All Posts By कोशी प्रेस

    Showing ८,४९१-८,५०० of १३,७२१ items.
  • आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, उल्लंघन गरे कारबाही गर्ने आयोगको चेतावनी

     काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा ९२० बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहिता लागू भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेको कार्य गराउनुपरे आयोगलाई जानकारी गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २२१ पटक पढिएको
  • खेलकुदको क्षेत्रमा हाम्रा लगानीहरू अपेक्षाअनुसार राम्रा छैनन्:मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुदको क्षेत्रमा हालसम्म भएका लगानीहरू अपेक्षा अनुसार राम्रा नरहेको बताउनुभएको छ । शनिबार धरान उपमहानगरपालिका १७ स्थित कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । खेलकुदको क्षेत्रमा लगानीहरु अपेक्षा अनुसार नरहेकाले लक्ष्यहरु जोड्न नसकिएको उहाँले बताउनुभयो । फुटबल खेलको लागि नेपालमा जुन लगानी हुनु पर्ने त्यो छैन, नेपालमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वको राम्रो स्तरसम्म पुग्न नसकेको उहाँको भनाई छ । विश्वमा सबैभन्दा धेरै खेलिने

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २८६ पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शुक्रवारको बैठकमा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँको वृद्धि गर्ने निर्णय गरिएको हो। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य रु ०।२ र डिजेलको मूल्य रु २।५४ ले बढाइएको निगमले जनाएको छ। यो वृद्धि मध्यरातदेखि लागू हुनेछ।

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २४९ पटक पढिएको
  • दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा सम्पन्न

    इटहरी । मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा सम्पन्न भएको छ । दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख अतिथ्यतामा  मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ४ मा रहेको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं साधारण सभा सम्पन्न भएको हो । दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश वस्तीले २०८०÷८१ को वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव रामकुमार कालाखेतीले प्रस्तुत गर्नुभएको थ

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ३२० पटक पढिएको
  • कर्मचारीविहीन किमाथाङ्का भन्सार: स्थानीयले भोगे सास्ती

    इटहरी। सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ । उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ । भन्सार

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • १९८ पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन , आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

    काठमाण्डौ । आउँदो १६ गते हुने पालिका तह उपचुनावका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आइतबार बेलुका ६ बजेपछि उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपचुनावका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । सोमबार ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २३७ पटक पढिएको
  • कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि

    इटहरी। ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम ९न्वागी पर्व० को अवसरमा प्रतियोगिता गर्न लागिएको हो। चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत वेष्टबङ

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २५७ पटक पढिएको
  • एमाले इलामको अध्यक्षमा बराल र सचिवमा सुवेदी निर्वाचित

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्। आज बिहान भएको मतगणनामा रेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत मात्र प्राप्त गरे। उपाध्यक्षमा उदयबहादुर राई, सचिवमा रामप्रसाद सुवेदी ९रविन्द्र०, उपसचिव ९खुला० मा रमेश राई, उपसचिव ९महिला० मा प्रतिस्पर्धी विष्णुमाया रिमाल ९आचार्य० निर्वाचित भएका छन्। सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि पदाधिकारी सबैमा निर्वाचन भएको थियो। बिहीबारदेखि सुरु भएको ११औँ अधिवेशनमा इलामका ८१ वटा, २१ जनसङ्गठन र पेसागत

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २१८ पटक पढिएको
  • मंसिर १६ गते हुने उपचुनावमा कुनै भ्रममा नपरी चुनावको प्रचार प्रसारमा लाग्न प्रदेश इन्राचार्ज राईको निर्देशन

    मोरङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी मंसिर १६ गते हुने उपचुनावमा कुनै भ्रममा नपरी चुनावको प्रचार प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।आज मोरङको ग्रामथानमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सिंगो पार्टी शक्तिलाई व्यवस्थित र प्रभावकारी रुपमा चुनावमा परिचालन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले एमालेले मिसन ८४ को लक्ष्य तय भइसकेको भन्दै यो लक्ष्यलाई पुरा गर्न पछिल्लो समय पार्टीले पार्टी शुद्धिकरण र सुदृढिकरणको अभियान तीव्र गतिमा अघि बढाएको बताउनुभयो ।उहाँले अहिले मुखैमा आ

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • १५४ पटक पढिएको
  • रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

    काठमाण्डौ । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई प्रहरीले फेरि पोखरा लगेको छ । गएको मङ्गलवार लामिछानेलाई पोखराबाट रुपन्देही लगेकोमा रुपन्देहीमा बयान सकिएपछि फेरि पोखरा नै लगेको प्रहरीले जनाएको छ । रुपन्देहीमा बिहीबार बेलुका ८ बजे बयान सकिएको थियो । लामिछानेसँग रुपन्देही प्रहरीले तीन दिनमा साढे २३ घन्टा बयान लिइएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको देखिएपछि प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देही लगेको थियो ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]