विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताउनु भएको छ। परिषदको पुनसंरचना सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार विराटनगरमा आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले परिषदले आवश्यक्तालाई ध्यानमा राखी आफ्ना कार्यक्रमलाई विविधिकरण गर्नु पर्ने सुझाव दिनु भयो । मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीचमा समन्वय हुने गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही
विराटचोक: नेपाल मानव अधिकार संगठन मोरङको नयाँ कार्यसमिति गठन भएको छ। सोमबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा रहेको सार्वजनिक पुस्तकालयमा आयोजित भेलाले विदुर सुवेदीलाई जिल्ला सभापतिमा चयन गरेको हो। लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील सुवेदी सुकुना क्याम्पसका सह-प्राध्यापक हुन् ।नवगठित कार्यसमितिमा उपसभापतिमा शुनिल दत्त अधिकारी, सचिवमा पराग ढुंगाना, सहसचिवमा राजेश कार्की र कोषाध्यक्षमा उर्मिला शर्मा रिजाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्णचन्द्र सुवेदी, लोकप्रकाश भट्टराई (जीवन), कुमार खुलाल बस्नेत, गोविन्द बस्नेत, विनोद फुयाल र योगेन्द्र काफ्ले रहेका छन्।प्रमुख अतिथि म
इटहरी / कोशी प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘टाइम कार्ड’ लागू गरिने भएको छ। सोमबार इटहरी उपमहानगरपालिकामा आयोजित बैठकमा यो निर्णय लिइएको हो। बैठकमा मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, ट्राफिक प्रहरी कोशी प्रदेशका एसपी विनोद घिमिरे र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।इटहरीका मेयर पौडेलले १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गर्ने तयारी भएको र यसले सवारी साधनको गति नियन्त्रण गरेर दुर्घटनाको सम्भावना घटाउने विश्वास व्यक्त गरे। उनले अतिक्रमित सडक र पैदलयात्रुका लागि पेटी क्लियर गर्ने निर्णय पनि बैठकले गरेको बताए।आइतबा
काठमाडौं। ‘अग्निदहन’ चलचित्रका कलाकार र निर्माताहरूले समाजमा अझै गहिरो रूपमा जरा गाडेको ‘बोक्सी’ प्रथाको अन्त्य गर्न चलचित्रले भूमिका खेल्ने दाबी गरेका छन्। चलचित्रका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायका अनुसार यो चलचित्रले ‘बोक्सी’का नाममा महिलामाथि हुने हिंसा र अत्याचारविरुद्ध सचेतना जगाउने उद्देश्य लिएको छ।समाजमा ‘बोक्सी’को भ्रमविरुद्ध अभियानचलचित्रका परिकल्पनाकार उपाध्यायले भने, “हाम्रो समाजमा ‘बोक्सी’ हुने भ्रम अझै छ, जसले महिला हिंसा बढाएको छ। चलचित्रमार्फत ‘बोक्सी’ हुँदैन भन्ने सन्देश फैलाउने प्रयास गरेका हौँ।” अभिनेत्री प्रमिला तुलाचनले चलचित्रमा ‘माइली दमिनी’ नामकी महिला
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेपछि यस निर्णयले विभिन्न खालका प्रतिक्रिया र प्रश्नहरू उत्पन्न गराएको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठक बिहान ९ बजे बसेर बिदा दिने निर्णय गरे पनि सूचना ढिलो सार्वजनिक हुँदा धेरै मानिस अन्योलमा परेका थिए।अन्योलपूर्ण स्थितिसरकारी कार्यालयहरू प्रायः १० बजेबाट खुल्ने चलन छ। तर, धेरैजसो कर्मचारीहरू बिहान ९ बजेअघि नै कार्यालय प्रस्थान गरिसकेका थिए। कतिपय कार्यालयमा काम सुरु भइसकेको थियो भने केही कर्मचारी बाटोमै थिए। विद्यालयहरू बिहानैदेखि सञ्चालनमा आइसकेका कारण अधिकांश ठाउँमा कक्षाहरू जारी नै रह्यो। बैंक, वित्त
संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको इटहरी उपहानगरपालिका–४ घर भइ खाँदबारी नगरपालिका–१ मा डेरा गरेर बस्ने २३ वर्षीय विष्णु शर्मा र खाँदबारी–८ का ३८ वर्षीय भक्स भनिने नारायण रसाइली रहेका छन् । संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित शर्मालाई कात्तिक २९ गते दिउँसो खाँदबारी–८ बिदाई चौताराबाट पक्राउ गरिएको हो ।शर्माको साथबाट १.२ ग्राम खैरो हेरोइन बरामद भएको बस्नेतले बताए । उनकै बयानका आधारमा लागुऔषधको कारोबारमा संलग्न रसाइलीलाई खाँदबारी–८ डाँडा गाउँबाट कात्तिक ३० गते पक्राउ गरिएक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक स्थगन गरिएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी निर्धारित बैठक स्थगन गरिएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण बैठक स्थगन गरिएको उनले बताए । उक्त बैठक मंगलबार अपराह्न ४ बजे बस्ने तय गरिएको उनले जानकारी दिए । स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ । केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।
इटहरी – सहकारी क्षेत्रमा देखिएको ठगी प्रवृत्तिप्रति चासो व्यक्त गर्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व महासचिव घनश्याम खतिवडाले सहकारी ठगी काण्डमा मुछिएका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।मोरङको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभामा बोल्दै अध्यक्ष खतिवडाले सहकारी क्षेत्रलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिको अन्त्य गर्न कानुनी प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले भन्नुभयो, "सहकारी ठगहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनुहुँदैन। सहकारी जस्तो संवेदनशील क्षेत्रको बदनाम गर्नेलाई तुरुन्
मोरङ / मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ।तामझामका साथ कार्यकर्ताको भीड लिएर विभिन्न दलका केन्द्रीय स्तरका नेताहरु आआफ्नो उम्मेदवार लिएर मनोनयन दर्ता गराउन पुगेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दलहरुलाई अलग अलग मनोनयन दर्ता गर्ने समय उपलब्ध गराएअनुसार उनीहरु दलबलसहित पुगेका थिए।विभिन्न दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको छ। मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, राष्
इटहरी । पहिचान पक्षधरहरुले कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । आइतबार विराटनगरमा प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संर्घष समितिको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । उहाले अहिले संविधान संशोधन गर्ने तयारी भईरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गर्नुभयो । निर्वाचन वा आन्दोलनबाट मात्र प्रदेशको नाम प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.