यो सहायता प्राप्त गरेका छन्।कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा दुई हजार सात सय बिरामीले मन्त्रालयमा आर्थिक सहायता प्राप्त गर्न निवेदन दिएका थिए। तीमध्ये बजेटको अभावका कारण क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, र सिकलसेल एनिमियालगायतका पाँच सय बिरामीलाई मात्र प्रति व्यक्ति एक लाख रुपैयाँका दरले सहायता वितरण गरिएको हो।सूचना अधिकारीका अनुसार, "निवेदन धे
सुनसरी / सुनसरीमा नेपाली कांग्रेसले वीपी सप्ताह सुरु गरेको छ, जसको सुरुवात रामधुनी ५ स्थित झुम्का मिनी पार्कमा वृक्षारोपण कार्यक्रमसँगै भएको हो। नेपाली कांग्रेसका संस्थापक तथा जननायक विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसरमा आयोजित यस सप्ताह कार्यक्रमको उद्घाटन कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै ढुंगानाले वीपी कोइरालाको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताए। उनले रूख रोप्नुलाई पर्यावरण र पर्यटन विकाससँग जोड्दै यसको संरक्षण पनि जरुरी भएको उल्लेख गरे। यस वर्षको वीपी सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन वृक्षारोपण र सरसफाई कार्यक्रम
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा दुःखद घटना घटेको छ, जहाँ दुई नाबालिका दिदी-बहिनीको शव फेला परेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूकी आमा, २९ वर्षीया अस्मिता न्यौपानेलाई पक्राउ गरेको छ।शनिबार दिउँसो सुन्दरहरैँचास्थित केरा बगानभित्र १ वर्षीया आइका कार्की र ३ वर्षीया अर्पणा कार्कीको शव फेला परेको थियो। प्रहरीका अनुसार, दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो, जसले घटनामा संलग्नताको आशंका थप घनीभूत गराएको छ।प्रहरीले घटनास्थल नजिकै कीटनाशक औषधि 'मेटासिट'को बट्टा फेला पारेको छ, जसले विष खुवाएर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ। शव फेल
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित शिंहदेवी माध्यमिक विद्यालयले आफ्नो ६९ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। तीन दिनसम्म चलेको यस वार्षिक उत्सव आइतबार विधिवत रूपमा समापन भयो। वार्षिक उत्सवको अवसरमा विद्यालयले विविध सांस्कृतिक, खेलकुद तथा शैक्षिक गतिविधिहरूको आयोजना गरी विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल भएको छ।वार्षिक उत्सवको समापन समारोहमा कोशी प्रदेशका राज्य मन्त्री सिर्जना राई प्रमुख अतिथि र टेम्केमैयुङ गाउँपालिकाका उपाध्यक्ष रमादेवी राई विशेष अतिथिका रूपमा उपस्थित थिए। मन्त्री राईको यस विद्यालयसँग विशेष सम्बन्ध रहेको छ, किनभने उनी यस विद्या
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले हालै एक महत्वपूर्ण सूचना जारी गरेको छ जसमा निजी जग्गामा ढुंगा, गिटी, बालुवा, माटो आदिको उत्खनन, संकलन, र ढुवानीलाई व्यवस्थित गर्नका लागि नयाँ कार्यविधि लागू गरिएको जानकारी दिइएको छ। यो सूचना गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतद्वारा जारी गरिएको हो, जसले स्थानीय स्तरमा यस्ता गतिविधिहरूलाई नियमित गर्नको लागि कडा कदम चालिएको छ।यस सूचना अनुसार, गाउँपालिकाको क्षेत्रभित्र आफ्नो निजी जग्गामा ढुंगा, गिटी, बालुवा, माटो आदिको उत्खनन र संकलन गर्न चाहने व्यक्तिहरूले अनिवार्य रूपमा गाउँपालिकाबाट इजाजतपत्र लिनुपर्ने प्रावधान गरिएको छ। यस कार्यविधिले व्यक्तिगत र व्यवसा
इटहरी / इटहरी चोकबाट पूर्वतर्फको लाइनमा रहेको फर्निचर हब इटहरीमा ग्राहकहरूले अब १० हजार रुपैयाँबाट सुरु हुने सोफा सेटहरू किन्न सक्ने भएका छन्। गोरखा जिल्लाबाट इटहरीमा आएर व्यवसाय थाल्नुभएका युवा उद्यमी लिला रोगाले १० वर्षको कठिन संघर्षपछि यो फर्निचर हब सञ्चालनमा ल्याएका हुन्।रोगाले इटहरीमा आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गर्दै ग्राहकहरूको मागअनुसार २० हजार रुपैयाँदेखि माथिका विभिन्न फर्निचर सामग्रीहरू जस्तै सोफा सेट, टेबल, त्रिपिस दराज आदिको बिक्री सुरु गरेका छन्। आफ्नो जीवनको निकै चुनौतीपूर्ण समयपछि उनले यो सफलता हासिल गरेका हुन्। नेपालमै केही गर्नुपर्छ भनेर युवा व्यवसायी सँग मिलेर फर्नि
संखुवासभा / नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा आईतबार सम्पन्न बैठकमा स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राई प्रमुख अतिथी रहनु भएको थियो । बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताउनु भयो । राईले यो बर्ष 'पार्टी सुदृढिकरणको बर्ष' रहेको बताउंदै सबै कार्यकर्तालाई बिधि निती पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गर्नुभयो । वहाँले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउंदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर ला
इटहरी / इटहरीमा सुविधा सम्पन्न होटेल काव्य वाटिका एन्ड लज सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका ५ स्थित पचरूखि चोकबाट दुई किलोमिटर उत्तर र वडा कार्यालय नजिक होटेल काव्य वाटिका सञ्चालनमा आएको हो । इटहरीका युवा व्यवसायी रोशन बस्नेतको १ करोड ८० लाख रुपैयाँको लगानीमा भदौ पहिलो साताबाट होटेल सञ्चालनमा ल्याइएको जनाइएको छ । इटहरी चौकको कोलाहलदेखि केही पर र शान्त वातावरणमा खान र बस्ने सुविधा रहेको होटेलमा ७ वटा एटेज बाथरुमसहितको एसी रुम रहेका छन् । साथै छुटाछुटै बसेर खानको लागि आकर्षक कटेजहरु समेत छन् । पेय पदार्थको लागि बार र रेस्टुरेन्टको सुविधा रहेको छ । होटेलमा ५० जना हटाउने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.