All Posts By कोशी प्रेस

    Showing ८,६५१-८,६६० of १३,७२१ items.
  • बेलायतमा सारङ्गी र टुंग्नाको धुनमा कविहरूले सुनाए कविता

    काठमाडौं | बेलायतको एल्डरसटमा हालै सम्पन्न एक विशिष्ट साहित्यिक कार्यक्रमले नेपाली भाषा, साहित्य र संगीतको अद्भुत संगम प्रस्तुत गर्‍यो। ‘काव्य-सन्ध्या’ नाम दिइएको यस कार्यक्रममा, आठ जना नेपाली कविहरूले पारम्परिक वाद्ययन्त्रहरू सारङ्गी र टुंग्नाको मधुर धुनमा आफ्ना सिर्जनाहरू प्रस्तुत गरे। कार्यक्रमले बेलायतमा रहेका नेपाली समुदायलाई कविता र संगीतको माध्यमबाट भावनात्मक रूपमा जोड्न सफल भयो।यो कार्यक्रम साहित्यिक दृष्टिकोणले पनि विशेष थियो किनकि यसले नितान्त अनौपचारिक शैली अपनाएको थियो। कुनै विशिष्ट अतिथि वा सभापतिको व्यवस्था नगरिकन, कार्यक्रम केवल कविताको प्रस्तुति र संगीतमा केन्द्रित रह्यो। दुई घ

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ३७१ पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ इटहरी द्वारा आशा फाउन्डेसन को सहयोग मा कापी र झोला वितरण

      रोटर्याक्ट क्लब अफ इटहरीले September महिना रोटरि Basic Education and Literacy महिनालाई मध्यनजर गरि TEACH प्रोजेक्ट को H-Happy School Component अन्तर्गत इटहरी १८ मा अवस्थित श्री शहीद स्मृति बिद्यालयका वाल कक्षा देखि कक्षा ५ सम्म्मका ९३ जना बिद्यार्थीहरुलाई आशा फाउन्डेसन को सहयोग मा कापी र झोला वितरण गरेको हो। उक्त बिद्यालय मा गरिब तथा बिपन्न बर्ग का बालबालिकाहरु अध्ययन गर्ने गरेका छन। कापी र ब्याग को अभाव ले बिद्यार्थीहरु नियमित कक्षा मा उपस्थित नहुने गरेको जानकारी का आधारमा कापी तथा ब्याग वितरण ले बिद्यार्थीहरु खुसी हुँदै बिद्यालय मा नियमित उपस्थित हुने गरेका छन। कार्यक्रम

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ४५५ पटक पढिएको
  • काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

    विराटनगर / काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ । प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे । नीजि क्षेत्रकाे सहकार्य र समन्वयमा याे सम्मेलन गर्ने तयारी सरकारकाे छ । काेशी प्रदेश सरकारकाे चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियाे । साेही अनुसार याे कार्यक्रमलाई अगाडि बढाईएकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ । 

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ४०३ पटक पढिएको
  • बराहक्षेत्रको मधुवनमा बजार अनुगमन, म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई जरिवाना

    सुनसरी / वराहक्षेत्र नगरपालिकाले वडा नं. ११ स्थित मधुवनमा बजार अनुगमन गरेको छ। उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार यो कार्य सुरु गरिएको हो।दशैं, तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य वृद्धि, मूल्यमा एकरूपता नभएको, र म्याद नाघेका बस्तु बिक्रीमा उपभोक्ताहरूले गरेका गुनासोलाई ध्यानमा राखेर नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई सक्रिय बनाएको हो।नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार अनुगमन टोलीले मधुवनका खाद्यान्न किराना पसल, फलफूल पसल, चिसो पदार्थका डिलर, र मासु पसलहर

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २४३ पटक पढिएको
  • कोशी प्रदेशको लगानी सम्मेलन माघमा

    विराटनगर / माघ महिनामा कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलन गर्ने भएको छ ।प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औधोगिक वातावरण बनेको सन्देश दिन माघ ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएको हो ।कोशी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सम्मेलनको अवधारणा पारित गर्दै मिति तय गरेको हो ।प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटमा पनि लगानी सम्मेलन गर्ने शीर्षक करिब ३ करोड रुपैयाँ बजेट छुटयाएको छ । प्रदेश लगानी प्राधिकरणले सम्मेलनका लागि समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ ।लगानी सम्मेलननका लागि नेपाल, भारत र तेस्रो मुलुकका लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । सम्मेलनका लागि

