इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० को डाँस मोरङ्गी गंगा आर्यघाटमा पथरी जेसीजले सरसफाई गरेको छ । सोमबार बिहान पथरी जेसिस द्वारा आफ्नो जेसिस सप्ताहको दोस्रो कार्यक्रम अन्तर्गत उक्त स्थानमा सरसफाई गरेको हो । पथरिशनिश्चरे वडा नं १० का वडा अध्यक्ष जीवन कुमार खतिवडाको प्रमुख आतिथ्यता र पथरी जेसीजका वर्तमान अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पथरी जेसीजकी महासचिव निर्मला भट्टराई, कार्यकारणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रमका मुल संयोजक नगेन्द्र घिमिरे, घाट कार्यक्रम संयोजक सागर थापा,पशुपति सामुदायिक वनका वनरक्षकहरू, शसस्त्र प्रहरी वल (बेस क्याम्प )पथ
इटहरी । लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ सुरु गरिएको यो अभियानको पहिलो दिन प्रभातफेरी तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो । इटहरी उपमहानगर परिसरबाट सुरु भएको प्रभातफेरी हटियालाईन, राधाकृष्ण मन्दिर, विपी चौक, आइतबारे हुँदै इटहरी मुख्य चौकसम्म पुगेर पुनः उपमहानगर परिसरमै टुंगिएको थियो । कार्यक्रममा सहभागीहरूले “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“, “बुझौँ–सुनौँ, आवाज उठाऔँ“ लगायतका नाराहरू प्रस्तुत गरेका थिए । प्रभ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभएको छ । सोमबार विराटनगरमा आयोजना गरिएको उखु खेती प्रर्बद्धन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले प्रदेश सरकारले उखु कृषक र चिनी मिल उद्योगी बीचको समस्या समाधान गर्न सहजिकरण गरिदिन कार्यक्रम राख्न लागेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले तराई र पहाडको नगदे र खाद्यवाली प्रवद्र्धनका लागि उद्योग, कृषि तथा सहकारी मन
इटहरी / सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त, असहाय व्यक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा भव्यताका मनाएको भएको छ। कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सो साधारणसभाको उद्घाटन गर्नुन भएको हो । साधारणसभामा माया घर नेपालले अहिलेसम्म गरेको प्रगति प्रतिवेदन, एक इट्टा अभियानलाई थप प्रभावकारी बनाइने विषयमा छलफल भएको थियोे ।कार्यक्रममा संस्थामा अहोरात्र खटिने कर्मचारीदेखि सामाजिक व्यक्तित्वगरि ४ जना सम्मान गरिएको थियोे । साधारणसभाकै अवसरमा माया घरले अहिलेसम्म गरेको सडक मानव उद्धा
इटहरी। मोरङको सुन्दरहरैचा नगरपालिका ५ दुलारी स्थित पुर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आइतबार दिउसो इटहरीबाट गछियातर्फ जादै गरेको बा प्र ०८००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साईकलमा बाटो काट्दै गरेका सुन्दरहरैचा ४ का ४४ बर्षीय चन्द्र कुमार राईलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा बि।पि। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।हायस र हायस चालक झापा भद्रपुर नगरपालिका ८ का २६ बर्षिय बिशाल दासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
इटहरी । उदयपुरको चौडण्डीगढी नगरपालिका–९ स्थित भिमामा घरमै बसेकालाई कारले ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेकी छन्। मदनभण्डारी राजमार्गको गाईघाट–चतरा सडकखण्डको भिमामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०४००१ च १३८६ नम्बरको कार अनियन्त्रित भइ सडक नजिकमा रहेको घरमै बसिरहेकी चौधरीलाई ठक्कर दिएको थियो। कारका चालक र एक सवारसमेत घाईते रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाएको इलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए। घुमाउरो सडकमा तीव्रगतिको कार अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
इटहरी । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको भोजपुरको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णोद्धार गरिने भएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णोद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मन्दिरको पुरानो स्वरूपलाई यथावत् राख्दै जीर्णोद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ । यस मन्दिरमा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । यहाँ दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मन्दिरमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई प
रामधुनि / रामधुनीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। रामधुनी नगरपालिका ९ को रङ्गशालामा २०८१ मङ्सिर २९ गतेदेखि पौष ६ गते सम्म आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । उदियमान युवा नेपाल रामधुनी ९ को आयोजना तथा रामधुनी नगरपालिका झुम्का सुनसरीको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुने टिम हरू च्यातयसा फुटबल क्लब दमक झापा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक उदियमान युवा नेपाल रामधुनी, तालतलैया फुटबल टिम इटहरी, एपीएफ फुटबल टिम पकली, साइनो स्पोर्टिङ क्लब मिलसेरिया मोरङ, मेघ फुटबल क्लब विराटनगर मोरङ स्टार एकेडेमी भरौल बराहक्षेत्र रहेको उदियमान युवा नेपाल
तेह्रथुम / नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन् ।४ मंसिरबाट सुरु अधिवेशनमा नेतृत्वका लागि बिहीबार भएको मतदानमा ढुंगाना २३६ मतसहित विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए । अध्यक्ष निर्वाचित भएका ढुंगाना पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।एमाले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए । सचिव तारा मादेन विजयी भए । उपसचिवमा यादव खापुङ निर्वाचित भए । महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन् ।&nb
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।प्रहरीले आइतबार पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ । सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्याएपछि आज पाँचौं पटक म्याद थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.