All Posts By कोशी प्रेस

    Showing ८,३८१-८,३९० of १३,७२१ items.
  • सुनसरीका रेवती भण्डारी कोशीको आन्तरिक मामिला मन्त्री बन्दै

    विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारीलाई नियुक्त गर्ने तयारी गरिएको छ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारीलाई नियुक्त गर्न लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमालेको  प्रमुख सचेतक रहेका भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्नंं लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट  प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारीको अहिले साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ। नेकपा एम

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३४० पटक पढिएको
  • मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

    मोरङ । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् ।यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २०१ पटक पढिएको
  • गढी गाउँपालिका ६ को अध्यक्षमा कांग्रेसका साहु विजयी

    सुनसरी / सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७ गरेकी थिइन् ।वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवाद

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २४८ पटक पढिएको
  • इटहरीमा ३७ औं विश्व एड्स दिवस मनाइयो

    इटहरी / इटहरी उपमहानगरपालिकाले ३७ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ’एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७  औँ विश्व एड्स दिवसको अवसरमा इटहरी बजार परिक्रमा गरी कोणसभा समेत गरिएको थियो । इटहरी नगरपालिकाले एचआईभी संक्रमित परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गर्दै एड्स सम्बन्धी जनचेतना फैलाउने विशेष अभियान सञ्चालन गरेको छ । सामग्री वितरणमा चामल, दाल, तेल, नुन, साबुन, र अण्डा समावेश गरिएका थिए, जसले संक्रमित परिवारलाई राहत पुर्याएको छ । नगर प्रमुख हेमकर्ण पौडेल र अन्य स्थानीय प्रतिनिधिहरूको सक्रियतामा आयोजित यस कार्यक्

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • १८७ पटक पढिएको
  • `किसानको हकहित सुनिश्चित गर्न कानुन निर्माणको माग´: तेज बहादुर गुरुङ

    बराहक्षेत्र / प्रकाशपुर युवा जमातको पुर्ब अध्यक्ष , बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाका अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक तेजबहादुर गुरुङले किसानको हकहित सुनिश्चित गर्न कानुन निर्माणको माग गर्दै सामाजिक सञ्जालमा लेखेको पोस्ट अहिले भाइरल बनेको छ। उनले कृषकहरूको जीवनस्तर सुधार्न ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।गुरुङका अनुसार, केवल अनुदानमा सीमित रहेको कृषि सुधार कार्यक्रमले किसानको दीर्घकालीन समस्याको समाधान गर्न सक्दैन। “स्थलगत अनुगमनका क्रममा मैले महसुस गरेको कुरा के हो भने कृषकहरूको जीवनस्तर उकास्न  कानुनको खाँचो छ।  ऊनी भन्छन् म आर्थिक बिकाश समीती संयोजक भए

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ५४९ पटक पढिएको
  • फिनिस शिक्षा मेला पहिलोपटक इटहरीमा: डिसेम्बर २ मा आयोजना हुने

    इटहरी /  IDB Global Itahari ले १ औं फिनिस शिक्षा मेला (युरोप शिक्षा मेला) आयोजना गर्ने घोषणा गरेको छ। यहीँ डिसेम्बर २, सोमबार, इटहरीको आइतबारेस्थित विश्व आदर्श कलेज नजिकैको कार्यालयमा हुनेछ ।यो ऐतिहासिक मेलाले विद्यार्थीहरूलाई फिनिस विश्वविद्यालयका प्रतिनिधिहरू र युरोपेली उद्योग विशेषज्ञहरूसँग प्रत्यक्ष सम्पर्क गराई फिनल्यान्ड, डेनमार्क, स्वीडेन, जर्मनी, पोल्याण्ड तथा अन्य प्रमुख युरोपेली देशहरूमा उच्च शिक्षा अवसरहरूको खोजी गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, सही अध्ययन कार्यक्रम र करियर पथ चयनमा युरोपेली विशेषज्ञहरूको मार्गदर्शन, आवेदन प

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ५७८ पटक पढिएको
  • सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू

    इटहरी । कोशी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि भएपछि सुनसरी, मोरङ, र झापाका मुख्य राजमार्गहरूमा सवारी साधनको गति नियन्त्रण गर्न टाइम कार्ड प्रणाली लागू गरिएको छ। यो प्रणाली शनिबार मोरङको सुन्दरहरैँचास्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङको उपस्थितिमा औपचारिक रूपमा सुरू गरिएको हो। टाइम कार्ड प्रणालीले पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनलाई तोकिएको समयभित्र यात्रा सम्पन्न गर्न बाध्य बनाउनेछ। तोकिएका समय सीमाअनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्म

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • २५१ पटक पढिएको
  • दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन ९१३२ केभीए क्षमता० मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सिरिजङ्घा –

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • ३६४ पटक पढिएको
  • चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ

    इटहरी । झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी रहेका छन्। माझीलाई उर्लाबारी नगरपालिका वडा नम्बर ७ र माझीलाई पथरी शनिश्चरे नगरपालिका १ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए। बुधबार पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा शुक्रबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन थुनामा राख्ने अनुमति लिइएको छ । गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • ३०८ पटक पढिएको
  • मङ्सिर १५ गते शनिवारको राशिफल : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

    मेष वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । महत्त्वपूणर् काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जान

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ४७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]