इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको छलफलमा मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताए । राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै उनले प्रदेश र स
ईटहरी । इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिनसकेको सवारी साधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्नेक्रममा मोटरसाइकल उ
काठमाडौं । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो । जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पे
दुहबी / सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरी
इटहरी। जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त सङ्ख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल अन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताको सिकारबाट बचाउन सेवा प्रदान भइरहेको रुम्जाटार अस्पतालका डा। साजन दुवालले बताउनुभयो । आवासीय पोषण पुनःस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको डा दुवालले जानकारी दिनुभयो । बालबालिक
सुनसरी —साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय ६० वर्षीय मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । मेहताको
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं. ६, मुसहरघट्टास्थित ऋषिदेव बस्तीका बालबालिकालाई पथरी जेसीजले शैक्षिक सामग्री वितरण गर्दै बस्तीलाई “जेसीज गाउँ“ घोषणा गरेको छ । शनिबार आयोजित कार्यक्रममा पथरी जेसीजले आफ्नो वार्षिक “जेसीज सप्ताह“ को शुभारम्भ गर्दै अति विपन्न १५ घरपरिवारका ३५ जना बालबालिकालाई कापी, बलपेन, पेन्सिल लगायत शैक्षिक सामग्री प्रदान गरेको हो । कार्यक्रममा “जेसीज गाउँ“ राष्ट्रिय संयोजक सुमित्रा घिमिरे भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । पथरी जेसीजका अध्यक्ष राजकुमार विश्वकर्माका अनुसार, बस्तीको शैक्षिक र सामाजिक विकासका लागि वडा कार्यालयसँग सहकार्य गर्दै आगामी सात वर्षसम्म विभिन्न कार
इटहरी । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पथरी शनिश्चरे नगर कार्य समितिको पाँचौं वार्षिक साधारण सभा र तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रम पथरी शनिश्चरेको भूपू सैनिक माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै स्थानीय सरकार निजी विद्यालयहरूको समस्याहरू समाधान गर्न तयार रहेको बताउनुभयो । एसईई परीक्षामा ४ जीपीए ल्याएका रेडस्टार माध्यमिक विद्यालयका सतिश आचार्य र अजय लिम्बुलाई नगद सहित सम्मान गरिएको छ । सोही विद्यालयकी मनिता कार्कील
इटहरी । एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ आयोजना गर्न लागेको मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी शुरू भएको छ । आ–आफ्नो क्षेत्रमा रहेका पालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै तयारी तीव्र पारेको भोजपुरको टेम्केमैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो पुस १७ गते औपचारिक रूपमा शुरू हुने मुन्दुम ट्रेल भ्रमण वर्षका लागि विभिन्न महोत्सव आयोजना हुने गरी तयारी शुरू भएको छ । मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र मुन्दुम ट्रेल भ्रमण वर्ष मूल व्यवस्थापन समितिको आयोजनामा बसेको बैठकले मुन्दुम ट्रेल
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान गौरादह नगरपालिका ३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो । उनको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको छ । विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । बिहान घरमा आमालाई भेटेर उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले बताए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.