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १४६ पटक पढिएको
  • मृत्यु हुनेका परिवारलाई कोशी सरकारले १ लाख दिने

    विराटनगर / अविरल वर्षापछिको मनसुनजन्य विपत्‌बाट ज्यान गुमाएकाका परिवारलाई कोशी प्रदेश सरकारले एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। पूर्ण घर क्षति भएका परिवारलाई ५० हजार रुपैयाँ, आंशिक क्षति पुगेका घरका परिवारलाई ३० हजार रुपैयाँ र सामान्य क्षति पुगेका परिवारलाई १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।कोशी प्रदेशमा हालसम्म १६ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। मृत्यु हुनेहरूमा पाँचथरका ५, सोलुखुम्बुका ५, धनकुटाका २, उदयपुरका १ झापाका २ र इलामका १ जना छन्।बेपत्ता हुनेमा पाँचथरका ५, झापाका १ र मोरङका १ जना छन्। कोशी प्रदेशमा ३९ वटा घरमा पूर्ण क्षति पुगेको छ भने ५८ वटा घरमा

    • प्रकाशित मितिः असोज १४, २०८१
    • १८५ पटक पढिएको
  • पहिलो 'मिसेस पुर्बेली आईकन २०२४' को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारिन्

    इटहरी/ पहिलो 'मिसेस पुर्बेली आईकन २०२४' को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् । इटहरीको लायन्स क्लबमा असोज १२ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन् ।प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई से

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ४११ पटक पढिएको
  • पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा

    भोजपुर / कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले मानवताको उदाहरण प्रस्तुत गर्दै भोजपुरका प्रकाश तामाङलाई महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको छ। राईले तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एक हल गोरु, र हात्ते ट्याक्टर उपलब्ध गराउनुभएको हो, जसले तामाङलाई आफ्नो पुर्ख्यौली थलोमा कृषि कर्ममा संलग्न हुन महत्वपूर्ण अवसर प्रदान गरेको छ।प्रकाश तामाङ, जो विगत ३५ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहनु भएको थियो, "हेर्ने कथा" कार्यक्रममार्फत चर्चामा आउनु भएको थियो। आफ्नो देशको माटोमा कृषिमा संलग्न हुने सपना देख्नुभएका तामाङलाई सहयोग गर्दै मुख्यमन्त्री राईले उहाँको जीवन

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३४६ पटक पढिएको
  • नेपाल विद्युतिय प्राविधिक समुह कोशी प्रदेशको अध्यक्षमा उमेश पोख्रेल

    सुनसरी / नेपाल विद्युतिय प्राविधिक समूह (नेविप्रास) कोशी प्रदेशको अध्यक्षमा उमेश पोख्रेल निर्वाचित भएका छन्। सुन्दरहरैँचाको हसिना एग्रो टुरीजममा सम्पन्न  पाँचौं साधारणसभा तथा दोस्रो महाधिवेशनबाट पोख्रेल नेतृत्वको नयाँ कार्यसमिति चयन गरिएको हो। महाधिवेशन सुन्दरहरैँचाको हसिना एग्रो टुरिजममा सम्पन्न भएको थियो, जसमा संघीय सांसद अशोक कुमार चौधरी प्रमुख अतिथि थिए भने अध्यक्षता निवर्तमान अध्यक्ष यज्ञ राज दाहालले गरेका थिए।महाधिवेशनले पोख्रेललाई अध्यक्षमा चयन गर्दै अन्य पदाधिकारीहरू पनि सर्वसम्मतिले निर्वाचित गरेको छ। उपाध्यक्षमा नवजीवन अधिकारी, सचिवमा वीर बहादुर लामा, सह-सचिवमा केदार भण्डारी, र

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ५२३ पटक पढिएको
  • कोशी प्रदेशमा बाढी पहिरोमा ११ जनाको मृत्यु, कहाँ कहाँ के के क्षति

    विराटनगर / देशभर नै बाढी पहिरोले बितण्डा मचाईरहेको अवस्थामा कोशी प्रदेशमा पनि बाढी र पहिरोले धनजनको क्षति गरेको छ । हालसम्म कोशीमा ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ। धनकुटा र सोलुखुम्बुमा २/२ तथा इलाम र उदयपुरमा १/१ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए।उनका अनुसार फिदिम नगरपालिका–४ चिसापानीमा आदिवासी जनजाति महासंघको ट्रस्ट भत्किँदा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ। फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा डेरा बस्थिन्। फिदिम

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ३१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]